काभ्रेमा पनि सार्वजनिक बस चल्न थाले

गत चैत ११ गतेदेखि बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेका सार्वजनिक बस चल्न थालेका छन् । बनेपा, पनौती, धुलिखेल, भकुण्डे, पाँचखाललगायत क्षेत्रमा फाट्टफुट्ट बस सञ्चालन हुन थालेका हुन् ।

सम्बन्धित सामग्री

पाँच हजार दुई सय मिटर अग्लो लाप्चामा पुग्यो सार्वजनिक बस

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमी क्षेत्रमा पर्ने पाँच हजार दुई सय मिटर अग्लो स्थानको लाप्चामा सार्वजनिक बस पुगेको छ। बसले नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने आन्तरिक पर्यटक बोकेर लाप्चा पुगेको हो। सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला रोकाया भामले बस चढेर लाप्चा पुग्दै मानसरोवर कैलाशको दर्शन गरिएको बताइन्। हिल्सा पब्लिक यातायात […]

उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे छलफल

काठमाडौं उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री दाहालले छलफल गरेका छन्।

काठमाडौं उपत्यकामा सार्वजनिक बस व्यवस्थापनमा सकस, वर्षेनी चुनौती थपिंदै

काठमाडौं । मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ । देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौं आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो । पुरानो बसपार्क भने अहिले सञ्चालनमा आएको छैन ।            काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस नयाँ बसपार्क छिर्न नमान्दा सार्वजनिक बस सञ्चालनमा सकस भएको हो ।            विशेषगरी अहिले काठमाडौंबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन् । यस्तै, धादिङ, रसुवा नुवाकोट जाने सवारी साधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजु क्षेत्रबाट चल्ने गरेका छन् । गोङ्गबु चोकदेखि बालाजु चोकसम्मको दुई किलोमिटर दूरीमा नयाँ बसपार्क सञ्चालनमा रहे पनि अधिकांश माइक्रोबस तथा ठूला बस सडक छेउबाटै सञ्चालन हुँदै आएका छन् । ट्राफिक प्रहरीले काठमाडौं महानगरपालिका, यातायात व्यवसायी, यातायात व्यवस्था विभागलगायत सरोकारवाला निकायसँगको छलफलमा रातिको समयमा सञ्चालन हुने सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि कतिपय सवारी साधन भने अहिले पनि चक्रपथ वरपरका सडकबाट सञ्चालन हुँदै आएका छन् ।  जनकपुर, वीरगञ्ज, बारा, पर्सालगायतका क्षेत्रमा चल्ने रात्रिकालीन सवारी साधन अहिले पनि गौशालाबाट चल्दै आएका छन् । यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन् । चितवन, नवलपरासी क्षेत्रमा चल्ने माईक्रोबस कलङ्की र हेटौंडा चल्ने सुमोबस बल्खुबाट चल्दै आएका छन् ।            सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि काठमाडौँ महानगरपालिकाले वडा नं २६ गोङ्गबुस्थित विष्णुमति खोला किनारामा १६१ रोपनी क्षेत्रफलमा झण्डै दुई हजार सार्वजनिक सवारी साधन अट्न मिल्ने पार्किङ बनाए पनि कडा नीति नहुँदा अधिकांश सवारी साधन सडकबाटै सञ्चालन हुँदै आएका छन् ।            काठमाडौं महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ सबै सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने गरी काठमाडौं महानगरपालिकाले गृहकार्य थालिरहेको बताउँछन् ।   हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलङ्कीदेखि बालाजु–चाबहिल हुँदै कोटेश्वरसम्म दोस्रो चरणको काम भइरहेकाले सडकबाट बस सञ्चालन गर्न कठिनाइ भइरहेको व्यवसायी बताउँछन् । लमजुङ माईक्रोबस कम्पनीका कर्मचारी विष्णु खत्री नयाँ बसपार्कभित्र माइक्रोबस लैजाँदा माइक्रोबसले बोक्ने यात्रु ठूला बसले बोक्दा माइक्रोबसले यात्रु नपाउने डरले आफूहरुलाई बसपार्कभित्र जान समस्या परेको बताउँछन्।  काठमाडौंको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको छ ।            कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट लामो दूरीका सवारी साधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउँछन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा १९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने १ हजार ५०० हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन् । पछिल्लो समय राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । रासस

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी सार्वजनिक बस चलाइने

पर्वत : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्ने यात्रुहरूको सहजताका लागि सार्वजनिक बस सेवा सञ्चालन सुरु भएको छ।पोखरा महानगरपालिकाले पोखरा बस यातायात प्रालिसँगको सहकार्यमा शनिवारदेखि बस सेवा सुरु गरिएको छ। पोखरा महानगरपालिकाको कार्यालयका अनुसार विमानस्थल भित्र दुई वटा बस ३÷३ मिनेटको फरकमा छुट्ने छन्। विमानस्थलबाट अमरसिंह चोक–वीरेन्द्र चोक–राम बजार–मितेरी पुल–आरटिओ रोड–विरौटा चोक–राष्ट्रबैँक चोक हुँदै फिस्टेल गेटसम्म चार वटा बस १०/१० मिनेट क

रूपन्देहीमा संचालनमा आए विद्युतीय सार्वजनिक बस

बुटवल : रूपन्देहीमा विद्युतीय सार्वजनिक बस संचालन गरिएको छ। सुन्दर यातायात प्रालिले स्थानीय रूटमा संचालन हुने गरि ‘पब्लिक इलेक्ट्रिक भेइकल’ बुटवलमा भित्र्याएको हो। तत्कालको लागि बुटवल–भैरहवा रूटमा दुईवटा वातावरण अनुकुलित (एसी बस) संचालनमा आएका प्रालिका सञ्चालक डीआर घिमिरेले जानकारी दिए। छिट्टै बुटवल–सालझण्डी हुँदै कपिलवस्तुको जीतपुरसम्म र बुटवलदेखि सुनवल हुँदै बर्दघाटसम्म…

दिल्लीमा आजदेखि पूर्ण क्षमतामा मेट्रो रेल र सार्वजनिक बस चल्ने

काठमाण्डौ - भारतको दिल्लीमा आजदेखि पूर्ण क्षमतामा मेट्रो रेल र सार्वजनिक बस चल्ने भएका छन् ।  सिट क्षमताअनुसार आजदेखि मेट्रो रेल र सार्वजनिक बस चल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि क्षमताभन्दा ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चालन हुँदै आएको थियो ।  यस्तै, दिल्लीमा आजदेखि सपिङ मल पनि खुल्दै छ । बिहान १० बजेदेखि राति ८ बजेसम्म मल खोल्न अनुमति दिइएको छ ।  यस्तै, थिएटर र सिनेमाघर ५० प्रतिशत क्षमतामा खुलाउन पाइनेछ ।  कोरोना भाइरसको सङ्क्रमण केही नियन्त्रणमा आएकाले यी क्षेत्रमा लागेको प्र...

साझाले पनि निकालेन बस

सरकारले मंगलबारदेखि सार्वजनिक बस सेवा सुरु गर्ने निर्णय गरे पनि साझा यातायातले बस निकालेको छैन।

काठमाडौं उपत्यकामा चल्न थाले सार्वजनिक बस

१५ असार, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले …

जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्ने

काठमाडौं / २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन काठमाडौं उपत्यकामा जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो । यस्ता सवारी साधनमा स्वास्थ्यका मापदण्ड पालना भने गर्नुपर्ने छ । अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने कुनै निर्णय गरिएको... The post जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्ने appeared first on Purbeli News.