प्रतिनिधि सभा विघटनको पक्षमा पहिलो दिनको बहस– न्यायाधीशको प्रश्नमा महान्यायाधिवक्ताले जे भने ...

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधि सभाले सरकारलाई असहयोग गरेका कारण विघटन गर्नुपरेको तर्क अघि सारेका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा भइरहेको सुनुवाइका क्रममा सरकारका तर्फबाट बहस गर्दै महान्यायाधिवक्ता खरेलले यस्तो दाबी पेश गरेका हुन् । 'बजेट र नीति कार्यक्रम मात्र पास भएर भएन श्रीमान्,' बहसका क्रममा खरेलले भने, 'त्योभन्दा गम्भीर विषयचाहिँ संसद्ले संसद्जस्तो काम गरेन । त्यसको जवाफ संसद्ले दिनुपर्दैन ? राष्ट्रिय अन्तर्राष्ट्रिय सम्झौता र मूल्यमान्यताहरूलाई संसद्ले आत्मसात गरेन । स...