नगद अनुदानका लागि थप बजेट माग

निर्यातमा नगद अनुदानका लागि थप एक अर्ब रुपियाँ माग गरिएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको निर्यात नगद अनुदान रकम खर्च भइसकेकाले उद्योग विभागले एक अर्ब १० करोड रुपियाँ माग गरेको हो ।

सम्बन्धित सामग्री

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका लागि बजेट माग

पर्वत । मध्यहाडी लोकमार्गको वैकल्पिक रुटको रुपमा रहेको दोविल्ला–सिल्मी–ठुलीपोखरी–कार्किनेटा सडक कालोपत्रेका लागि बजेट माग गर्दै पर्वतका सातओटा वडाका बासिन्दा मुख्यमन्त्रीको कार्यकक्षमा पुगेका छन् । ट्रयाक खुलेको दुई दशकसम्म पनि कालोपत्र हुन नसक्दा नागरिकहरूले सास्ती व्यहोर्न बाध्य भएको भन्दै बजेटका लागि दबाब दिन आइतवार जनप्रतिनिधिसहित मुख्यमन्त्रीको कार्यकक्षमा पुगेका हुन् ।  प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि असार १ गते बजेट सार्वजनिक गर्दैछ । सोही बजेटमा पर्वतको कुश्मा र फलेवास नगरपालिकाको मुख्य सडकको रुपमा रहेको दोविल्ला–सिल्मी–ठुलीपोखरी–कार्किनेटा सडक कालोपत्रको योजना लगेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाइएको कुश्मा नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष झलक रिमालले बताए । उनका अनुसार दबाब दिनका लागि पर्वतवाट निवाचित प्रदेश सभा सदस्य भक्त कुँवर, संविधान सभा सदस्य अर्जुनप्रसाद जोशी, कुश्मा नगरपालिका भित्रका वडा नं. ९, १०, ११, १२, १३ र १४ तथा फलेवास नगरपालिका वडा नं. १ कार्किनेटाका वडाअध्यक्षसहित स्थानीयवासी पुगेका थिए ।  सो अवसरमा मुख्यमन्त्री पाण्डेले उक्त सडक स्तोरोन्नति तथा कालोपत्र गर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै आगामी वर्षको बजेटमा समावेश गर्ने र आवश्यक बजेट बिनियोजन गर्ने आश्वासन दिएका छन् । पोखरा–बागलुङ सडकको विकल्पमा समेत प्रयोग गर्न सकिने भएकाले धौलागिरि क्षेत्रको दोस्रो लाइफलाइनको रूपमा विकास गर्न आफू सकारात्मक रहेको र डीपीआरमा उल्लेखित लागत अनुसारको बजेट विनियोजन गरिने बताए ।   मध्यपहाडी लोकमार्गको पर्वत खण्डअन्तर्गत दोविल्लादेखि कार्किनेटासम्मको दूरी १३ किलोमिटर छ, जसमध्ये ठूलीपोखरीसम्मको झण्डै ५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी खण्डको कालोपत्रका लागि संघ र प्रदेशमध्ये कतैबाट पनि सम्बोधन नभएपछि दबाब नै दिनुको विकल्प नभएको वडाअध्यक्ष रिमालले बताए । उक्त सडकको कालोपत्रका लागि रु. ३४ करोडको डीपीआर बनाइएको छ ।  मुख्यमन्त्री पाण्डेसँग कुश्मा नगरपालिका वडा नं. १२ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रूपमा विकास गर्न अनुमतिसमेत माग गरिएको छ भने विशेषज्ञ डाक्टर र डिजिटल एक्सरे मेसिनलगायत अन्य स्वास्थ्य उपकरणका लागि बजेट मागसमेत गरिएको छ । त्यसैगरी गहेपोखरा–बुमी–ठुलीपोखरी, ठुलीपोखरी–मातेपानी, रोहोटे, बिरौटा, औसेलुचौर–आर्थर सडक स्तरोन्नतिका लागि समेत बजेट माग गरिएको छ ।  अहिले पनि पोखरा–बागलुङ सडक अवरुद्ध हुँदा यस क्षेत्रका नागरिकले दोविल्ला–ठुलीापेखरी–कार्किनेटा हुँदै स्याङ्जाको नौडाँडा तर्फवाट पोखरा लगायतका गन्तव्यमा जाने गरेका छन् ।  स्याङ्जा, बुटवल, पाल्पा जानका लागि यस क्षेत्रका नागरिकलाई यो सडक धेरै छोटो पर्ने भएकाले पनि कालोपत्र अत्यावश्यक रहेको प्रदेश सभा सदस्य भक्त कुँवरले बताए । उनले यो सडकका लागि जसरी पनि बजेट विनियोजन गर्न आफूले समेत दबाब दिने बताए ।   त्यस्तै संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी र माअ‍ोवादी केन्द्रीय सदस्य सुदीप कुँवरले पनि आगामी वर्षको बजेटमा उक्त सडकका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरिने र सम्बोधन नभए थप दबाब सिर्जना गरिने बताए ।

