साना व्यवसायी तथा मजदुरको व्यथा : ऋणमाथि ऋणको भार

कोरोनाको पहिलो लहरमै थलिएका साना व्यवसायी तथा निम्न वर्गका मजदुरको अवस्था निकै नाजुक बनेको छ । लकडाउन तथा निषेधाज्ञाको समयमा कामविहीन भएका उनीहरु अहिले ऋणमा डुबेका छन् भने कोरोना महामारीकै कारण अझै राम्ररी काम गर्न नपाएका कारण थप चिन्तित छन् ।थोरै पुँजीबाट सानो व्यवसाय गरेका तथा दैनिक ज्यालादारी कामबाट परिवारको गुजारा चलाउँदै आएका उनीहरु महिनौंसम्मको लकडाउनले चरम आर्थिक संकटमा पुगे । साहु महाजन तथा इष्‍टमित्रसँग ऋण काढेरै जीविकोपार्जन गर्दै आएका उनीहरु जनजीवन सहज बन्ला र ऋण तिर्न सकिएला भन्न