लकडाउन शुरु भएपछि प्रवाशी मजदूरहरु कठिन यात्रा गरेर  घर फर्किन बाध्य

वैशाख २, नयाँदिल्ली  । भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएलगत्तै त्यहाँका राज्य सरकारहरुले कडाखाले लकडाउन जारी गरेपछि प्रवाशी मजदूरहरु घर फर्किन बाध्य भएका छन् । त्यहाँको नयाँदिल्ली, हरियाणा तथा महाराष्ट प्रदेशले दोस्रो लहर शुरु भएको भन्दै महामारीबाट बच्न निषेधाज्ञा जारी गरेका छन् । अनिश्चितकालिन निषेधाज्ञा लगाइएपछि प्रवाशी मजदूरहरु पुन घरतर्फ सार्वजनिक यातायातबाट कठिन यात्रा गर्दै घर फर्किरहेको दृष्य टेलिभिजन च्यानलहरुले प्रशारण गरिरहेका छन् । झण्डै एक वर्षसम्म सुस्ताएको भारतीय अर्थतन्त्र बौरिने अवस्थामा रहेकोमा कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि थप अन्यौलमा पुगेको त्यहाँका सञ्चारमाध्यमहरुले बताएका छन् । पूर्वसावधानी अपनाउनु आवश्यक रहेको भन्दै सार्वजनिक भेलामा प्रतिवन्ध लगाइएको  छ भने माध्यामिक तथा उच्च माध्यामिक तहका परीक्षाहरु रद्द गरिएका छन्  ।  भारतमा गत २४ घण्टामा थप २ लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अस्पतालमा संक्रमितहरुको खचाखच भीड लागेको छ । भने त्यहाँका विरामीहरुले अक्जिन सिलिण्डर तथा रगतको अभाव झेलिरहेका छन् । नयाँदिल्लीका सरकारी तथा निजी  अस्तालहरुमा प्लाज्मा रगतको अभाव केहिदिन यता पाँच गुनासम्मले बढेको छ । संक्रमणबाट मृत्यु  हुनेको संख्या बढिरहेको भन्दै भारतीय टेलिभिजन च्यानलले त स्मसान घाटमा अन्तिम संस्कार गर्न पनि समस्या भइरहेको बताएको छ  ।  कुल सङ्क्रमितको संख्या १ करोड ४० लाख ७४ हजारभन्दा बढी पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीवार बताएको छ। भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुृरु भएयता एक दिनमा २ लाखभन्दा बढी संङ्क्रमित हुनु बुधवार पहिलो पटक भएको बताइएको छ ।  त्यहाँ कोरोनाबाट हालसम्म मृत्यु हुने व्यक्तिको संख्या १ लाख ७३ हजार नाघेको छ ।एजेन्सीहरुको सहयोगमा