भारतमा थपिए ७ हजार ३५० कोरोना संक्रमित, २०२ जनाको मृत्यु

मंसिर २७ नयाँदिल्ली (भारत) । भारतमा गत २४ घण्टामा सात हजार ३५० जनामा कोरोना संक्रमण देखापरेको छ । यसै अवधिमा कोरोना संक्रमणबाट २०२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमवार जानकारी दिएको छ । भारतमा अझै पनि ९१ हजार ४५६ जना सक्रिय सङ्क्रमित रहेका सो मन्त्रालयले सोमवार जनाएको छ । यो संख्या ५६१ दिनयताको नै सबभन्दा कम भएको पनि समाचारमा जानकारी दिइएको छ । सक्रिय संक्रमितको यो संख्या कुल संक्रमतिको १ प्रतिशतभन्दा कम भएको जानकारी दिइएको छ । सक्रिय संक्रमितको यो संख्या शून्य दशमलव २६ प्रतिशत रहेको समाचारमा जानकारी दिइएको छ । यो संख्या सन् २०२० मार्चपछिको सबभन्दा कम हो । भारतमा कोरोना शुरु भएबाट हालसम्म चार लाख ७५ हजार ६३६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । गएको २४ घण्टामा भारतमा सात हजार ९७३ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख  ३० हजार ७६८ लाई कोरोनाको संक्रमण निको भएको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९८ दशमलव ३७ प्रतिशत रहेको जानकारी दिइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको सामाचारमा जनाइएको छ । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ६६ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३३ करोड १७ लाख डोज खोप लगाइएको जानकारी दिइएको छ । रासस/एएनआइ

सम्बन्धित सामग्री

भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।...

कोरोना संक्रमित एक जनाको मृत्यु

धनगढी – धनगढीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। कञ्चनपुर भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका ७५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो। जिल्ला प्रहरी कैलालीका अनुसार गत महिनाको २७ गते मोटरसाइकलबाट लडेर घाइते भएका उनी मायामेट्रो अस्पताल धनगढीमा उपचाररत थिए। त्यसपछि यही महिनाको ७ गते चेक गर्दा उनको कोरोना रिपोट पोजेटिभ आएको थियो। […]

धरानमा कोरोना संक्रमित दुई पुरुषको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित धरानका २ जना पुरुषको मृत्यु भएको छ।...

भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँके, बैजनाथ गाउँपालिका ५ की ६३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।...

कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु

ओखलढुंगा जिल्लामा एक कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ । सोमबार जिल्लाको सिद्धिचरण नगरपालिका ५ बर्णालुका ५० वर्षीया एक कोरोना संक्रमित महिलालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।हिजो नै गरिएको एन्टिजेन परिक्षणका क्रममा ति महिलामा कोरोना  संक्रमण पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण पोजेटिभ देखिएका महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागी जिल्ला ल्याउँदै गर्दै वर्णालुकै सिस्नेखोलामा आएपछि उनको मृत्यु भएको सिद्धिचरण नगर

बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित एक पुरुषको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

दैलेखमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

दैलेखमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ । नारायण नगरपालिका–६ की २२ वर्षीया महिलाको मृत्यु भएको हो