कालीगण्डकी लोकमार्गको पुल चार वर्षदेखि अलपत्र

दुर्गाप्रसाद शर्मा, पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गमा पर्ने लमायखोला पुल विगत चार वर्षदेखि अलपत्र रहेको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा बीचमा रहेको लमाय खोलाको पुल अलपत्र परेको हो । स्याङ्जाको मिर्मिदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रयाक खुले पनि लमाय खोलामा पुल नबन्दा करिडोर खण्ड अपुरै रहेको छ । […]

सम्बन्धित सामग्री

कालीगण्डकीमा ७ वर्षदेखि पुल निर्माण अलपत्र

दुर्गम पहाडी क्षेत्रको कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पक्की पुल ७ वर्षदेखि अलपत्र छ । पूर्वी नवलपरासीको बुलिङटार र तनहुँ जोड्ने पक्की पुल निर्माण थालेको ७ वर्ष पूरा भइसक्दा पनि सम्पन्न हुन नसकेको हो ।

कालीगण्डकीमा ७ वर्षदेखि पुल निर्माण अलपत्र

दुर्गम पहाडी क्षेत्रको कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पक्की पुल ७ वर्षदेखि अलपत्र छ । पूर्वी नवलपरासीको बुलिङटार र तनहुँ जोड्ने पक्की पुल निर्माण थालेको ७ वर्ष पूरा भइसक्दा पनि सम्पन्न हुन नसकेको हो ।

अन्तत : ढुङ्गामाथि नै बन्ने भो मोटरेबल पुल !

कुश्मा। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने लमाए खोलाको मोटरेबल पुल पाँच वर्षदेखि अलपत्र परेको छ । फलेवास नगरपालिकाको देवीस्थान र कुर्घामा रहेको अलपत्र मोटरेबल पुलमा दुवैतर्फ पिलर उठाएर स्ल्याव ढलान गर्ने कामबाहेक अरु केही भएको छैन । स्थानीयले ढुङ्गामाथि मोटरेबल पुल निर्माण गरेको भन्दै विरोध जनाएपछि निर्माणाधीन अवस्थामै पुलको काम […]

दश वर्षदेखि अलपत्र पुल : निर्माणको म्याद सकिन नौ दिन बाँकी रहँदा मजदुर घाइते

पोखरा : आइतबार कालीगण्डकी नदीमाथि निर्माणाधीन पुल  भत्किँदा आठ जना मजदुर घाइते भए। स्याङ्जाको चापाकोट नगरपालिका दामाचौर र रामपुर नगरपालिका पाल्पा जोड्ने पुल निर्माण गरिरहेका मजदुर घाइते भएका हुन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। पुलको विम जोड्ने क्रममा विमसँगै मजदुर खसेर घाइते भएका थिए। निर्माणाधीन सो पुलको…

सडक डिभिजनको लापरबाहीले सडक पुल अलपत्र

सडक डिभिजन कार्यालय बागलुङको लापरबाहीका कारण कालीगण्डकी नदीमाथि बन्नुपर्ने तीन सडक पुल अलपत्र परेको पाइएको छ । कालीगण्डकी नदीमाथि पर्वत–बागलुङ जोड्ने दुई र पर्वत–म्याग्दी जोड्ने एक गरी तीन पुलको निर्माण कार्य संघीय सरकारबाट विगत तीन वर्षदेखि बजेट छुट्याइएको भए पनि सडक डिभिजन बागलुङको गलत रिपोर्टिङले अलपत्र परेको हो ।

चार वर्षदेखि मोटरेबल पुल अलपत्र

पर्वत – निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गमा पर्ने मोटरेबल पुल विगत चार वर्षदेखि अलपत्र रहेको छ। फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबीचमा रहेको लमाए खोलाको पुल निर्माण व्यवसायीको लापरबाही र गलत डिजाइनका कारण अलपत्र परेको हो। स्याङ्जाको मिर्मीदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रयाक खुले पनि लमाए खोलामा पुल नबन्दा करिडोर खण्ड अधुरै छ। प्राविधिकको […]

