काठमाडौं। एमाले नेता गोकर्ण विष्टले एकताका लागि गरिएका इमान्दार प्रयासलाई कमजोर पार्न झुठा प्रचार गरिएको बताएका छन्। उनले एक वक्तव्य जारी गर्दै एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै असन्तुष्टि जनाएका हुन्। उनले भनेका छन्, "०७५ जेठ २ कै अवस्थामा फर्काउन अन्तिमसम्म लडिरहन्छौं। पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो, अडान हो।"