एमाले अधिवेशनमा धरहरासहित ओलीको प्रचार (फोटो/भिडियो)

मंगलबार काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह एमालेको झण्डा, चुनाव चिन्ह र पार्टी अध्यक्ष केपी ओलीको तस्विरले रंगिएको थियो । सभाहल बाहिर तथा भित्र ठाउँठाउँमा धरहरा र रानीपोखरीको फोटोसँगै ओलीको फोटो अंकित फ्लेक्स ब्यानर टाँसिएको थियो । जहाँ धरहरा र रानीपोखरीलाई केपी ओलीको परिपूरकका रुपमाझै प्रचार गरिएको थियो ।  एमालेले मंगलबार देशभरका ७ सय ५३ स्थानीय तहमा एकसाथ पालिकास्तरीय अधिवेशन गरेको हो । अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट ती अधिवेशनहरूलाई एकैसाथ सम्वोधन गरेका थिए । राष्ट्रिय

सम्बन्धित सामग्री

एमालेले सुरु गर्‍यो आक्रामक प्रचार, अरु दल के गर्दैछन् ?

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेले दार्चुलाबाट आक्रामक चुनावी अभियान सुरु भएको छ । चुनाव प्रचार सुरु भएको दोस्रो दिन शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुला, वैतडी र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गरेका छन् । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार कम्तीमा ४० जिल्लामा अध्यक्ष ओलीलाई पु¥याउने योजना छ । पार्टीका अधिकांश पदाधिकारी […]

एमाले पोलिटब्यूरो बैठक सुरु

नेकपा (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक भर्खर सुरु भएको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।...

एमाले जनसभाको प्रचार–प्रसारमा सांस्कृतिक र्‍याली

खोटाङ । आगामी १९ चैतमा खोटाङको दिक्तेलबजारमा हुने एमालेको जनसभाको प्रचार–प्रसारमा सांस्कृतिक र्‍याली निकालिएको छ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने जनसभाको प्रचार–प्रसारमा राष्ट्रिय सांस्कृतिक महासंघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले एमाले नेताको सहभागितामा बुधबार दिक्तेलबजारमा संयुक्त सांस्कृतिक र्‍याली निकालेको हो । पुष्पलाल स्मृति भवनबाट सुरु गरिएको सांस्कृतिक र्‍याली भवनगैरा, […]

एमाले प्रचार विभागमा थपिए नौ सदस्य

नेकपा एमालेले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा नौ जना सदस्य मनोनीत गरेको छ ।  भक्तपुरमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार विभागमा नौ जना सदस्य थपेको हो । थपिएका सदस्यहरूमा गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी, महेश दास र रोशन खड्का रहेका छन् । यसअघि मङ्सिर अन्तिम साता बसेको केन्द्रीय समिति बैठकले प्रचार विभाग प्रमुखमा उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य विष्णु रिजाललाई

एमाले प्रचार विभाग प्रमुख गुरुङ भन्छन्– सर्वदलीय बैठकबारे औपचारिक जानकारी नै छैन

एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सर्वदलीय बैठकबारे औपचारिक रूपमा जानकारी नै नआएको दाबी गरेका छन् । औपचारिक रूपमा लिखित जानकारीविना कसरी बैठकमा सहभागी हुने भन्दै गुरुङले प्रतिप्रश्न गरे...

पृथ्वीसुब्बा प्रचार विभाग प्रमुख, योगेश स्वास्थ्य

काठमाडौं । नेकपा एमालेले प्रचार विभागको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङलाई दिएको छ । आइतबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उपमहासचिव गुरुङलाई प्रचार विभागको जिम्मेवारी दिएको हो । यसअघि योगेश भट्टराई प्रचार विभागमा प्रमुख रहेका थिए । उनलाई अहिले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख बनाइएको छ । यस्तै एमालेले अध्यक्ष केपी शर्मा ओली […] The post पृथ्वीसुब्बा प्रचार विभाग प्रमुख, योगेश स्वास्थ्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

म प्रवक्ता होइन, प्रचार विभाग हेरिरहेको छु : योगेश भट्टराई

नेकपा  एमाले नेता योगेश भट्टराईले आफु पार्टीको प्रवक्ता नरहेको बताएका छन् । ‘सर्वोच्च अदालतबाट एमाले ब्युँतिएपछि हाम्रो लाईन पार्टीलाई २ जेठ २०७५ मा फर्काउनुपर्छ भन्ने थियो । त्यस समय हाम्रो पार्टीमा प्रवक्ता तोकिएकै थिएन । म प्रचार विभागको प्रमुख थिएँ’ भट्टराईले शनिबार पत्रकारहरुसँग भने,‘यही विभागमार्फत पार्टीका जानकारीहरु प्रवाह हुने गरेकाले धेरैलाई म प्रवक्ता हुँ भन्ने लागेको थियो ।’उनले थपे, ‘सर्वोच्चको फैसलाबाट २३ फागुनमा माओवादी र एमाले ब्यूँतिएपछि हाम्रो