काठमाडौं उपत्यकामा चल्न थाले सार्वजनिक बस

१५ असार, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले …

सम्बन्धित सामग्री

उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे छलफल

काठमाडौं उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री दाहालले छलफल गरेका छन्।

काठमाडौं उपत्यकामा सार्वजनिक बस व्यवस्थापनमा सकस, वर्षेनी चुनौती थपिंदै

काठमाडौं । मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ । देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौं आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो । पुरानो बसपार्क भने अहिले सञ्चालनमा आएको छैन ।            काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस नयाँ बसपार्क छिर्न नमान्दा सार्वजनिक बस सञ्चालनमा सकस भएको हो ।            विशेषगरी अहिले काठमाडौंबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन् । यस्तै, धादिङ, रसुवा नुवाकोट जाने सवारी साधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजु क्षेत्रबाट चल्ने गरेका छन् । गोङ्गबु चोकदेखि बालाजु चोकसम्मको दुई किलोमिटर दूरीमा नयाँ बसपार्क सञ्चालनमा रहे पनि अधिकांश माइक्रोबस तथा ठूला बस सडक छेउबाटै सञ्चालन हुँदै आएका छन् । ट्राफिक प्रहरीले काठमाडौं महानगरपालिका, यातायात व्यवसायी, यातायात व्यवस्था विभागलगायत सरोकारवाला निकायसँगको छलफलमा रातिको समयमा सञ्चालन हुने सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि कतिपय सवारी साधन भने अहिले पनि चक्रपथ वरपरका सडकबाट सञ्चालन हुँदै आएका छन् ।  जनकपुर, वीरगञ्ज, बारा, पर्सालगायतका क्षेत्रमा चल्ने रात्रिकालीन सवारी साधन अहिले पनि गौशालाबाट चल्दै आएका छन् । यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन् । चितवन, नवलपरासी क्षेत्रमा चल्ने माईक्रोबस कलङ्की र हेटौंडा चल्ने सुमोबस बल्खुबाट चल्दै आएका छन् ।            सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि काठमाडौँ महानगरपालिकाले वडा नं २६ गोङ्गबुस्थित विष्णुमति खोला किनारामा १६१ रोपनी क्षेत्रफलमा झण्डै दुई हजार सार्वजनिक सवारी साधन अट्न मिल्ने पार्किङ बनाए पनि कडा नीति नहुँदा अधिकांश सवारी साधन सडकबाटै सञ्चालन हुँदै आएका छन् ।            काठमाडौं महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ सबै सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने गरी काठमाडौं महानगरपालिकाले गृहकार्य थालिरहेको बताउँछन् ।   हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलङ्कीदेखि बालाजु–चाबहिल हुँदै कोटेश्वरसम्म दोस्रो चरणको काम भइरहेकाले सडकबाट बस सञ्चालन गर्न कठिनाइ भइरहेको व्यवसायी बताउँछन् । लमजुङ माईक्रोबस कम्पनीका कर्मचारी विष्णु खत्री नयाँ बसपार्कभित्र माइक्रोबस लैजाँदा माइक्रोबसले बोक्ने यात्रु ठूला बसले बोक्दा माइक्रोबसले यात्रु नपाउने डरले आफूहरुलाई बसपार्कभित्र जान समस्या परेको बताउँछन्।  काठमाडौंको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको छ ।            कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट लामो दूरीका सवारी साधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउँछन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा १९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने १ हजार ५०० हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन् । पछिल्लो समय राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । रासस

बस, माइक्रो र टेम्पोमा हट्यो जोरबिजोर प्रणाली

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार बसेको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो)मा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाइए पनि निजी सवारीसाधन (कार, मोटरसाइकल, […] The post बस, माइक्रो र टेम्पोमा हट्यो जोरबिजोर प्रणाली appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपत्यकाको सार्वजनिक यातायातमा हट्यो जोरबिजोर प्रणाली

माघ १४, काठमाडौं । कोरोना भाइरसको तेस्रो भेरिएन्टको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा लागू गरिएको जोरबिजोर प्रणालीलाई हटाइएको छ। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका हुन् ।  ती जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। यो निर्णय शुक्रवार राति १२ बजेदेखि लागू हुनेछ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार निजी यातायातको हकमा भने यसअघिको आदेश भने कायम रहेको छ । जसअनुसार सार्वजनिक सवारी साधनमा जोरबिजोर हटेको छ तर निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् छ । यसबाहेक अरू आदेश यसअघिकै यथावत रहेको उनले बताए।    शुक्रवार नै बसेको कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले पनि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो।

जोरबिजोर प्रणालीले भिडभाड झनै बढ्यो (फोटो फिचर)

