भारतमा गत २४ घण्टामा कोरोनाबाट एक हजारभन्दा कमको मृत्यु

गत २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या  तीन करोड २७ लाख ९ हजार ३३१ पुगेको छ । यसै अवधिका भारतमा कोरोना सङ्क्रमणबाट ९७९ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९६ जार ७३० पुगेको छ । करिब दुई महिना आधा यता २४ घण्टाको  समयावधिमा  भारतमा एक हजार भन्दा कम व्यक्ति कोरोना सङ्क्रमणबाट मृत्यु भएको  जुन २८ मा पहिलो पटक हो । गत अप्रिल १४ मा भारतका कोरोना सङ्क्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएक

सम्बन्धित सामग्री

भारतमा थपिए ७ हजार ३५० कोरोना संक्रमित, २०२ जनाको मृत्यु

मंसिर २७ नयाँदिल्ली (भारत) । भारतमा गत २४ घण्टामा सात हजार ३५० जनामा कोरोना संक्रमण देखापरेको छ । यसै अवधिमा कोरोना संक्रमणबाट २०२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमवार जानकारी दिएको छ । भारतमा अझै पनि ९१ हजार ४५६ जना सक्रिय सङ्क्रमित रहेका सो मन्त्रालयले सोमवार जनाएको छ । यो संख्या ५६१ दिनयताको नै सबभन्दा कम भएको पनि समाचारमा जानकारी दिइएको छ । सक्रिय संक्रमितको यो संख्या कुल संक्रमतिको १ प्रतिशतभन्दा कम भएको जानकारी दिइएको छ । सक्रिय संक्रमितको यो संख्या शून्य दशमलव २६ प्रतिशत रहेको समाचारमा जानकारी दिइएको छ । यो संख्या सन् २०२० मार्चपछिको सबभन्दा कम हो । भारतमा कोरोना शुरु भएबाट हालसम्म चार लाख ७५ हजार ६३६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । गएको २४ घण्टामा भारतमा सात हजार ९७३ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख  ३० हजार ७६८ लाई कोरोनाको संक्रमण निको भएको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९८ दशमलव ३७ प्रतिशत रहेको जानकारी दिइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको सामाचारमा जनाइएको छ । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ६६ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३३ करोड १७ लाख डोज खोप लगाइएको जानकारी दिइएको छ । रासस/एएनआइ

भारतमा थपिए ८ हजार ५०३ जना कोरोना संक्रमित

मंसिर २६, नयाँदिल्ली(भारत) । भारतमा गत २४ घण्टामा ७ हजार ७७४ जनामा कोरोना संक्रमण देखा परेको छ । भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय संक्रमित रहेको  केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतवार जानकारी दिएको छ । यसै अवधीमा कोरोना संक्रमणबाट ३०६ जनाको मृत्यु भएपछि कोरोना शुरु भएबाट हालसम्म ४ लाख ७५ हजार ४३४ जनाको मृत्यु भएको छ ।       गएको २४ घण्टामा भारतमा ८ हजार ४६४ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म ३ करोड ४१ लाख २२ हजार ७९५ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८ दशमलव ३६ प्रतिशत रहेको बताइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको पनि बताइएको छ ।            भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ५८ लाख व्यक्तिको कोरोना परिक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म १ अर्ब ३२ करोड ९३ लाख डोज खोप लगाइएको छ । रासस/  एएनआई

भारतमा कोरोना सङ्क्रमितको संख्या ३ करोड ४४ लाख नाघ्यो

भारतमा गत २४ घण्टामा ११ हजार ८५० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमितको संख्या तीन करोड ४४ लाख २६ हजार ३६  पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार  जनाएको छ । यसैअवधीका कोरोनाको कारण ५५५ जनाको मृत्यु भएको थियो ।  यसैसँगै कोरोनाबाट हालसम्म ४ लाख ६३ हजार २४५ जना पुगेको सो मन्त्रालयले जनाइएको छ ।  भारतमा हाल एक लाख ३६ हजार ३०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितका यो संख्या २७४ दिनको सब भन्दा कम हो ।  गत २४ घण्टामा यहाँ १२ ह

भारतमा गत २४ घण्टामा कोरोनाबाट एक हजार भन्दा कमको मृत्यु

नयाँ दिल्ली / गत २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड २७ लाख ९ हजार ३३१ पुगेको छ ।यसै अवधीका भारतमा कोरोना सङ्क्रमणबाट ९७९ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९६ जार ७३० पुगेको छ । करिब दुई महिना आधायता २४... The post भारतमा गत २४ घण्टामा कोरोनाबाट एक हजार भन्दा कमको मृत्यु appeared first on Purbeli News.

लकडाउन शुरु भएपछि प्रवाशी मजदूरहरु कठिन यात्रा गरेर  घर फर्किन बाध्य

वैशाख २, नयाँदिल्ली  । भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएलगत्तै त्यहाँका राज्य सरकारहरुले कडाखाले लकडाउन जारी गरेपछि प्रवाशी मजदूरहरु घर फर्किन बाध्य भएका छन् । त्यहाँको नयाँदिल्ली, हरियाणा तथा महाराष्ट प्रदेशले दोस्रो लहर शुरु भएको भन्दै महामारीबाट बच्न निषेधाज्ञा जारी गरेका छन् । अनिश्चितकालिन निषेधाज्ञा लगाइएपछि प्रवाशी मजदूरहरु पुन घरतर्फ सार्वजनिक यातायातबाट कठिन यात्रा गर्दै घर फर्किरहेको दृष्य टेलिभिजन च्यानलहरुले प्रशारण गरिरहेका छन् । झण्डै एक वर्षसम्म सुस्ताएको भारतीय अर्थतन्त्र बौरिने अवस्थामा रहेकोमा कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि थप अन्यौलमा पुगेको त्यहाँका सञ्चारमाध्यमहरुले बताएका छन् । पूर्वसावधानी अपनाउनु आवश्यक रहेको भन्दै सार्वजनिक भेलामा प्रतिवन्ध लगाइएको  छ भने माध्यामिक तथा उच्च माध्यामिक तहका परीक्षाहरु रद्द गरिएका छन्  ।  भारतमा गत २४ घण्टामा थप २ लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अस्पतालमा संक्रमितहरुको खचाखच भीड लागेको छ । भने त्यहाँका विरामीहरुले अक्जिन सिलिण्डर तथा रगतको अभाव झेलिरहेका छन् । नयाँदिल्लीका सरकारी तथा निजी  अस्तालहरुमा प्लाज्मा रगतको अभाव केहिदिन यता पाँच गुनासम्मले बढेको छ । संक्रमणबाट मृत्यु  हुनेको संख्या बढिरहेको भन्दै भारतीय टेलिभिजन च्यानलले त स्मसान घाटमा अन्तिम संस्कार गर्न पनि समस्या भइरहेको बताएको छ  ।  कुल सङ्क्रमितको संख्या १ करोड ४० लाख ७४ हजारभन्दा बढी पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीवार बताएको छ। भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुृरु भएयता एक दिनमा २ लाखभन्दा बढी संङ्क्रमित हुनु बुधवार पहिलो पटक भएको बताइएको छ ।  त्यहाँ कोरोनाबाट हालसम्म मृत्यु हुने व्यक्तिको संख्या १ लाख ७३ हजार नाघेको छ ।एजेन्सीहरुको सहयोगमा