काठमाडौं । सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् ।
कर्तव्य ज्यान मुद्दामा कैद सजाय छुट दिने पहिलेको आफ्नै फैसला सर्वोच्च अदालतले उल्ट्याएपछि प्रहरीले कोइरालालाई आज पक्राउ गरेको हो ।
उनलाई काठमाडौंको बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अब उनलाई सर्वोच्चको फैसला कार्यान्वयनका लागि पठाइने छ ।
कोइरालाले २०६८ सालमा श्रीमती गीताको हत्या...