काठमाण्डाैमा कुन पानी ट्याङ्कीबाट कति लिटर पानी वितरण हुँदैछ

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु भएको छ । शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गर्नुभएको हो ।  शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले काठमाण्डाैवासीलाई १२ महिना नै अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिबद्धता जनाउनु भयो । मेलम्चीको खानेपानी आजबाट तेस्रोपटक पुनः वितरण सुरु भएको हो । आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ निर्माण गरेको भण्डारण पोखरी र पुरानो पानी भण्डारण पोखरीबाट पानी वितरण सुरु गरेको हो । जसअनुसार मह...

सम्बन्धित सामग्री

काठमाडौंमा कुन पानी ट्यांकीबाट कति लिटर पानी वितरण हुँदैछ ?

काठमाडौँ - काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरण सुरु भएको छ । शुक्रबार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका हुन् । मेलम्चीको खानेपानी आजबाट तेस्रोपटक पुनः वितरण सुरु भएको हो । आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ निर्माण गरेको भण्डारण पोखरी र पुरानो पान...

काठमाडौंमा कुन पानी ट्यांकीबाट कति लिटर पानी वितरण हुँदैछ ?

काठमाडौँ - काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरण सुरु भएको छ । शुक्रबार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका हुन् । मेलम्चीको खानेपानी आजबाट तेस्रोपटक पुनः वितरण सुरु भएको हो । आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ निर्माण गरेको भण्डारण पोखरी र पुरानो पान...

काठमाडौंमा कुन पानीट्याङ्कीबाट कति लिटर खानेपानी वितरण हुँदैछ

काठमाडौं।केयुकेएलका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले काठमाडौँ उपत्यकाभित्रका १० वटा पानी भण्डारण पोखरीमा पाँच करोड ८३ लाख लिटर पानी भण्डारण गर्ने क्षमता रहेको जानकारी दिएका छन्।उनले नयाँ र पुरानो पाइपलाइन मर्मत गर्दै आलोपालो पानी वितरण गर्नेसमेत जनाए।

काठमाडौंमा कुन पानी ट्यांकीबाट कति लिटर पानी वितरण हुँदैछ त ?

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु भएको छ । आज शुक्रबार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले काठमाडौंवासीलाई १२ महिना नै अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाउनु भयो । मेलम्चीको खानेपानी आजबाट तेस्रोपटक पुनः वितरण सुरु भएको हो । आयोजना कार्यान्वयन निर्देशनालयले […]

काठमाडौंमा कुन पानीट्यांकीबाट कति लिटर वितरण हुँदैछ मेलम्चीको पानी ?

आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ निर्माण गरेको भण्डारण पोखरी र पुरानो पानी भण्डारण पोखरीबाट पानी वितरण सुरु गरेको हो ।

मेलम्चीको पानी कुन ट्यांकीबाट कति लिटर वितरण हुँदैछ ?

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु भएको छ । शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै उनले काठमाडौंवासीलाई १२ महिना नै अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाए। मेलम्चीको खानेपानी आजबाट तेस्रो पटक पुनः वितरण सुरु भएको हो । आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ निर्माण गरेको भण्डारण पोखरी र पुरानो पानी भण्डारण पोखरीबाट पानी वितरण शुरु गरेको हो । जसअनुसार महांकाल पानी पोखरीबाट ८५ लाख