थरीथरी शीर्षकमा थप बजेट माग

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधि समाप्त भएको छ । यस अवधिमा पुँजीगत खर्च चार भागको एक भाग मात्र खर्च भएको छ । अहिले विभिन्न मन्त्रालय तथा निकायले थप बजेट माग गर्दै पठाएको लामो सूची भने अर्थ मन्त्रालयमा पुगेको छ । थप सुविधा र तलबका लागि पनि थप बजेट मागियो पुँजीगत खर्च अत्यन्तै […] The post थरीथरी शीर्षकमा थप बजेट माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

पुँजीगत खर्च २४ प्रतिशत, थप बजेट माग

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयसँग थप करिब १ खर्ब रकम माग गरेको छ । विकास निर्माणसम्बन्धी सबैभन्दा महत्वपूर्ण र धेरै बजेट विनियोजन गरिएको भौतिक मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा विनियोजित बजेट खर्च गर्न नसके पनि पुनः ठूलो मात्रामा थप रकम माग गरेको पाइएको हो ।भौतिक पूर्वाधार मन्त्रालयले चालू आर्थिक वर्षको नौ महिनामा हालसम्म पुँजीगततर्फ करिब २४ प्रतिशत मात्र खर्च गरेको छ । विनियोजित बजेट खर्च गर्नेभन्दा भौतिकको ध्यान नयाँ बजेट थप गर्नेमा केन्द्रित

मुख्यमन्त्री राईसहितको टोली बजेट माग्दै सिंहदरबारमा

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नेतृत्वमा ४ सदस्यीय टोली बजेट माग्दै सिंहदरबार पुगेको छ। सङ्घीय सरकारबाट हस्तान्तरण भएका आयोजना अघि बढाउन बजेट माग गर्दै मुख्यमन्त्री राईको टोली सिंहदरबार पुगेको हो।टोलीमा मुख्यमन्त्री राईसहित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, प्रमुख सचिव डा रामप्रसाद  घिमिरे र अर्थ सचिव सुमन दाहाल छन्। काठमाडौं मङ्गलबार पुगेको प्रदेश १ को टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट

खर्च गर्न नसक्ने विकासे मन्त्रालयबाटै थप बजेट माग

चालू आर्थिक वर्ष २०७८-०७९ मा खर्च गर्न नसकेर आलोचित भइरहेका विकासे मन्त्रालयहरुले नै तीन खर्बभन्दा बढी बजेट माग गरेका छन् । चालू आवकोे खर्च समीक्षा कार्यक्रममा १० वटा विकासे मन्त्रालयले ३ खर्ब १ अर्ब रुपैयाँ बजेट माग गरेको अर्थ मन्त्रालयले जनाएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि र वन तथा वातावरण मन्त्रालयबाहेक अन्य मन्त्रालयको खर्च ३० […]

