मलामी गएका दुई युवाको राप्ती नदीमा डुबेर मृत्यु

नेपालगञ्ज : बाँकेको राप्ती नदीमा मलामी गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ।राप्ती पुल नजिकै नुहाउने क्रममा सिमिकोट गाउँपालिका वडा नम्बर ८ हुम्लाका १८ वर्षीय त्रिबल शाही र २१ वर्षीय लेखराज छत्यालको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।हिजो अपराह्न करिब साढे ४ बजे डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती पुल नजिकै नुहाउने क्रममा दुवै जना बेपत्ता भएका थिए। नुहाउने क्रममा ती दुई युवक पौडी खेल्न नआएका कारण डुबेर बेपत्ता भएको हुन सक्ने प्रहरीले जनाएको छ। नेपालगञ्ज

सम्बन्धित सामग्री

कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु

२१ असार, धनगढी । कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरका अन्दाजी ४५ को गणेश चौधरीको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बुधबार नदीमा डुबेर बेपत्ता भएको चौधरी बिहीबार मृत अवस्थामा फेला परेको जानकारी दिए । उनकाअनुसार खेतमा रोपाइँ […]

पिकनिक खान गएका युवकको बागमती नदीमा डुबेर मृत्यु

वीरगञ्ज- पिकनिक खान गएका एक युवकको रौतहटस्थित बागमती नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका-५ निवासी पारस यादव रहेका छन्। शुक्रबार आफ्नाे परिवारसहित उनी रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित नुनथरमा पिकनिक गएका थिए। साँझ यादव बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। बेपत्ता भएका यादवको शुक्रबारदेखि खोजी […]

बागमती नदीमा डुबेर एकको मृत्यु

रौतहट : रौतहटको धार्मिक पर्यटकीय स्थल नुनथरमा पिकनिक मनाउन आएका एकजनाको बागमती नदीमा डुबेर मृत्यु भएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका-१ मा रहेको नुनथरस्थित बागमती नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव फेला परेको हो।शुक्रबार धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–५ बाट आफ्नो परिवारका सदस्यहरूसँग पिकनिक मनाउन  नुनथर आएका २० वर्षीय पारस यादव नदीमा डुबेर बेपत्ता भएका थिए। उनको शव बागमती सिँचाइ आयोजनाको ब्यारेजमा अड्केको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरका प्रमुख प्रहरी ना

नदीमा डुबेर मृत्यु

कञ्चनपुर : बेलौरी नगरपालिका–५ बन्तरियाका १४ वर्षीय बालक निरज चौधरीको दोदा नदीमा डुवेर बुधवार मृत्य भएको छ।इलाका प्रहरी कार्यालय बेलौरीका वरिष्ठ प्रहरी नायव निरीक्षक रमेश बुढाथोकीका अनुसार साथीहरूसँग नदीको डिलमा खेल्दै गरेका वेला चौधरी चिप्लिएर नदीमा खसेर डुवेका हुन्। नदीमा डुबेर मृत्यु भएका चौधरीको शव परीक्षणका लागि श्रीपुर प्राथमिक स्वास्थ्य चौकीमा राखिएको छ।

कर्णाली नदीमा डुबेर एक बालिकाको मृत्यु

काठमाडौँ । कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। टीकापुर नगरपालिका-६ सिम्रेनीकी १२ वर्षीया ज्योती घर्तीमगरको कर्णाली नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो उनी नदीमा नुहाउन गएकी थिइन्। त्यसक्रममा उनी नदीमै बेहोस भएपछि डुबेकी थिइन्। उपचारको लागि उनलाई टिकापुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बाणगंगा नदीमा डुबेर बालकको मृत्यु

कपिलवसतुको महाराजगंज नगरपालिका–२ पडेरियाका एक १० वर्षीय बालको बाणगंगा नदीमा डुबेर मृत्यु भएको छ।...

बबई नदीमा डुबेर एक किशोरको मृत्यु

काठमाडौँ – दाङमा एक किशोरको बबई नदीमा डुबेर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवा गाउँका १८ वर्षीय सुरज भट्टको बिहीबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनको उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए। साथीहरूसँग रमाइलो गर्न भनेर घरबाट गएका भट्टको दंगीशरण गाउँपालिका वडा नम्बर […]

बबई नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

भारतबाट नेपालमा दसैं मनाउन घर फर्केका तीन जना युवामध्य एक जनाको बबई नदीमा डुबेर मृत्यु भएको छ।

नदीमा डुबेर बालिकाको मृत्यु

२८ असार, वीरगञ्‍ज। बारामा नदीमा डुबेर बालिकाको मृत्यु भएको छ । आदर्श कोतवाल गाउँपालिका-८ जमुनिया बस्ने अब्दुल कलामकी ९ वर्षीया छोरी रोशन ताराको नदीमा डुबेर मृत्यु भएको हो । उनी जमुनी नदीको किनारमा बाख्रा चराउन गएकी थिइन् । नदीमा हात खुट्टा धुने क्रममा लड्दा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव […]

मलामी गएका किशोरको नदीमा डुबेर मृत्यु

बैतडी। मलामी गएका एक किशोरको महाकाली नदीमा डुबेर मुत्यु भएको छ। शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउदको नदीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। स्थानीयवासी ६० वर्षीय घनबहादुर साउदको मलामी गएका महेश नुहाउने क्रममा महाकाली नदीको डिम्बर घाटबाट बेपत्ता भएका थिए। बेपत्ता किशोरको करिब पाँच घण्टापछि नदीमै मृतावस्थामा भेटिएको हो।