प्रधानमन्त्रीमा दाबी पेश गर्न सात दिनको समय

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिको कार्यालयबाट आइतबार जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तका लागि यही पुस १० गते आइतबार अपराह्न ५ बजेभित्र दावी पेश गर्न राष्ट्रपतिबाट आह्वान भएको उल्लेख छ । निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य […]

सम्बन्धित सामग्री

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दलहरूलाई आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाका बहुमत सदस्यको दाबी पेश गर्न सात दिनको समय दिएर दलहरूलाई आह्वान गरेको लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ […]

लुम्बिनी प्रदेश : नयाँ सरकार गठनका लागि सात दिनको समय

काठमाडौं : लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनका लागि आह्‍वान जारी भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि पुस २७ गते अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरका हुन्।उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार सरकार गठनका लागि आह्वान गरेका हुन्।लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।यसअघि प्रदेश १, बागमती र कर्णाली प्रदेशमा पनि सरकार गठनका

कर्णाली प्रदेशमा पनि मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

काठमाडौं, २१ पुष । कर्णाली प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्नका लागि ६ दिनको समय दिएको छ। कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पुष २७ गते बुधबार साँझ ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीको दाबी पेस गर्न आग्रह गरेका हुन्।

वाग्मती प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आह्वान, दलहरुलाई पाँच दिनको समय

हेटौंडा : वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन्। शर्माले बिहीबार संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। उनले मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएका छन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई…

राष्ट्रपतिले दिएको समय आज अपराह्न सकिँदै, बालुवाटारमा गठबन्धनको बैठक

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार अपराह्न ५ बजे सकिँदै गर्दा दलहरूले अझै नयाँ सरकार गठन र प्रधानमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते दिएको ७ दिनको समय अपराह्न सकिन लागेको हो। मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान

राष्ट्रपतिबाट प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयबाट आज जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तका लागि यही पुस १० गते आइतबार दिनको ५ बजेभित्र दाबी पेश गर्न राष्ट्रपतिबाट आह्वान भएको उल्लेख छ । निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य …

राष्ट्रपतिद्वारा सरकार गठनको दाबी पेश गर्न ७ दिनको समय

भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएको उल्ल्ेख गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दावी पेश गर्न आव्हान गरेकी हुन।...

राष्ट्रपतिद्वारा सरकार गठनको आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। राष्ट्रपतिले ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि पुस १० गते साँझ ५ बजेभित्र बहुमतसहित दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी हुन्।  निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै दलहरू सरकार गठनमा जुटिसकेका छन्।