सुनसरी-४ मा पूर्व र बहालवाला मन्त्रीको रोचक प्रतिस्पर्धा

विराटनगर : सुनसरी-४  मा पूर्वमन्त्री र बहालवाला मन्त्रीबीचको रोचक चुनावी प्रतिस्पर्धा भइरहेको छ।मतगणनाको शुरुवातदेखि मतअन्तरमा उतारचढाव हुँदै गर्दा यति वेला प्रदेश १ का पूर्व उद्योग‚ वन तथा पर्यटनमन्त्री नेकपा एमालेका जगदीश कुसियत ६९३ मत अन्तरले संघीय सूचना तथा सञ्चार प्रविधिमन्त्री रहेका नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीभन्दा अगाडि छन्।कुसियतले १८ हजार ८९३ मत ल्याउँदा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले १८ हजार २०० मत ल्याएका छन्।

सम्बन्धित सामग्री

सुनसरी ४ मा पछि परे ज्ञानेन्द्र कार्की, यस्तो छ पछिल्लो अपडेट

सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की पछि परेका छन् ।

सुनसरी ४ मा एमालेले घटायो मतान्तर, मतगणना राेचक

सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीसँग एमालेका जगदीशप्रसाद कुसियैतले मतान्तर घटाएका छन् ।

सुनसरी-४ मा रोकिएको ठाउँबाटै मतगणना सुरु गर्ने सहमति

सुनसरी - विवादपछि मतगणना स्थगित भएको सुनसरी-४ मा गणनालाई निरन्तरता दिने सहमति भएको छ । बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएको हो । शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि गणनालाई निरन्तरता दिने सहमति भएको हो । सुनसरी-४ मा कांग्रेसबाट सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र एमाले जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भइरहेको छ । कार्कीले ६ सय ६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनु भएको थियो । तर, आयोगले ...

सुनसरी-४ मा आजबाट पुन: मतगणना सुरु गर्ने तयारी

सुनसरी ४ को मतगणना आजबाट सुरु हुने भएको छ । शनिबारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरिएको छ । सुनसरी-४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए । तर, आयोगले पुनः मतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको छ । अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा नेकपा एमालेका जगदीशप्रसाद कुसियतभन

आयोगको निर्देशनपछि सुनसरी-४ मा मतगणना सुरु हुँदै

काठमाण्डाै - शनिवारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिए पछि सुनसरी-४ मा सर्वदलीय बैठक बस्दै छ । आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको छ। सुनसरी-४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनु भएको थियो । तर, आयोगले पुनःमतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको छ । अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा कार्कीले ९८ मतले अग्रता गर्नु भएको छ ।...

सरकारका प्रवक्ताको यो निवेदन, जसले रोक्यो सुनसरी ४ को मतगणना

कार्कीको तर्फबाट उनका प्रतिनिधि रोशनकुमार खड्काले सुनसरी ४ का निर्वाचन अधिकृतलाई निवेदन दिएपछि मतगणना रोकिएको हो । उनले दोहोर्‍याएर मतगणना गर्न माग गरेका छन् ।

सुनसरी ४ मा अग्रता खाेसाखाेस, सञ्चारमन्त्री कार्की अघि बढे

सुनसरी ४ मा सञ्चार मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् ।

सुनसरी–४ मा सञ्चारमन्त्री कार्की पछि परे

काठमाडौं, ७ मंसिर । सुनसरी–४ मा सुरुवातीदेखि अग्रता लिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछाडी परेका छन् । प्राप्त भएको पछिल्लो मत परिणामअनुसार कार्कीले ७ हजार ३९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ८ हजार १४३ मत ल्याएका छन् । कार्की र कुसियैतबीचको मतान्तर १ हजार १०४ रहेको छ ।

सुनसरी ४ मा कांग्रेसका कार्कीलाई सुरुवाती अग्रता

सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सुरुवाती अग्रता लिएका छन्।  चार सय मतगणना गर्दा कांग्रेसका कार्कीले एक सय ८५ मत ल्याएका छन्। त्यसै गरी नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले एक सय ३५...

सुनसरी-४ बाट सञ्चारमन्त्री कार्की सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सुनसरी-४ बाट सर्वसम्मत सिफारिस भएका छन् । कांग्रेस  सुनसरी ४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचन कार्यसमितिले कार्कीको सर्वसम्मत सिफारिस गरेको हो ।मन्त्री कार्कीले भने, ‘सुनसरी-४ बाट मेरो नाम सर्वसम्मत सिफारिस भएको छ ।’ ०७४ को निर्वाचनमा बाम गठबन्धनका बाबजुद कार्की कांग्रेसका २३ जना मध्ये सर्वाधिक मतानन्तरले विजयी भएका थिए । कार्कीले वाम गठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई ६ हजार ५९७