कालीगण्डकी लोकमार्गको पुल ४ वर्षदेखि अलपत्र

भदौ २९, पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको पुल विगत चार वर्षदेखि अलपत्र रहेको छ । जिल्लाको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घाबिचमा रहेको लमाए खोलाको पुल अलपत्र परेको हो ।  स्याङजाको मिर्मिदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रयाक खुलेपनि लमाए खोलामा पुल नबन्दा करिडोर खण्ड अपुरै रहेको छ । प्राविधिकहरूको गलत डिजाइनका कारण निर्माणाधीन मोटरेबल पुल अलपत्र परेको हो ।  २५ मिटर लम्बाइको लमाए खोला पुल ५ करोड ६४ लाख रुपैयाँमा नयाँ बाटो गौचन जेभीले जिम्मा लिएको थियो । ठेकेदार कम्पनीले पुल बनाउन पेटी ठेकेदारलाई जिम्मा दिएको थियो ।  कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियरले शुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुंगा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरेपनि इन्जिनियरहरूले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । ०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले ३ वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।  समयमै नसक्ने निश्चित भएपछि पेटी ठेकदारलाई जिम्मा लगाएर मुल ठेकदार सम्पर्क बिहीन भएको थियो । त्यसपछि पुलको काम अगाडी बढेको छैन । दुई ओटा खोलाको दोभानमा निर्माणाधीन पुलको जग वर्षेनी खोलाको बहाबले कटान गर्दै आएको छ ।  पुल निर्माण गर्न थालिएको जमिन पनि पहिरोले कटान हुँदै आएको स्थानीय गंगाराज शर्माले बताए । शर्माका अनुसार स्थानीयले चिर्दिखोला र लमाए खोला समेत समेट्ने गरि अहिले भएको स्थानभन्दा ५० मिटर परबाट पुल बनाउन भनेका थिए ।  संघीय सांसद पदम गिरीले २०७५ कात्तिकमा ताकेता गरेपछि ठेकेदार शिव गौचनले समयमा काम सक्न केही प्राविधिक समस्या भएको बताएका थिए । व्यवसायी गौचनका अनुसार काम शुरु गरेलगत्तै पाल्पास्थित आयोजना कार्यालयले काम रोक्न आदेश दिएको थियो । उनका अनुसार दुवैतर्फ चट्टानमा पुल बनाउँदा टिकाउ नहुने भन्दै रिडिजाइन गर्ने भनेको कार्यालयले पछि पुरानै डिजाइनमा काम गर्ने भनेपछि अन्योल थपिएको हो ।  ०७५ मंसिरमा काम शुरु गरेका व्यावसायिले ०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । त्यही बेलादेखि अलपत्र छाडिएको रड, सिमेन्टलगायत लाखौ मूल्यका सामग्री अझै निर्माणस्थलमा अलपत्र छन् ।  यो पुलसँगै शुरु भएको मोदीखोलाको पुल गतवर्ष नै सम्पन्न भएर गाडी गुड्न शुरु भएका छन् । पुल नबनेपछि स्थानीय र सरोकारवाला निकै आक्रोशित छन् । कालीगण्डकी करिडोर अन्तर्गत रानीपानीदेखि फलेवासको पाङराङसम्म कालोपत्रका लागि तयारी भइरहेको छ । पाङराङदेखि मोदीबेनीसम्म ट्रयाक मात्रै खोलिएको छ ।  मोदी बेनीदेखि अर्मादीसम्मको खण्ड अझै खुलेको छैन । गतवर्ष भीरबाट डोजर खसेपछि ट्रयाक खोल्ने काम बिचमै रोकिएको हो । कालीगण्डकी करिडोरको मोदीबेनी–अर्मादी खण्ड खुलाउन सके ५५ किलोमिटर खण्ड पूरा हुने थियो ।