आर्थिक अभावका कारण प्रकाशन भएन जुम्ली शब्दकोष

कर्णालीमा बोलिने भाषा तथा शब्द संरक्षणका लागि प्रकाशन गर्ने भनिएको जुम्ली शब्दकोष १० वर्ष बितिसक्दा पनि प्रकाशन हुन  सकेको छैन । पहिलो पटक २०६५ साल वैशाख ११ गते जुम्ली शब्दकोष प्रकाशन गरेर खस शब्दको संरक्षण गर्ने निर्णय भएको थियो । आधुनिक शब्दले खस शब्द लोप हुदै जाँदा खस भाषा नै संकटमा पर्दै गइरहेको भन्दै तत्कालीन जिल्ला विकास समितिले जुम्ली शब्दकोष प्रकाशनका लागि कार्य प्रारम्भ गरेको थियो । जुम्ली शब्दकोष बनाउन चाहिने आवश्यक शब्द संकलनका लागि चन्दननाथ २ का ७६ वर्षीय रमानन्द आचार्यलाई