काठमाडौँ– सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परका छन्। सर्वोच्च अदालतले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सजाय घटाउने फैसला बिहीबार उल्टाइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले शुक्रबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको अपराध अनुसन्धान महाशाखाका प्रमुख वसन्त कुवँरले जानकारी दिए। सर्वोच्च अदालतले बिहीबार कोइरालाको फैसला उल्ट्याउँदै जिल्ला अदालत काठमाडौंले गरेको फैसलाअनुसार कर्तव्य ज्यानको मुद्दामा उनलाई जन्मकैद हुने फैसला […]