साल्ट ट्रेडिङ कर्पोरेशनसहित ५ ओटा कम्पनीको साधारण सभा मंगलवार हुँदै

कात्तिक १५,काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनसहित पाँच ओटा अलग - अलग कम्पनीकोे साधारण सभा मंगलवार हुने भएको छ । उक्त दिन साल्ट ट्रेडिङ कर्पोरेशन, कुमारी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल, सांग्रिला डेभलपमेण्ट बैंक र शिवम् सिमेण्ट्सले साधारण सभा आयोजना गरेका हुन् । साल्ट ट्रेडिङ कर्पोरेशनले बिहान ११ बजे केन्द्रीय कार्यालय कालिमाटीमा साधारण सभा गर्ने जानकारी दिएको छ । सभाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक १६ गतेसम्म बन्द रहनेछ । यस आधारमा कात्तिक १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी शिवम् सिमेण्टस्ले बिहान १० बजे होटल सोल्टीमा साधारण सभा बोलाएको छ । सभाले २९ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ८ गते बन्द गरिसकेको छ । यस आधारमा कात्तिक ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी सांग्रिला डेभलपमेण्ट बैंकले बिहान १० बजे लैनचौर ब्याक्वेटमा साधारण सभा गर्ने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश कात्तिक ४ गते सम्म कायम शेयरधनीले पाउनेछन् । त्यस्तै सिटीजन्स बैंकले प्रधान कार्यालय दरबारमार्गमा साँझ ४ बजे साधारण सभा आयोजना गरेको जानकारी गराएको छ । सभाले १२ दशमलव ९१ प्रतिशत बोनस शेयर र ३ दशमलव ०८७ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश असोज २१ गते सम्म कायम शेयरधनीले पाउनेछन् ।  त्यसैगरी कुमारी बैंकले बिहान ११ः३० बजे नक्सालस्थित कार्यालयमा साधारण सभा बोलाएको छ । सभाले ६ प्रतिशत बोनस शेयर र २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको लाभांश कात्तिक ७ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।   

सम्बन्धित सामग्री

लाभांश पारितका लागि साल्ट ट्रेडिङ कर्पोरेशनले चैत २३ मा बोलायो साधारण सभा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५७ औं वार्षिक साधारण सभा चैत २३ गते गर्ने भएको छ । फागुन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत २३ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।  सभाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत ९ देखि २३ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

साल्ट  ट्रेडिङ कर्पोरेशनको ५५ औं वार्षिक साधारण सभा बुधवार हुँदै

चैत  २८, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५५ औं वार्षिक साधारण सभा बुधवार चैत ३० गते हुने भएको छ । सभा सोल्टी होटल ताहाचलमा बिहान ११ बजे शुरु हुने छ । सभाले आव २०७७/ ७८ को नाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले उक्त साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा चैत १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयरको मूल्य समायोजन

चैत १४, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सोमवार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस शेयरको मूल्य समायोजनापछि प्रतिकित्ता शेयरमूल्य रू. ४ हजार ६८३ दशमलव ६४ कायम भएको छ । नेप्सेले सोमवार कम्पनीको अन्तिम कारोबार मूल्य रू. ५ हजार १५२ को आधारमा समायोजन गरेको हो । कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव  गर्नका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा सोल्टी होटल ताहचल काठमाडौंमा अपरान्ह ११ बजे शुरु हुने जानकारी दिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

चैत १४, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम आज (सोमवार) रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेकाले चैत १४ गते सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले आव २०७७/७८को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा सोल्टी होटल ताहाचल काठमाडौंमा दिनको ११ बजे गर्ने जानकारी दिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

चैत १३, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेकाले चैत १४ गते सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले आव २०७७/ ७८को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा सोल्टी होटल ताहाचल काठमाडौंमा  दिनको ११ बजे गर्ने जानकारी दिएको छ ।

लाभांश पारित गर्न साल्ट ट्रेडिङ कर्पोरेशनले आह्वान गर्‍यो ५५औं साधारण सभा

चैत ९, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशने ५५औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले सभा सोल्टी होटल, ताहचल, काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने निर्णय गरेको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाको अन्य प्रस्तावमा सञ्चालक नियुक्ती अनुमोदन गर्ने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक अनुमोदन गर्ने रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

साल्ट  ट्रेडिङ कर्पोरेशनको ५५औं वार्षिक साधारण सभा चैत ३० गते हुने

चैत ८, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५५औं वार्षिक साधारण सभा चैत ३० गते हुने भएको छ । सभा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो । सभाले आव २०७७/७८ को नाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । उक्त साधारण सभा र लाभांश वितरण प्रयोजनको चैत १५ गते देखि ३० गते सम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा चैत १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको नेप्से मार्फत जानकारी गराएको हो ।

५ ओटा कम्पनीको साधारण सभा आज हुँदै

कात्तिक १६, काठमाडौं । ५ ओटा कम्पनीहरुले साधारण सभा आज अर्थात् मंगलवार गर्न भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन, कुमारी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल, सांग्रिला डेभलपमेण्ट बैंक र शिवम् सिमेण्ट्सले साधारण सभा आयोजना गरेका हुन् । साल्ट ट्रेडिङ कर्पोरेशनले बिहान ११ बजे केन्द्रीय कार्यालय कालिमाटीमा साधारण सभा गर्ने जानकारी दिएको छ । सभाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक १६ गतेसम्म बन्द रहनेछ । यस आधारमा कात्तिक १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यसैगरी शिवम् सिमेण्टस्ले बिहान १० बजे होटल सोल्टीमा साधारण सभा बोलाएको छ । सभाले २९ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ८ गते बन्द गरिसकेको छ । यस आधारमा कात्तिक ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यसैगरी सांग्रिला डेभलपमेण्ट बैंकले बिहान १० बजे लैनचौर ब्याक्वेटमा साधारण सभा गर्ने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश कात्तिक ४ गतेसम्म कायम शेयरधनीले पाउनेछन् । त्यस्तै, सिटीजन्स बैंकले प्रधान कार्यालय दरबारमार्गमा साँझ ४ बजे साधारण सभा आयोजना गरेको जानकारी गराएको छ । सभाले १२ दशमलव ९१ प्रतिशत बोनस शेयर र ३ दशमलव ०८७ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश असोज २१ गते सम्म कायम शेयरधनीले पाउनेछन् । त्यसैगरी, कुमारी बैंकले बिहान ११:३० बजे नक्सालस्थित कार्यालयमा साधारण सभा बोलाएको छ । सभाले ६ प्रतिशत बोनस शेयर र २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको लाभांश कात्तिक ७ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य समायोजन

कात्तिक २, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ६ हजार ५७४ दशमलव १७ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात सोमवार कायम अन्तिम शेयरमूल्य रू. ७ हजार ८८९ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले आव २०७६/७७ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले ५४औं वार्षिक साधारण सभा कात्तिक १६ गते आयोजना गरेको छ । सभा बिहान ११ बजे जुम माध्यमबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ ।