‘संसद् विघटन जनमत सङ्ग्रहका नाममा संविधान र गणतन्त्र हटाउने षड्यन्त्र’

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संसद् विघटन गर्दै निर्वाचन घोषणा गर्नुमा गम्भीर षड्यन्त्र लुकेको बताएका छन् । केपी ओली अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि परेको दाबीलाई बिनाआधार राष्ट्रपतिले अस्वीकार गरेर संसद् विघटन चुनाव गर्न नभई संविधान र व्यवस्था नै परिवर्तन गर्ने षडयन्त्रअनुसार भएको बताएका हुन् । नयाँ सरकार गठन हुन नसकेको भन्दै राष्ट्रपतिले संसद् विघटन गरेर निर्वाचनको मिति घोषणा गर्नुको रहस्य के हो ? अब दलहरूको भूमिका के  भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘

सम्बन्धित सामग्री

ओली गणतन्त्र र संघीयता विरोधी हुन् : विमलेन्द्र निधि

बुटवल । नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाउनु भयो । उहाँले प्रतिनिधिसभामा नेकपाबाट करिव दुई तिहाई मत ल्याएर प्रधानमन्त्री भएको बेला संसद् विघटन गरेर आफूलाई संविधान विरोधीका रुपमा उभ्याएको बताउनु भयो । लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन क्षेत्र नम्बर ५ रुपन्देहीले बुधबार […]

अलोकतान्त्रिक र असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र भएको बताएको छ । आइतबार सार्वजनिक घोषणापत्रमा कांग्रेसले २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले 'छापामार शैली'मा संसद् विघटन गरेर अध्यादेशतन्त्र सुरु गरेको आरोप लगाएको छ ।  “जब नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुग्यो र सर्वसत्तावादी शासन गर्ने...

संसद् विघटनसँगै संविधान र गणतन्त्र उल्ट्याउने ओलीको षड्यन्त्र थियो : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई पटक संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संविधानसँगै गणतान्त्रिक व्यवस्था उल्ट्याउने षड्यन्त्रको अंगका रूपमा अगाडि आएको बताएका छन् ।

अदालतको हुर्मत लिने काम भयो : प्रधानमन्त्री ओली

नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन संविधान, गणतन्त्र र राष्ट्रको पक्षमा भएको दाबी गर्दै माधवकुमार नेपाल र पुष्पकमल दाहालले निर्वाचन आयोग र अदालतलाई धम्क्याएको बताएका छन्।

संविधान, गणतन्त्र र राष्ट्रको पक्षमा संसद् विघटन : प्रधानमन्त्री ओली

४ माघ, काठमाडौं । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन संविधान, गणतन्त्र र राष्ट्रको पक्षमा भएको बताएका छन् । आफ्नो समूहका अखिल नेपाल महिला संघ(अनेम) को बैठकलाई सम्बोधन गर्दै ओलीले संसद् विघटनबारे …

संसद विघटन विरुद्ध २३ राजनीतिक दल तथा संघसंस्थाद्वारा विरोधसभा (फोटो)

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।। संसद विघटन विरुद्ध २३ राजनीतिक दल तथा सङ्घसंस्थाहरूले विरोधसभा सम्पन्न गरेका छन् । ‘ओली सरकारको संसद विघटन गर्ने प्रतिगमनउन्मुख फासीवादी कदमका विरुद्ध सङ्घर्ष गरौँ !’ मूल नाराका साथ २०७७ पुस १९ गते नयाँ बानेश्वरमा विरोधसभा सम्पन्न भएको हो । विरोधसभालाई सम्बोधन गर्दै नेकपा (मसाल) प्रवक्ता रामप्रकाश पुरीले ओली सरकारद्वारा संसद विघटन गर्ने कार्यलाई २०६२–६३ सालको जनान्दोलनको उपलब्धि समाप्त गर्ने प्रयासको सङ्ज्ञा दिनुभयो । लोकतान्त्रिक गणतन्त्र २०६२–६३ सालको जनआन्दोलनको प्रमुख उपलब्धि रहेको बताउँदै उहाँले त्यसको रक्षाका अहिले सडक आन्दोलन नै उपयुक्त विकल्प भएको उहाँको ठहर थियो । प्रवक्ता पुरीले भन्नुभयो– ‘जनान्दोलन सशक्त बनाउन नसके महान् जनान्दोलनको उपलब्धि गुम्ने र राजनीतिक अस्थिरता कायम हुने छ ।’ सत्तारूढ नेकपाभित्रको आन्तरिक कलहका पछाडि सत्तास्वार्थ प्रमुख रहेको उहाँको भनाइ थियो । ‘आन्तरिक रूपमा सत्तास्वार्थ नमिल्दा जनतालाई अप्ठ्यारोमा पारियो’ प्रवक्ता पुरीले भन्नुभयो– ‘एमसिसीको विरोधमा सत्तारूढ दलभित्रैबाट चर्को विरोध थियो, तर अहिले त्यो मुद्दा सडकमा खै ?’ उहाँले अहिले सत्तास्वार्थको कारण एमसिसी, सीमा अतिक्रमणलगायतका राष्ट्रियताका मुद्दा गुम्दै गइरहेको बताउनुभयो । केपी ओली सरकारले पार्टीभित्रको आन्तरिक कलहका कारण संसद् विघटन मात्रै होइन, सङ्कटकालसम्म विस्तार पाउन सक्ने उहाँको आशङ्का थियो । ‘संसद पुनःस्थापना भयो भने प्रधानमन्त्री ओलीले सङ्कटकाल पनि लगाउन सक्छन्’ उहाँले भन्नुभयो– ‘त्यो खतराको विरुद्ध पनि यो आन्दोलन सचेत हुनुपर्दछ ।’ कार्यक्रममा सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले अहिले देशमा सडकको राजनीतिक तापक्रम बढ्दै गइरहेको बताउनुभयो । ‘हामीले चिसो सडकमा केपी सरकार गलत नीतिका विरुद्ध सडक आन्दोलन सुरु गरेका थियौँ’ उहाँले अगाडि भन्नुभयो– ‘अहिले त संविधान बनेपछि आन्दोलनको युग सिद्धियो भन्ने प्रचण्ड–माधवहरू नै आन्दोलनमा छन् ।’ आन्दोलनको सुरुवात आफूहरूले गरेको बताउँदै उहाँले २३ दल आन्दोलनमा डटिरहने बताउनुभयो । सम्बोधनको क्रममा उहाँले सत्तारूढ नेकपाको पोल खोलाखोल गरेकोमा दुवै पक्षलाई धन्यवाद दिनुभयो । उहाँले ब्यङ्ग्यात्मक रूपमा भन्नुभयो– ‘हामीलाई हाइसञ्चो छ । हामीले गर्नुपर्ने काम केपी र प्रचण्डले आपसमै गरिरहेका छन् ।’ ‘२०६२–६३ सालको जनान्दोलनअघि गणतन्त्रलाई आन्दोलनको नारा बनाउने निर्णय ...