मेलम्ची पानी वर्षापछि मात्रै

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा पथान्तरण गर्ने कार्य मंगलवार साँझदेखि रोकिएको छ । अब वर्षा सकिएपछि मात्रै मेलम्ची पानी उपत्यका आउने सम्बद्ध अधिकारीहरूले बताएका छन् । मेलम्चीको पानी वैशाख ११ गतेदेखि पुन: काठमाडौं उपत्यकामा वितरण शुरू भएको थियो । त्यसयता नियमित आएको पानी मंगलवारबाट बन्द भएको छ । यसअघि २०७७ चैतमा मेलम्ची पानी काठमाडौं ल्याइएको थियो । मेलम्ची पानी आउन बन्द भएसँगै उपत्यकामा दैनिक १७ करोड लिटर पानी कम आपूर्ति हुनेछ । उपत्यकाको मागअनुसार दैनिक ३२ करोड लिटर पानी अपुग हुन्छ । अहिलेसम्म मेलम्चीबाट दैनिक १७ करोड र काठमाडौंकै आन्तरिक स्रोतबाट ११ करोड लिटर गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले २८ करोड लिटर पानी वितरण गरिरहेको छ । बाँकी माग निजीक्षेत्रका ट्यांकर, घरघरमा जडित बोरिङ, ट्युबवेल, इनार जस्ता स्रोतबाट धानिएको छ । अब केयूकेएलले दैनिक ११ करोड लिटरमात्रै आपूर्ति गर्नेछ । उपत्यकामा दैनिक पानीको माग ४३ करोड लिटर पुगेको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई बताउँछन् । उपत्यकामा पानीको अवस्था दैनिक आपूर्ति १७ करोड लिटरले घट्ने धारामा पानी कम्तीमा ६ दिन बिराएर उपत्यकाको दैनिक खानेपानी माग ४३ करोड लिटर मेलम्चीबाट आपूर्ति १७ करोड लिटर केयूकेएलले उपत्यकाका स्रोतबाट गर्ने आपूर्ति ११ करोड लिटर केयूकेएलबाट हालसम्म भइरहेको आपूर्ति २८ करोड लिटर अब हुने आपूर्ति ११ करोड लिटर नपुग पानी ३२ करोड लिटर नपुग आपूर्ति ट्यांकर र घरघरका भूमिगत स्रोतबाट उनले भूमिगत र सतहको गरी सुक्खायाममा दैनिक ११ करोड लिटर पानी वितरण गरिएको भन्दै अब पनि सोही परिणाममा आपूर्ति हुने बताए । ‘यसमा मेलम्चीको १७ करोड लिटर पानी थपिँदा १/२ दिन बिराएर केयूकेएलले पानी दिँदै आएको थियो,’ राईले भने, ‘अब कम्तीमा ५/६ दिन बिराएर वितरण गरिनेछ ।’ कतिपय स्थानमा पानी आउन त्योभन्दा बढी समय लाग्ने देखिएको छ । मेलम्चीबाट पानी आउन बन्द भएसँगै उपत्यकामा खानेपानी वितरणको समय तालिका परिवर्तन गरिएको उनले बताए । मेलम्ची बन्द भएसँगै मंगलवारदेखि नै केयूकेएलका मुख्य शाखाहरूले पानी वितरणको समय तालिका सार्वजनिक गरेका छन् । यसअनुसार अब उपत्यकावासीले पानीका लागि कम्तीमा १ साता कुर्नुपर्ने देखिन्छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मंगलवार बिहानदेखि पानी पथान्तरण घटाई साँझपख पूर्णरूपमा बन्द गरेको जानकारी दिए । गतवर्षको असार १ र साउन १६ मा आएको बाढीपहिरोका कारण आयोजनामा क्षति पुगेपछि पानी काठमाडौं आएको थिएन । त्यो अवस्था नदोहोरियोस् भनेर र ठूलो बाढी आउँदा सुरुङ र अस्थायी संरचनामा क्षति हुन नदिन पानी बन्द गरिएको पन्तले जानकारी दिए । उनले काठमाडौंमा मेलम्चीको पानी फेरि कहिले आउँछ भन्ने कुरा वर्षायाम कति लम्बिन्छ भन्नेमा भर पर्ने बताए । ‘तत्काल यो दिन/महीनामा पानी आउँछ भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘वर्षायाम सकिँदा र नदीमा धमिलो पानी नहट्दासम्म यकिन गर्न सकिँदैन ।’ गतवर्ष बाढी आउँदा सुरुङमा लेदो, हिलो पसेको थियो । अहिले त्यो अवस्था नआओस् भनेर र अस्थायी संरचना जोगाउने उद्देश्यले वर्षाअघि नै बन्द गरिएको उनले बताए । ३० अर्ब रुपैयाँभन्दा बढी रकम खर्चेर बनाइएको मेलम्ची आयोजनाको पानी अहिले पनि स्थायी संरचना तथा मुख्य सुरुङबाट आएको छैन । अस्थायी संरचनाबाट ल्याइएको पानी स्थायी संरचना र दिगो रूपमा ल्याउने कुरो अब एशियाली विकास बैंक (एडीबी)ले बुझाउने प्रतिवेदनले निर्क्यौल गर्नेछ । गतवर्ष बाढी आएपछि एडीबीले आयोजनामा विस्तृत अध्ययन गरेको छ । उक्त प्रतिवेदन अन्तिम चरणमा रहेको र एडीबीले छिट्टै बुझाउने पन्तले बताए । मेलम्ची आयोजनाको परिकल्पना गरेको पाँच दशकपछि २०७७ चैतमा काठमाडौंमा त्यहाँका पानी आएको थियो ।

