प्रदेश १ मा मन्त्रिमण्डल विस्तार हुँदै, मन्त्रीको संख्या डेढ दर्जन नाघ्ने

काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले छ जना मन्त्री थपेर आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नु भएको छ । थपिएका मन्त्रीहरुको आजैे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराइने छ । आज विभागीय मन्त्रीहरुसहित केही राज्यमन्त्रीको समेत सपथ ग्रहण हुने जनाइएको छ । गठबन्धन भित्रका चार मुख्य दलहरुबाट कम्तिमा एक÷एक जनाका दरले प्रदेश […]

सम्बन्धित सामग्री

प्रदेश १ : मन्त्रिमण्डल विस्तार‚ ३ विना विभागीय मन्त्रीले लिए शपथ

विराटनगर : प्रदेश १ मा ३ जना मन्त्रीले शपथ लिएका छन्। नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको शपथ लिएपछि ३ जना मन्त्री नियुक्त गरि मन्त्रीमण्डल विस्तार गरेका हुन्।नेकपा एमालेका तिलकुमार  मेन्याङ्बो, जसपाकी निर्मला लिम्बू र राप्रपाका भक्ति सिटौलाले मन्त्रीको शपथ लिएका हुन्।  उनीहरू तीनैजनाको मन्त्रालय तोकिएको छैन। उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए।

प्रदेश १ का मन्त्री राईले दिए राजीनामा

विराटनगर : प्रदेश १ सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले राजीनामा दिएका छन्। मन्त्री राईले बुधबार मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई राजीनामा पत्र बुझाएका हुन्।२०७९ माघ २३ गते दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्दा उनी खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नियुक्त भएका थिए। मन्त्री राई गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

'काम गर्ने इच्छाशक्तिले मन्त्री र मन्त्रालय बढाएको हुँ'

विराटनगर : प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले  हिजोको सरकारसँग काम गर्ने कुनै इच्छाशक्ति नभएका कारण चाहेको जति मन्त्रिमण्डल बनाउन नसकेको बताएका छन्।समाजवादी प्रेस संगठन नेपालको प्रदेश स्थरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले हिजोको सरकारसँग काम गर्ने कुनै इच्छाशक्ति नभएका कारण तत्कालीन सरकारले चाहेको जति मन्त्रिमण्डल बनाउन नसकेको बताएका हुन्।मुख्यमन्त्री राईले काम, राजनीति आवश्यकताले मन्त्रिमण्डल विस्तार गरिएको बताउँदै उनले मन्त्रीको केही संख्या कामको आवश्यकताले बढाउन

प्रदेश १ का नवनियुक्त मन्त्रीले लिए सपथ

मोरङ– प्रदेश १ को मन्त्रिमण्डल विस्तार भएको छ। आइतबार प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश प्रमुख परशुराम खापुंगसमक्ष मन्त्रीमण्डलको नाम सिफारिस गरेसँगै मन्त्रिमण्डल विस्तार भएको हो। यसक्रममा प्रदेश प्रमुख खापुंगले प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन्। कांग्रेसका तर्फबाट मोरङबाट शेखरचन्द्र थापाले वन वातावरण तथा भू–संरक्षण, झापाका ओपप्रकाश सरावगी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, […]

पद धरापमा परेपनि मुख्यमन्त्री आचार्यद्वारा मन्त्रिमण्डल विस्तार

विराटनगर, ३० भाद्र । प्रदेश १ मा नेकपा एमालेका सचिव भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । कुनैपनि बेला सरकार ढल्ने अवस्था छ । तैपनि, आचार्यले आज मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले आज दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् । मन्त्री भएकाहरुमा आर्थिक मामलामा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्थामा हिरा थापा छन् […]

प्रदेश १  :  मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री आचार्य

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्।नेकपा एमाले विभाजनसँगै अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने समयलाई धकेलेर मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका हुन्।आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको लागि छलफल भइरहेको मुख्यमन्त्री सचिवालय सदस्य अनिल राजधामीले बताए। अहिले मनमोहन पोलिटेक्निकको कार्यक्रममा सहभागी मुख्यमन्त्री आचार्य कार्यालयमा फर्किए पनि मन्त्रिमण्डल विस्तारको निर्णय लिनसक्ने उनले बताए। ‘छलफल भइरहेको छ आधा घण्टापछि

प्रदेश १ का मुख्यमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तार गरेका छन् । शुक्रबार मुख्यमन्त्री आचार्यले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा लक्ष्मण तिवारीलाई र  सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङलाई नियुक्त गरेका...