माघ ९, काठमाडौं । काठमाडौंको न्यूरोडस्थित एनएसी अगाडि आइतवार साँझ सार्वजनिक बस चढ्न प्रतिक्षारत सर्बसाधारण यात्रुहरु । कोरोना भाइरसको तेस्रोे लहरका कारण सरकारले सवारी साधनहरुमा जोरबिजोर नियम लागू गरेसँगै सार्वजनिक सवारी साधनहरुमा यात्रुहरुको भिडभाड बढेको छ ।  भिडभाडबाट संक्रमणको जोखिम उच्च हुने भन्दै सरकारले भिडभाडजन्य क्षेत्रमा गत शनिवारदेखि प्रतिबन्धात्मक व्यवस्था लागू गरेको हो ।  बढ्दो संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा  सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ। उपत्यकाका तीन ओटा जिल्ला प्रशासन कार्यालयबाट स्वास्थ्य सतर्कतासहित उपत्यकामा गुड्ने सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको हो । सार्वजनिक यातायातमा जोरबिजोर लागू गर्दा सडकमा आधा सार्वजनिक सवारीहरू गुडिरहेका छन् । सबै किसिमका कार्यालयहरू खुलेका छन् । यस्तो अवस्थामा यात्रुहरू कोचिएर यात्रा गर्न बाध्य छन् । यसले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरू कोरोना संक्रमणको केन्द्रविन्दुमा पर्ने जोखिम उच्च छ । सबै किसिमका कार्यालयहरू खुलिरहेका छन् । यस्तो अवस्थामा सर्वसाधारणको चाप घट्ने कुरा भएन । यात्रुवाहक सवारीमा जोरबिजोर लागू गर्दा सर्वसाधारणले सहजै यात्रा गर्न पाउने अवस्था नहुनु स्वभाविक पनि हो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक जना सुरक्षा अधिकारी भने सडक तथा चोकमा भिडभाड कम गर्ने उद्देश्यले नै जोरबिजोर लागू गरिएको दाबी गर्छन् । उनले यो प्रणाली प्रभावकारी भए/नभएको बारे समीक्षा गरिरहेको पनि बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार २४ घण्टाको अवधिमा १३ हजार ३७७ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ र ४ हजार ६० ओटा नमूनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार हाल मुलुकभर ७७ हजार ४० सक्रिय संक्रमित छन् । मन्त्रालय अन्तर्गतको सरुवा रोग महाशाखाले यसै हप्ता संक्रमण उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको छ। उपत्यकामा भिडभाड हुने गतिविधिमाथि प्रतिबन्ध लगाइनुका साथै विद्यालय, सिनेमा घर, जिमखानासहितका भिडभाड हुने सेवाहरू बन्द गरिएको छ। घरबाट बाहिर निस्कँदा मोबाइलमा भए पनि खोप कार्ड पनि अनिवार्य रूपमा राख्न भनिएको छ। शब्द : नरहरि आचार्य तथा तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान

राजधानीको २३ नम्बर रुटमा अप्रिय भोगाइ: छिनछिनमै यात्रुमाथि अपशब्द !

काठमाडौं उपत्यकामा चल्ने सवारीसाधन मध्येको यात्रु धेरै हुने एक रुट हो २३ नम्बर रुट । रत्नपार्कबाट बालाजु, नयाँ बसपार्क सामाखुशी, नेपालटार, लोलाङ, फुटुङ, टोखा रुटमा सार्वजनिक बस, हाइस र साना माइक्रो चल्छन् । यात्रुको चाप हुने २३ नम्बर रुटमा सवारी चालक र सहचालकको व्यवहार भने अप्रिय हुन्छ ।  सोमवार बिहान ९ बजे लोलाङबाट चल्ने बसमा म अफिसका लागि पुरानो गुहेश्वरी मन्दिरबाट चढें । बालाजु बाइपास पुग्ने बेलामा सहचालक बोले – बाइपास झर्ने कोही छ ? छ भने भाडा दिनुस्, नभए रत्नपार्क पुर्‍याइदिन्छु । एक जना स्क...

आजदेखि सार्वजनिक यातायात सञ्चालन

काठमाडौं, असार १५ । सार्वजनिक यातायात सञ्चालन गर्न दिनेगरी काठमाडौं उपत्यकामा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमवार साँझदेखि सकिएको थियो । निषेधाज्ञा थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक बस समेत सञ्चालन गर्न दिने निर्णय गरिएको छ । सोमवार बिहान बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले जोर […]

जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्ने

काठमाडौं / २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन काठमाडौं उपत्यकामा जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो । यस्ता सवारी साधनमा स्वास्थ्यका मापदण्ड पालना भने गर्नुपर्ने छ । अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने कुनै निर्णय गरिएको... The post जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्ने appeared first on Purbeli News.

भोलिदेखि उपत्यकामा २५ सिट माथिका बस चल्न दिने निर्णय

जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको हो । जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई जानकारी दिए । ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।