तातोपानी बजार र दुखुबेँसीगाउँ संरक्षणका लागि बजेट माग

गलेश्वर । म्याग्दी नदीको कटानका कारण जोखिममा परेको बेनी नगरपालिका–४स्थित उपल्लो तातोपानी बजार र मालिका गाउँपालिका–६, दुखुबेँसीगाउँ संरक्षणका लागि नेपाल सरकारसँग बजेट माग गरिएको छ । नेपाली कांग्रेसका जिल्लासभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले सिंगो तातोपानी बजार नै कटानको जोखिममा परेकाले तत्काल बजेट विनियोजन गरी बजार संरक्षणका लागि संघीय सरकारबाट यथेष्ट बजेट विनियोजनको माग गर्दै प्रधानमन्त्री देउवालाई अनुरोधसहित वस्तुगत विवरण हस्तान्तरण गरेका छन् ।      बजार संरक्षणमा अहिलेसम्म बजेट नराखिएकाले यसपटक संरक्षणको काममा ढिलाइ भए अबको बर्खामा थप क्षति हुने जानकारी समेत प्रधानमन्त्री देउवालाई गराइएको उनले जानकारी दिए । तातोपानीको मसार बस्तीका १४ घरमध्ये आठ घर विस्थापित हुनाका साथै अन्य घरधुरीसमेत जोखिममा रहेका छन् । नदीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेको अवस्थामा बर्खा अगाडि नै मुख्य जोखिम स्थानमा संरक्षणको काम गर्नुपर्ने स्थानीयवासीको भनाइ थियो । यसअगाडि नेपाली कांग्रेसका नगर सभापति रवीन्द्र केसीमार्फत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई बजार संरक्षणका लागि दीर्घकालीन योजनाको माग गदैं ज्ञापनपत्र बुझाइएको थियो ।      तातोपानी बस्ती संरक्षणका लागि नगरपालिका र गण्डकी प्रदेशबाट प्राविधिक ल्याएर डिपिआरको कामसमेत भएको थियो भने नगरपालिका र जिल्लाका राजनीतिक दलले समेत राहत वितरण गरेका थिए । यसैबीच मालिका गाउँपालिका–६ दरबाङको तल्लो दुखुमा नदी कटानबाट संरक्षणका लागि पनि रु १ करोड ५० लाख बजेट माग गर्दै सभापति गर्बुजा र पालिका अध्यक्ष श्रीप्रसाद रोकाले प्रधानमन्त्रीमार्फत सम्बन्धित मन्त्रालयमा बजेट माग गरेका थिए । रासस

फास्ट ट्याकमा सेनाले माग्यो थप ९ अर्ब

२० पुस, काठमाडौं । काठमाडौं तराई/मधेश द्रुतमार्ग निर्माणका लागि नेपाली सेनाले चालू आर्थिक वर्षमा थप ९ अर्ब ४० करोड रुपैयाँ बजेट माग गरेको छ । चालू आर्थिक वर्षका लागि ८ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्टिएकोमा कामलाई तीब्रता दिन भन्दै सेनाले थप बजेट माग गरेको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौड्यालले खर्च पुनरावलोकन गरेर […]

वन क्षेत्रका लागि थप ८ अर्ब माग

वन तथा वातावरण मन्त्रालयले थप ८ अर्ब ३५ करोड बजेट माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/०८९ मा वन तथा वातावरण क्षेत्रका लागि तोकिएको बजेट सिलिङ पर्याप्त नभएको भन्दै थप ८ अर्ब ३५ करोड बजेट प्रस्ताव गरिएको हो । मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले आगामी आर्थिक वर्षका लागि छुइएको […]

निर्माणाधीन आयोजनाका लागि थप ३० अर्ब माग

सडक विभागले निर्माणाधीन आयोजनामा विनियोजित रकम अभाव भएको भन्दै थप बजेट माग गरेको छ । विभिन्न नौवटा आयोजनाका लागि अपुग भएको ३० अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरिएको सडक विभागले जनाएको छ । अहिले सडक विभागमार्फत ५९ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् । विभागका सूचना अधिकारी रमेशकुमार सिंहले भने , “विभागमार्फत राष्ट्रिय गौरवलगायत विगतदेखि नै निर्माणाधीन सडक तथा पुलसँग सम्बधित नौवटा आयोजनाका लागि अपुग भएको रकम माग गरिएको हो ।” थप बजेटका लागि मन्त्रालय सकारात्मक रहेको उनले बताए । अर्थ मन्त्रालय,...