दोलखामा प्रतिनिधिसभा सदस्यका लागि आज राति ९ बजेबाट मतगणना सुरू हुनेभएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधिसभा सदस्यको मतगणना सुरू हुने र भोलिबाट प्रदेशसभा सदस्यको पनि मतगणना गर्न सुरू गर्ने जानकारी दिनुभयो । दोलखामा प्रतिनिधिसभा सदस्यका लागि वाम–लोकतान्त्रिकबाट नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्की, नेकपा (एमाले) बाट बालकृष्ण […]