प्रधानमन्त्री रोगजार कार्यक्रमअन्तर्गत एक लाख ६९ हजारभन्दा बढीले पाए रोजगारी

काठमाडौं। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०७७/७८मा देशभर एक लाख ६९ हजार ७२५ जनाले रोजगारी पाएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १६ हजार २९७ आयोजना उनीहरुले रोजगारी पाएका थिए। उनीहरु सबैले कुल एक करोड १८ लाख ६७ हजार ७५२ दिन काम पाएका थिए। देशभर रहेका कूल ७५३ स्थानीय तहमध्ये १० वटाले मात्र कार्यक्रम सञ्चालन गरेका थिएनन्।

सम्बन्धित सामग्री

ब्राजिलमा तीन महिनामै पाँच लाख २६ हजार रोजगारी सिर्जना

ब्राजिलले तीन महिनामा ५ लाख भन्दा धेरै रोजगारी सिर्जना गरेको छ । गएकाे जनवरीदेखि मार्चसम्म ब्राजिलले ५ लाख २६ हजार १ सय औपचारिक रोजगारी सिर्जना गरेको त्यहाँकाे श्रम तथा रोजगार मन्त्रालयलाई उधृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । मार्च महिनामा मात्रै १ लाख ९५ हजार भन्दा धेरै व्यक्तिले रोजगारी पाएका खबरमा उल्लेख छ । यो सरकारले गरेको अनुमान भन्दा दोब्बरले धेरै हो । भौतिक पूर्वाधारको निर्माण र यातायातको क्षेत्रमा सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको श्रम तथा रोजगार मन्त्री लुइज मारिन्होले बताउनुभएको छ । ...

प्रस्तावित विदेशी लगानी परियोजनामा दुई लाख ९७ हजार रोजगारी सृजना हुने

काठमाडौं। हालसम्म देशमा प्रस्तावित विदेशी लगानी परियोजनाहरुले २ लाख ९७ हजार ९३५ जनाको लागि रोजगारी सृजना गर्ने भएको छ। उद्योग विभागका अनुसार ४खर्ब ३०अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रस्ताव हुँदा उक्त संख्यामा रोजगारी सृजना हुने भएको हो। पछिल्लो एक महिनामा मात्र १ हजार ७९१ जनाको लागि रोजगारी सृजना हुनेगरी ३अर्ब ६५ करोड रुपैयाँको विदेशी लगानी प्रस्ताव आएको विभागले जनाएको छ।

पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्य

काठमाडौं, जेठ ३१ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्यसहित पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । आव २०८३/८४ सम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने गरी रणनीतिक योजना तयार गरेको हो । मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसत एक लाख […]

पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्य

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्यसहित पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । आव २०८३/८४ सम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने गरी रणनीतिक योजना तयार गरेको हो ।मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसत एक लाख युवाले एक सय दिनको रोजगारी पाइरहेका छन् । मन्त्रालयले तयार गरेको रणनीतिमा वैदेशिक रोजगारीको दिगो प्रवर्द्धन गर्न द्विपक्षीय श्रम सम्झौता भएका मुलुकको सङ्

वार्षिक ४ लाख रोजगारी

आगामी ५ वर्षभित्र वार्षिक ४ लाख युवालाई रोजगारी दिने लक्ष्यसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलोपटक पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । आर्थिक वर्ष २०८३/०८४ सम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वार्षिक ४ लाख रोजगारी सिर्जना गर्ने गरी रणनीतिक योजना तयार भएको हो ।हाल यो कार्यक्रम मार्फत औषत १ लाख युवाले १०० दिनेको रोजगारी […]

पर्यटनमा रोजगारी गुमाएकालाई स्वारोजगार बन्न १५ लाख

काठमाडौं । कोभिड २९ का कारण पर्यटन क्षेत्रबाट रोजगारी गुमाएकाहरुले सहुलियत दरका कर्जा पाउने भएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो। ‘कोभिड १९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुामएका व्यक्ति स्वरोजगार हुनेगरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने १५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गण्ना गर्न सकिने […]

अमेरिकामा निजी क्षेत्रमा ६ लाख ९२ हजार नयाँ रोजगारी थप

एजेन्सी। संयुक्तराज्य अमेरिकामा गत जुन महिनामा निजी क्षेत्रबाट छ लाख ९२ हजार नयाँ रोजगारी थप भएको छ। अघिल्लो महिनाको तुलनामा भने यो वृद्धि केही सुस्त देखिएको अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिकी स्वचालित तथ्यांक प्रशोधन (एपीडी)का प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले गत जुन महिनामा पनि श्रम बजार निकै सुदृढ देखिएको बताए। सन् २०२१को शुरुआतदेखि करिब ३० लाख नयाँ रोजगारी सिर्जना भएको थियो।

वार्षिक डेढ लाख रोजगारी सिर्जना

औद्योगिक उत्पादन वृद्धि गरी स्वदेशमा वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्न नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको छ। स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले औपचारिक रूपमा अभियान प्रारम्भ भएको छ।...

अमेरिकामा एकै महिनामा साढे ८ लाख रोजगारी

एजेन्सी। विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था अमेरिकामा एकै महिनामा ८ लाख ५० हजार वटा रोजगारी सृजना भएको छ। कोरोना महामारीपछि पहिलोपटक जुनमा यतिधेरै रोजगारी सृजना भएको हो। यसअघि, सन् २०२० मा एकै महिना १६ लाख रोजगारी सृजना भएको समाचार संस्था सीएनएनले बताएको छ। यो महिनामा हस्पिटालिटी उद्योगले सबैभन्दा धेरै ३ लाख ४३ हजार रोजगारी सृजना गरेको छ।

रोजगारी सिर्जनामा निजी क्षेत्रको प्रतिस्पर्धा

नेपालका निजी क्षेत्रले रोजगारी सिर्जनाका लागि लोभलाग्दो प्रतिस्पर्धा गर्दै छन् । एक दिनअगाडि नेपाल उद्योग परिसंघले बर्सेनि डेढ लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना प्रधानमन्त्रीलाई सुनाएको भोलिपल्टै नेपाल उद्योग वाणिज्य महासंघले एक वर्षमा ४ लाख रोजगारी सिर्जना गर्ने भिजन पेपर तयारी गरिरहेको जनाएको छ । वास्तवमा मुलुकमा रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको नै हो […]