सत्ता कब्जाको भुङ्ग्रोमा सुडान

अफ्रिका महादेशको ठूलो मुलुक सुडानमा सेनाले सत्ता हातमा लिएसँगै जनताका अधिकार खोसिएका छन् । सेनाको सत्ता सञ्चालन जनतालाई मन परेको छैन र उनीहरूले सैनिक शासनको विरोध गरेका छन् । सङ्क्रमणकालीन सरकारमा विवाद भएपछि सोही कारण देखाई सेनाले सत्ता हातमा लिएर सङ्कटकाल लागू गरेको छ । अक्टोबर २५ मा एकाएक प्रधानमन्त्री अब्दल्लाह हमदकसहितका नेताहरूलाई पक्राउ गरी सेनाले सत्ता हातमा लियो । सैनिक ‘कु’ गरेको भोलिपल्टदेखि राजधानी खार्तुमलगायत अन्य सहरमा विशाल विरोध प्रदर्शन भए । सैनिक शासनको विरोध गर्ने प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा सात जनाको मृत्यु भयो भने एक सय ४० जनाभन्दा बढी घाइते भए । सैनिक विद्रोहको नेतृत्व गरेका जनरल अब्देल फताह अल बुर्हानले लामो समय सत्तामा रहेका ओमर अल बसिर सत्ताच्युत भएपछि गठन भएको सैन्य–नागरिक परिषद् विघटन गर्नुभएको छ । उहाँले देशभर सङ्कटकाल घोषणा गर्नुभएको छ । सुरक्षा बलले सुरक्षाको प्रत्याभूति गर्नुपर्ने भन्दै बुर्हानले सङ्कटकाल घोषणा गर्नुपरेको जिकीर गर्नुभएको छ । उहाँले २०२३ जुलाईमा निर्वाचन गर्ने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने वाचा पनि व्यक्त गर्नुभएको छ । मुलुकको पछिल्लो अवस्थाबाट जोखिम र खतरा सिर्जना भएको बुर्हानको दाबी छ । हाल मुलुकमा जारी अवस्थाबाट युवाको सपना र राष्ट्रको आकाङ्क्षामाथि जोखिम एवं खतरा उत्पन्न भएको छ भन्दै मुलुकको सुरक्षाका लागि सेना अगाडि सर्न बाध्य भएको उहाँले दाबी गर्नुभएको छ ।

सम्बन्धित सामग्री

सुडान सत्ता संघर्षको सय दिन, १ हजार १३६ को मृत्यु, ३० लाख विस्थापित

सुडान । पोर्ट सुडान विमानस्थलमा  भएको एक नागरिक विमान दुर्घटना हुँदा चार सैनिकसहित नौ जनाको मृत्यु भएको छ । सुडानी सेनाले एक विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाको जानकारी दिएको हो । सुडानी सेनाका अनुसार दुर्घटनामा एक बालिकाको ज्यान बचेको छ । सुडानी सेनाले विमान दुर्घटना हुनु अघि एन्टोनोभ उडिरहेको र त्यसमा गल्ती भएको र त्यसपछि […]

सुडानमा द्वन्द्व किन भयो ? कसको भूराजनीतिक दाउ के ?

सुडानमा नागरिक सरकारको कमजोरीका कारण सैन्य गुटबीच शक्ति संघर्ष जारी छ । सुडानका दुई सुरक्षा संयन्त्र एक आपसमा भिडन्तमा उत्रिँदा पाँच सय भन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । गृहयुद्ध चर्किएसँगै सुरक्षाका लागि सुडान छोड्नेको लर्को लागेको छ । गत अप्रिलको मध्यतिरबाट दुई सैन्य निकायबीच शासन सत्ता  हत्याउनका लागि द्वन्द्व भइरहेको […]

प्रधानन्यायाधीशविरुद्धको आन्दोलन र महाअभियोगः नियोजित कि संयोग ?

