इलाम क्षेत्र नम्बर २ मा फेरि मतगणना सुरू भएको छ। शनिबार दिउँसो हस्ताक्षर नभएको मतपत्र भेटिएको भन्दै कांग्रेस कार्यकर्ताहरूले विरोध गरेपछि सो क्षेत्रको मतगणना स्थगन गरिएको थियो । अहिले फेरि राति सवा ९ बजे सिटी हल इलाममा मतगणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ।एउटा मतदान केन्द्रको मतगणना बाँकी रहँदा कांग्रेस कार्यकर्ता मतपत्रका विषयमा विवाद निकालेका थिए । यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ १५० मतले अगाडि छन् । नेम्वाङले २९ हजार १ सय ३५ मत पाएका छन् भने उनका निकट प