काठमाडौँ । चन्द्रागिरिको केबलकार रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केहीबेरमा बीचमै अड्किएका छन् । तिमल्सिना निजी कामका लागि चन्द्रागिरि गएका थिए । विद्युत आपूर्तिको अनियमितता तथा अन्य कारणले केबलकार बेला बेलामा रोकिने गर्छ । केबल कार रोकिने बेलामा अरु यात्रु पनि थिए । अहिले भने केबलकार चल्न थालिसकेको छ ।