साल्ट ट्रेडिङकाे छुट बिहान मात्र

काठमाण्डाै – सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । शुक्रवारदेखि सीमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो । छुटमा खाद्य पदार्थ खरिद गर्न धेरै सेवाग्राहीको भिड बढेपछि कम्पनीले बिहान दुई घण्टा मात्र बिक्री काउन्टर खुला गरेर सहुलियतको खाद्य पदार्थ बिक्री गर्ने निर्णय गरेको हो । ‘काठमाण्डाै जिल्ला प्रशासनबाट जारी निषेधाज्ञासम्बन्धी आदेशअनुसार आज जेठ २५ गतेदेखि बिहान ७ देखि ९ बजे...

सम्बन्धित सामग्री

साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कर्पोरेसनको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसनले १५ प्रतिशत लाभांश दिने

२८ पुस, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । २८ पुस बिहीबार बिहान बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो । साल्ट ट्रेडिङले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजन समेत गरी ५ प्रतिशत […]

साल्ट  ट्रेडिङ कर्पोरेशनको ५५ औं वार्षिक साधारण सभा बुधवार हुँदै

चैत  २८, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५५ औं वार्षिक साधारण सभा बुधवार चैत ३० गते हुने भएको छ । सभा सोल्टी होटल ताहाचलमा बिहान ११ बजे शुरु हुने छ । सभाले आव २०७७/ ७८ को नाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले उक्त साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा चैत १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

लाभांश पारित गर्न साल्ट ट्रेडिङ कर्पोरेशनले आह्वान गर्‍यो ५५औं साधारण सभा

चैत ९, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशने ५५औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले सभा सोल्टी होटल, ताहचल, काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने निर्णय गरेको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाको अन्य प्रस्तावमा सञ्चालक नियुक्ती अनुमोदन गर्ने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक अनुमोदन गर्ने रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

साल्ट  ट्रेडिङ कर्पोरेशनको ५५औं वार्षिक साधारण सभा चैत ३० गते हुने

चैत ८, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५५औं वार्षिक साधारण सभा चैत ३० गते हुने भएको छ । सभा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो । सभाले आव २०७७/७८ को नाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । उक्त साधारण सभा र लाभांश वितरण प्रयोजनको चैत १५ गते देखि ३० गते सम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा चैत १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको नेप्से मार्फत जानकारी गराएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशनसहित ५ ओटा कम्पनीको साधारण सभा मंगलवार हुँदै

कात्तिक १५,काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनसहित पाँच ओटा अलग - अलग कम्पनीकोे साधारण सभा मंगलवार हुने भएको छ । उक्त दिन साल्ट ट्रेडिङ कर्पोरेशन, कुमारी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल, सांग्रिला डेभलपमेण्ट बैंक र शिवम् सिमेण्ट्सले साधारण सभा आयोजना गरेका हुन् । साल्ट ट्रेडिङ कर्पोरेशनले बिहान ११ बजे केन्द्रीय कार्यालय कालिमाटीमा साधारण सभा गर्ने जानकारी दिएको छ । सभाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक १६ गतेसम्म बन्द रहनेछ । यस आधारमा कात्तिक १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी शिवम् सिमेण्टस्ले बिहान १० बजे होटल सोल्टीमा साधारण सभा बोलाएको छ । सभाले २९ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ८ गते बन्द गरिसकेको छ । यस आधारमा कात्तिक ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी सांग्रिला डेभलपमेण्ट बैंकले बिहान १० बजे लैनचौर ब्याक्वेटमा साधारण सभा गर्ने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश कात्तिक ४ गते सम्म कायम शेयरधनीले पाउनेछन् । त्यस्तै सिटीजन्स बैंकले प्रधान कार्यालय दरबारमार्गमा साँझ ४ बजे साधारण सभा आयोजना गरेको जानकारी गराएको छ । सभाले १२ दशमलव ९१ प्रतिशत बोनस शेयर र ३ दशमलव ०८७ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश असोज २१ गते सम्म कायम शेयरधनीले पाउनेछन् ।  त्यसैगरी कुमारी बैंकले बिहान ११ः३० बजे नक्सालस्थित कार्यालयमा साधारण सभा बोलाएको छ । सभाले ६ प्रतिशत बोनस शेयर र २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको लाभांश कात्तिक ७ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य समायोजन

कात्तिक २, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ६ हजार ५७४ दशमलव १७ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात सोमवार कायम अन्तिम शेयरमूल्य रू. ७ हजार ८८९ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले आव २०७६/७७ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले ५४औं वार्षिक साधारण सभा कात्तिक १६ गते आयोजना गरेको छ । सभा बिहान ११ बजे जुम माध्यमबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

साल्ट ट्रेडिङको छुट बिहान मात्र

सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । शुक्रबारदेखि सिमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो ।छुटमा खाद्य पदार्थ खरिद गर्न धेरै सेवाग्राहीको भिड बढेपछि कम्पनीले बिहान दुई घण्टा मात्र बिक्री काउन्टर खुला गरेर सहुलियतको खाद्य पदार्थ बिक्री गर्ने निर्णय गरेको हो । ‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञासम्बन्धी आदेशअनुसार आज जेठ २५ गतेदेखि बिहान ७ द

साल्ट ट्रेडिङबाट सहुलियतको खाद्यान्न विहान दुई घण्टा मात्रै बेचिने

२४ जेठ, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले घोषणा गरेको सहुलियतको खाद्यान्न अब विहान दुई घण्टा मात्रै बिक्री गर्ने भएको छ । अत्यधिक भिडभाडका कारण कोरोना जोखिम बढेको भन्दै कर्पोरेसनले मंगलबारदेखि बिहान ७ देखि ९ बजेसम्म मात्रै सहुलियतको खाद्यान्न बिक्री गर्ने निर्णय गरेको हो । ‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञा सम्बन्धी आदेशअनुसार २५ गतेदेखि बिहान […]