धरानमा खानेपानीको अभाव कायमै, दमकलबाट पानी वितरण गर्दै बोर्ड

चैत १७, धरान । सुक्खा मौसमसँगै धरानमा खानेपानीको अभाव बढ्दै गएपछि धरान खानेपानी बोर्डले दमकलबाट पानी वितरण गर्न थालेको छ । पानीको अभाव बढ्दै गएपछि स्थानीय बोर्ड घेराउ गर्दै आन्दोलनमा उत्रिएपछि दमकलबाट पानी वितरण गर्न थालिएको हो । वडा कार्यालयहरु आफैले पानी खरीद गरेर वितरण गर्न थालेपछि धरान उपमहानगर पानी वितरण गर्न बाध्य बनेको थियो ।  खानेपानी बोर्डसँग आफ्नो ट्याङ्कर नभएपछि दमकललाई पानी वितरण गर्न प्रयोग गर्न थालेको हो । दमकललाई रङरोगन गरी ट्यांकरमा परिणत गरेर खानेपानी वितरण गर्न थालेको हो ।  धरान खानेपानी संस्थानलाई बोर्डमा गाभेपनि संस्थानमा रहेको ट्यांकर नछोडेका कारण पानी वितरण गर्न नसकेको उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । उनले भने, ‘बोर्डले चाडै नै ट्यांकर खरीद गर्ने भएको छ ।’ ३ हजार ५०० लिटर पानी अट्ने दमकलबाट पानी वितरण गर्न थालेपछि स्थानीयले राहत महसुस गरेका छन् । तर पर्याप्त पानी नभएको उनीहरुको गुनासो छ । धरान १५ की माया राईले उपमहानगरपालिकाले दमकललाई ट्यांकर बनाएर पानी वितरण गरेपनि पर्याप्त नभएको बताइन् । उनले भनिन्, ‘एउटा ट्यांकरले धरानभरि कति पुर्‍यायोस् त्यसको आश पनि छैन हामीलाई ।’ खानेपानी बोर्डका इन्जिनियर राजु पोख्रेलले धरानमा खानेपानीको अभाव बढ्दै गएपछि समाधानका लागि दमकललाई ट्यांकरको रुपमा प्रयोग गरीएको बताए । उनले भने, ‘हामीले ट्यांकरको रुपमा प्रयोग गरेको वारुणयन्त्र १ नं. वारुणयन्त्र हो, आगलानीका घट्ना हुँदा पुग्नुपर्ने ठाउँमा नपुगेर बिग्रिएर थन्किने गर्थ्यो, यसलाई ट्यांकरको रुपमा प्रयोग गरेर सर्वसाधारणलाई केही राहत दिने प्रयास गरेका हौ ।’

मेलम्ची खानेपानीको तत्कालीन विकल्प खोजिँदै

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची आयोजनाको पानी आउन समय लाग्ने भएपछि त्यसको तत्कालीन विकल्प खोजिने भएको छ । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो । मेलम्चीको पानी नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिए । उनका अनुसार उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुनेगरी योजना बनाइएको छ । अहिले भइरहेका मुहान संरक्षण गरेर त्यहीँबाट बढी पानी लिन लागिएको बताइएको छ । पुराना ट्युबवेल संरक्षण गर्न थालिएको छ । उपलब्ध पानीको परिमाण बढेपछि तालिका हेरफेर गरेर वितरण गरिने शाक्यले बताए । उपत्यकामा कतिपय स्थानका सेवाग्राहीले आफ्नो घरमा पानी नआएको भनी गुनासो गर्दै आएका छन् । ‘ती स्थानमा पनि ट्यांकरबाट सार्वजनिक ट्यांकीमा भरेर सुक्खा व्यवस्थापन गरिनेछ,’ उनले भने । केयूकेएलले उपत्यकाभित्रै खानेपानीको क्षमता बढाउन १० स्थानमा ट्युबवेल खन्न लागेको छ । भइरहेका मुहान बढाउँदा र डिप ट्युबवेल गरी हाल भइरहेको पानीमा एक करोड लिटर थप हुनेछ । हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । वर्षामा झन्डै १७ करोड र हिउँदमा त्योभन्दा कम उपलब्ध गराउन सकिएको केयूकेएलले बताएको छ । हिउँद लागेसँगै अहिले पानीको उपलब्धता घटेर दैनिक ८ देखि ९ करोड लिटर पानी वितरण भइरहेको छ । केयूकेएल अन्तर्गत सम्बन्धित शाखाले आफ्नो क्षेत्रमा कुन कुन बार र कति बजे पानी वितरण गरिने भनी फेसबुक पेजबाट तालिका राख्ने गरेको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले वैकल्पिक पानीको स्रोतको पनि अध्ययन गरिरहेको छ । सिस्नेरी, कुलेखानी लगायतका पानीको स्रोतको पनि सम्भाव्यता अध्ययन भइरहेको छ । केयूकेएलले उपत्यकामा जग्गा उपलब्ध हुनसक्ने ठाउँमा डिप वेल निर्माण गरिरहेको छ । सानेपा–बल्खुमा एउटा निर्माण सकिएको छ भने गोकर्ण, भक्तपुर लगायतका ठाउँमा निर्माण भइरहेको छ । स्थानीय तहले सार्वजनिक जग्गा उपलब्ध गराउँदा अध्ययन गरेर सम्भावना भएमा खन्ने गरिएको छ । काठमाडौं उपत्यकामा दशकौंदेखि खानेपानीको समस्या छ । पानीको समस्या हटाउन मेलम्चीको पानी ल्याउन लागिएको थियो । मेलम्चीमा भएको दुर्घटनाका कारण पानी आउन रोकिएपछि पुनः समस्या बढेको छ । रासस

२०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी पनि ल्याउँछाैं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षभित्र याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताएका छन्।शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउनुपर्ने बताएका हुन्।मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको उनको भनाइ थियो। 'प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु हुँदैन,’ उनले भने। उनले त्यसैअनुसार