व्यवस्था जोगाउन एकै ठाउँ उभिएलान् पुराना दल ?

काठमाडौं : पछिल्लो समय मेडिकल व्यवसायी तथा नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य दुर्गा प्रसाईं एमालेको लागि मात्रै होइन पुराना भनिएका सबै दलहरुको लागि टाउको दुखाई बनेका छन्। राजतन्त्र फालेर गणतन्त्र ल्याउन संघर्ष गरेका पुराना दलहरुका लागि प्रसाईं टाउको दुखाई बनेका हुन्। पटक पटक देशको नेतृत्व गरेका पुराना दलहरुले सुशासन, महँगी नियन्त्रण र सामाजिक अराजकता जस्ता जनताका सामान्य अपेक्षा पनि सम्बोधन गर्न नसक्दा जनतामा निराशा बढिरहेको छ। जनतामा निराशा र पुराना दलप्रति आक्रोश बढिरहेको फाइदा

सम्बन्धित सामग्री

रविको टिप्पणी : व्यवस्था होइन, पुराना दल र तिनको राजनीति संकटमा छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको व्यवस्था संकटमा नरहेको टिप्पणी गरेका छन्। पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पेस गरेको राजनीतिक दस्तावेजमा उनले पुराना दल र तिनको राजनीति संकटमा रहेको उल्लेख गरेका छन्।‘पुराना दलहरू आफू आफू बैठक गरी यो व्यवस्था संकटमा छ भन्दैछन् । वास्तवमा संकटमा व्यवस्था होइन, संकटमा उनीहरू छन्, उनीहरूको राजनीति छ । व्यवस्था संकटमा परे जोगाउने जनता छन्।’ लामिछानेले प्रतिवेदनमा उल्लेख गरेका छ

को होला प्रतिनिधिसभाको विपक्षी दल ?

२६ पुस, काठमाडौं । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा मन्त्रिपरिषद गठन गर्न समर्थन गर्ने दल विपक्षी दल नहुने उल्लेख छ । यो व्यवस्था हेर्दा कांग्रेसले विपक्षी दलको हैसियत गुमाउने देखिन्छ । सरकार गठन प्रक्रियामा विपक्षमा रहेको नेपाली कांग्रेसले एकाएक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि कानुनतः उसले प्रमुख प्रतिपक्षी दलको […]

निर्वाचित सांसदले कस्तो सुविधा पाउँछन्, कस्तो दल राष्ट्रिय दल हुन्छ ?

काठमाडौं । राष्ट्रिय दल बन्नको लागि प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । तर अन्य दल र राष्ट्रिय मान्यता प्राप्त दलमा संघीय संसद सचिवालयको दृष्टिकोणले उपलब्ध गराउने सेवा, सुविधामा भने खासै भिन्नता छैन । यसलाई राजनीतिक मान्यताको रुपमा ऐनमा नै व्यवस्था गरिएको संसद सचिवालय बताउँछ […]

सप्तरी : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै दल र स्वतन्त्र उम्मेदवार

सप्तरी – सप्तरीमा राजनीतिक दल र स्वतन्त्र उममेदवारले  निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आचारसंहिता २०७९ विपरीत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले चुनाव प्रचारप्रसार गरिरहेको पाइएको छ । आयोगले १७ दिनमात्र चुनाव प्रचारप्रसार गर्ने व्यवस्था गरे पनि दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको हाे । उम्मेदवारले आचारसंहिता विपरीत पार्टीको चिह्न अङ्कित टी–शर्ट र टोपी प्रयोग गरेर चुनाव प्रचारप्रसार गरिरहेका छन् । कार्यकर्ता र समर्थक पार्टीको चिह्न अङ्कित टी–सर्ट लगाएर घरद...

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा ७६ दल दर्ता

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ७६ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्था बमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल दर्ता भएका हुन् । आयोगले मंगलबारसम्म समय दिएर निर्वाचनका लागि दल दर्ता गर्न सूचित गरेको थियो । त्यसअनुसार ७६ वटा दल दर्ता भएका आयोगका प्रवक्ता […]

आइतबारदेखि दल दर्ता सुरु

काठमाडौं । सरकारले संघीय र प्रदेश सभाको चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो । संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्ने व्यवस्था अनुरुप सो प्रक्रिया आइतबारबाट सुरु गर्न लागेको […]

दल विभाजनलाई कानुनी शून्यता

अध्यादेशले संशोधन गरेका कानुनी व्यवस्था नजगाउँदा लामो समयदेखि दुईवटा कानुनका केही प्रावधान शून्य अवस्थामा छन् । कानुनी शून्यता हुँदा तत्काल कुनै राजनीतिक दल विभाजन हुन चाहेमा के गर्ने स्पष्ट छैन । साथै संवैधानिक निकायमा पदाधिकारी नियुक्तिसम्बन्धी कार्यविधिको कानुन पनि शून्य छ । झन्डै एक वर्षदेखि कानुनी शून्यताको अवस्था भए पनि सरकारले साबिकका व्यवस्था जगाउने कुनै प्रक्रिया अघि बढाएको छैन । जसले गर्दा विवादका कारण छुट्टिने समझदारीमा पुगेका जनता समाजवादी पार्टीका दुई पक्षले प्रक्रियासमेत अघि बढाउन