चिनियाँ भ्याक्सिन सुरक्षित, प्रभावकारी र गुणवत्ता : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चिनियाँ कम्पनी सिनोफार्म निर्मित कोभिड भ्याक्सिनलाई आपतकालीन प्रयोग अनुमति दिएको छ। डब्ल्यूएचओले गैर–पश्चिमी देशमा निर्मित कोभिड भ्याक्सिनलाई पहिलोपटक अनुमति दिएको हो। यो भ्याक्सिन चीन र विश्वभर करोडौं मानिसहरूलाई यसअघि नै लगाइसकिएको छ। यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोनसन एण्ड जोनसन र मोर्डना कम्पनीको कोभिड भ्याक्सिनलाई मात्र प्रयोग अनुमति दिएको थियो।अफ्रिका, ल्याटिन अमेरिका र एसियाका कयौं देशहरूले यसअघि नै आपतकालीन प्रयोग निम्ति च

सम्बन्धित सामग्री

यौन आनन्दको ज्ञानले सुरक्षित यौन व्यवहारबारे बुझाउन सकिने: डब्ल्यूएचओ

यौन सन्तुष्टिबारेको शिक्षाका आधारमा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउने सन्देश प्रभावकारी रूपमा फैलाउन सहयोगी हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अध्ययनकर्ताहरूले बताएका छन्।

मंकीपक्सबाट बच्न बिफर खोप

एजेन्सी । जापान सरकारले मंकीपक्सबाट बच्न बिफर खोपलाई स्वीकृति दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आधिकारिक रूपमा मंकीपक्स अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै स्वास्थ्य आपतकाल घोषणा गरेको छ । मंकीपक्सविरुद्ध बिफरको खोप ८५ प्रतिशत प्रभावकारी हुने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुई जापानीमा मंकीपक्सको सक्रमण देखिएपछि यो खोप प्रयोगको स्वीकृति दिइएको हो । यसैबीच, […]

यौन आनन्दको ज्ञानले सुरक्षित यौन व्यवहारबारे बुझाउन सकिने: डब्ल्यूएचओ

यौन सन्तुष्टिबारेको शिक्षाका आधारमा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउने सन्देश प्रभावकारी रूपमा फैलाउन सहयोगी हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अध्ययनकर्ताहरूले बताएका छन्।

अहिलेको खोप ओमिक्रोनविरुद्ध प्रभावकारी : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठनले विश्वभर अहिले लगाइरहिएको खोप कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम रहेको बताएको छ।

हालका भ्याक्सिन ओमिक्रोन भेरियन्टसँग लड्न प्रभावकारी : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक अधिकारीले संसारमा यतिबेला लगाइँदै गरेको कोरोनाको भ्याक्सिन कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएको छ । डब्ल्यूएचओको बयान त्यतिबेला आएको हो जब दक्षिण अफ्रिकाको एउटा प्रयोगशालामा परीक्षणपश्चात् ओमिक्रोनमाथि फाइजर खोपको आंशिक असर मात्रै देखिएको रिपोर्ट सार्वजनिक भएको छ । तर डब्ल्यूएचओका डाक्टर माइक रयानले ओमिक्रोन भेरियन्टमाथि भ्याक्सिनको असर अन्य भेरियन्टको तुलनामा कम हुनेछ भनेर कुनै संकेत नभएको बताएका छन् । डाक्टर रयानले समाचार एजेन्स

कर्णालीको स्वास्थ्य सुधार्न कार्ययोजना बनाउँदै डब्ल्यूएचओ

सुर्खेत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजनालाई अघि सारेको छ । संगठनले त्यसका लागि कार्ययोजना निर्माण गरिने बताएको छ । डब्ल्यूएचओले गर्दै आएको कामका बारेमा जानकारी दिन मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका नेपाल प्रमुख डा. राजेश पाण्डवले कर्णाली प्रदेशका नागरिकको स्वास्थ्य अवस्थामा देखिएको कमजोरी सुधार गर्न डब्ल्यूएचओले विशेष गृहकार्य गरिरहेको बताए ।       यसका लागि कर्णालीको कार्ययोजना अनुरूप अघि बढ्ने भन्दै डा. पाण्डवले अन्य प्रदेशको तुलनामा कर्णालीमा मानव स्वास्थ्य अवस्था कमजोर रहेकाले अहिले यो प्रदेशमा कोरोना खोप, स्वास्थ्य सामग्रीलगायतको उपलब्धता र आगामी दिनमा थाल्नुपर्ने रणनीतिका विषयमा जानकारी लिन सुर्खेत आएको जानकारी दिए । ‘हरेक वर्गका नागरिकको स्वास्थ्य राम्रो हुनुपर्दछ भन्ने मान्यता विश्व स्वास्थ्य संगठनले राख्दछ । यहाँका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन हामी हातेमालो गर्न तयार छौं,’ उनले भने,  ‘यसका लागि संघ र प्रदेश सरकारबाट यहाँको स्वास्थ्य अवस्था र कस्तो ठाउँमा सहयोग गर्दा प्रभावकारी हुन्छ भन्ने तथ्यांकसहितको प्रतिवेदन हामीले पाउँदा काम गर्न सहज हुनेछ ।’     कर्णालीका नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन नजिकबाट त्यो अवस्था नियालिरहेको र आउने दिनमा संगठनले स्वास्थ्य क्षेत्रको प्रगतिका निम्ति सहयोग गर्ने भन्दै उनले कोरोना महामारीको जोखिम कायमै रहेकाले यसबाट बच्न सबै पक्ष गम्भीर भएर लाग्न अनुरोध गरे । डब्ल्यूएचओले सोमवार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई १७५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको थियो । रासस

एस्ट्राजेनेका खोप नलगाउनुपर्ने कुनै कारण छैन : विश्व स्वास्थ्य सङ्गठन

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्ध लगाइँदै आएको एस्ट्राजेनेका खोप नलगाउनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेको छ ।   कोरोना भाइरसविरुद्ध राम्रो काम गरिरहेको र प्रभावकारी प्रमाणित भइरहेको खोपमाथि शङ्का गर्नु अनावश्यक भएको सङ्गठनले शुक्रवार स्पष्ट पारेको हो । रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली देशले एस्ट्राजेनेका खोप लगाउने अभियान नै स्थगित गरेपछि विश्व स्वास्थ्य सङ्गठनले स्पष्ट परेकाे हो । डब्ल्यूएचओको खोप सुझाव समितिले भर्खरै पनि एस्ट्राजेनेका खोप उपयोगी नै रहेको, कुनै हानिकारक...