काठमाडौं - तत्कालीन प्रधानान्याधीश सुशीला कार्कीमाथि चार वर्ष अगाडि २०७४ वैशाख १७ गते सत्ता पक्षले अचानक महाअभियोग प्रस्ताव दर्ता गराएको थियो । सुडान प्रकरणको फैसला सकेकै दिन कार्कीमाथि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको असन्तुष्टीका कारण उनलाई महाअभियोग लगाइएको थियो । त्यतिबेला अरु पार्टी र सांसदहरूसँग स…

प्रधानन्यायाधीशविरुद्धको आन्दोलन र महाअभियोगः नियोजित कि संयोग ?

काठमाडौं - तत्कालीन प्रधानान्याधीश सुशीला कार्कीमाथि चार वर्ष अगाडि २०७४ वैशाख १७ गते सत्ता पक्षले अचानक महाअभियोग प्रस्ताव दर्ता गराएको थियो । सुडान प्रकरणको फैसला सकेकै दिन कार्कीमाथि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको असन्तुष्टीका कारण उनलाई महाअभियोग लगाइएको थियो । त्यतिबेला अरु पार्टी र सांसदहरूसँग स…

सुडानका चार मन्त्री रिहा

सुडानका सैन्य जनरल अब्देल फताह अल बुर्हानले बन्दी बनाइएका चारजना मन्त्रीलाई रिहा गर्न आदेश दिएका छन् । गत साता सेनाले सत्ता कब्जा गरेयता यी मन्त्रीहरुलाई पक्राउ गरिएको थियो ।सरकारी सञ्चारमाध्यम सुडान टिभीका अनुसार टेलिकम्युनिकेसन्स मन्त्री हसिम हसाब अल्रासोल, उद्योग मन्त्री अलि गेड्डो, सूचना मन्त्री हम्जा बालोउल र युवा तथा खेलकुद मन्त्री युसुफ एडम रिहा भएका हुन् । अन्य मन्त्रीहरु भने हिरासतमै छन् । बिहीबारमै अल बुर्हानले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनसँग फोनवार्ता गरेका छन् । उनले यस

सुडानमा सत्ता हत्याउने प्रयासको राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एनटोनियो गुटर्रेसले सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गरेका छन् । उनले अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकाले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान नसक्ने हो भने देशका लागि राम्रो नगर्ने भन्दै कसैलाई पनि राजनीतिक कू को प्रयास नगर्न आग्रह गरेका हुन् ।उनले सुडानमा सत्ता हत्याउने प्रयास भएको कुरा आफूलाई थाहा भएकोले त्यसो नगर्न र यसअघि यहाँको राजनीतिक सङ्क्रमणकालको व्यवस्थापनका लागि गरिएका सबै प्रतिबद्धताहरूमा इमान्दार रहन यहाँका सबै र

सुडानमा सत्ता हत्याउने प्रयासको महासचिव गुटर्रेसद्धारा निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गर्नुभएको छ । उहाँले अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान नसक्ने हो भने देशका लागि राम्रो नगर्ने भन्दै कसैलाई पनि राजनीतिक कू को प्रयास नगर्न आग्रह गर्नुभएको हो ।

सुडानमा सत्ता सङ्घर्ष

सुडानमा सत्ता सङ्घर्ष नियन्त्रणबाहिर जाँदै छ । त्यहाँका दुई सुरक्षा निकायबीच भीषण सङ्घर्ष जारी रहँदा जनताको दैनिकी भयावह बनेको छ । विदेशी नागरिक स्वदेश फर्कंदै छन् भने हजारौँ सर्वसाधारण नागरिक सुरक्षाका लागि दक्षिण सुडान, चाद, इजिप्टलगायतका छिमेकी देशतर्फ गएका छन् । गएको अप्रिल १५ देखि सेना प्रमुख अब्देल फताह अल बुर्हानको नेतृत्वमा रहेको सेना र मोहमद हामदान डागालोको नेतृत्वमा रहेको अर्धसैनिक बल (आरएसएफ)बीच सङ्घर्ष सुरु भएको हो ।