काठमाडौंमा कुन पानीट्याङ्कीबाट कति लिटर खानेपानी वितरण हुँदैछ

काठमाडौं।केयुकेएलका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले काठमाडौँ उपत्यकाभित्रका १० वटा पानी भण्डारण पोखरीमा पाँच करोड ८३ लाख लिटर पानी भण्डारण गर्ने क्षमता रहेको जानकारी दिएका छन्।उनले नयाँ र पुरानो पाइपलाइन मर्मत गर्दै आलोपालो पानी वितरण गर्नेसमेत जनाए।

सम्बन्धित सामग्री

धरानमा खानेपानीको अभाव कायमै, दमकलबाट पानी वितरण गर्दै बोर्ड

चैत १७, धरान । सुक्खा मौसमसँगै धरानमा खानेपानीको अभाव बढ्दै गएपछि धरान खानेपानी बोर्डले दमकलबाट पानी वितरण गर्न थालेको छ । पानीको अभाव बढ्दै गएपछि स्थानीय बोर्ड घेराउ गर्दै आन्दोलनमा उत्रिएपछि दमकलबाट पानी वितरण गर्न थालिएको हो । वडा कार्यालयहरु आफैले पानी खरीद गरेर वितरण गर्न थालेपछि धरान उपमहानगर पानी वितरण गर्न बाध्य बनेको थियो ।  खानेपानी बोर्डसँग आफ्नो ट्याङ्कर नभएपछि दमकललाई पानी वितरण गर्न प्रयोग गर्न थालेको हो । दमकललाई रङरोगन गरी ट्यांकरमा परिणत गरेर खानेपानी वितरण गर्न थालेको हो ।  धरान खानेपानी संस्थानलाई बोर्डमा गाभेपनि संस्थानमा रहेको ट्यांकर नछोडेका कारण पानी वितरण गर्न नसकेको उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । उनले भने, ‘बोर्डले चाडै नै ट्यांकर खरीद गर्ने भएको छ ।’ ३ हजार ५०० लिटर पानी अट्ने दमकलबाट पानी वितरण गर्न थालेपछि स्थानीयले राहत महसुस गरेका छन् । तर पर्याप्त पानी नभएको उनीहरुको गुनासो छ । धरान १५ की माया राईले उपमहानगरपालिकाले दमकललाई ट्यांकर बनाएर पानी वितरण गरेपनि पर्याप्त नभएको बताइन् । उनले भनिन्, ‘एउटा ट्यांकरले धरानभरि कति पुर्‍यायोस् त्यसको आश पनि छैन हामीलाई ।’ खानेपानी बोर्डका इन्जिनियर राजु पोख्रेलले धरानमा खानेपानीको अभाव बढ्दै गएपछि समाधानका लागि दमकललाई ट्यांकरको रुपमा प्रयोग गरीएको बताए । उनले भने, ‘हामीले ट्यांकरको रुपमा प्रयोग गरेको वारुणयन्त्र १ नं. वारुणयन्त्र हो, आगलानीका घट्ना हुँदा पुग्नुपर्ने ठाउँमा नपुगेर बिग्रिएर थन्किने गर्थ्यो, यसलाई ट्यांकरको रुपमा प्रयोग गरेर सर्वसाधारणलाई केही राहत दिने प्रयास गरेका हौ ।’