काठमाडौं । डलरको मूल्य आज (बुधवार) बढेको छ । नेपाल राष्ट्र बैंकले बुधवारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्य बढेको हो ।
आज १ अमेरिकी डलरको खरीददर १३० रुपैयाँ ७८ पैसा छ भने विक्रीदर १३१ रुपैयाँ ३८ पैसा छ । मंगलवार १ अमेरिकी डलरको खरिददर १३० रुपैयाँ १० पैसा र विक्रीदर १३० रुपैयाँ ७० पैसा थियो ।
आज युरोको भाउ भने घटेको छ । आज प्रतियुरोको खरीददर १४१ रुपैयाँ ५४ पैसा र विक्रीदर १४२ रुपैयाँ १९ पैसा छ । अघिल्लो दिन युरोको खरीददर १४१ रुपैयाँ ९४ पैसा र विक्रीदर १४२ रुपैयाँ ५९ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, आज पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ । आज १ पाउण्ड स्टर्लिङको खरीददर १६१ रुपैयाँ ०५ पैसा र विक्रीदर १६१ रुपैयाँ ७९ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १६१ रुपैयाँ ५१ पैसा र विक्रीदर १६२ रुपैयाँ २५ पैसा कायम भएको थियो ।
राष्ट्र बैंकले डलरको विनिमयदर तोकेपनि विभिन्न बैंकहरूमा यसकाे मूल्य फरक छ ।
कुन बैंकमा डलरको विनिमयदर कति ?
आज सिटिजन्स, एनआईएमबीएल र कृषि विकास बैंकमा डलरको विनिमयदर सबैभन्दा कम छ । यी बैंकमा आज १ अमेरिकी डलरको खरीददर १२९ रुपैयाँ ७० पैसा छ भने विक्रीदर १३० रुपैयाँ ९५ पैसा छ । यस्तै, माछापुच्छ्रे बैंकमा डलरको विनिमयदर सबैभन्दा धेरै छ । उक्त बैंकमा १ अमेरिकी डलरको खरीददर १३० रुपैयाँ ०५ पैसा छ भने विक्रीदर १३१ रुपैयाँ ३० पैसा छ ।
आज एनआइसी एशिया, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य र सिद्धार्थ बैंकले १ अमेरिकी डलरको खरीददर १२९ रुपैयाँ ९० पैसा र विक्रीदर १३१ रुपैयाँ १५ पैसा तोकेका छन् ।
त्यसैगरी सानिमा, लक्ष्मी, एनएमबि र नेपाल बैंकले आज १ अमेरिकी डलरको खरीददर १२९ रुपैयाँ ९५ पैसा र विक्रीदर १३१ रुपैयाँ २ पैसा तोकेका छन् । नेपाल एसबिआई बैंकले १ अमेरिकी डलरको खरीददर १२९ रुपैयाँ ७५ पैसा र विक्रीदर १३१ रुपैयाँ तोकेको छ । प्राइम बैंक र सनराइज बैंकले १ अमेरिकी डलरको खरीददर १३० रुपैयाँ र विक्रीदर १३१ रुपैयाँ १४ पैसा छ ।