बैंक खाता वित्तीय स्रोतको मेरूदण्ड

गाउँघरको दैलोमा बैंक तथा वित्तीय संस्था आउनु भनेको आर्थिक क्रियाकलापमा वित्तीय स्रोतको आपूर्तिको हुनु हो । बैंक खाताविनाको निक्षेपरूपी वित्तीय स्रोतको कल्पना पनि गर्न सकिँदैन । तसर्थ बैंक खाता वित्तीय स्रोतको मेरूदण्ड हो । बैंक तथा वित्तीय संस्थाहरूको उपस्थितिले अनुत्पादक क्षेत्रमा लगानी गर्ने परम्परालाई निरुत्साहित गरी उत्पादनशील क्षेत्रमा कर्जा बढाउन र ग्रामीण क्षेत्रमा उपलब्ध उत्पादनको अवसरलाई प्रोत्साहन गर्न सहयोग पुर्‍याउँछ । सर्वसाधारणको आयको न्यूनस्तरका कारण आन्तरिक बचतको स्तरसमेत न्यून रहेको र वित्तीय साक्षरतासमेतको अभाव भएकाले प्रमुख वित्तीय स्रोतका रूपमा निक्षेप संकलन चुनौतीपूर्ण बन्नु स्वाभाविक मानिन्छ । मुलुकभरका ७५३ स्थानीय निकायमध्ये करीब ७५१ स्थानीय निकायमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेको देखिन्छ भने करीब २ करोड ९२ लाखभन्दा बढी व्यक्तिले बैंक खाता खोलेको देखिन्छ । यसरी हेर्दा कुल जनसंख्याको करीब ९४ प्रतिशत देखिन्छ । एकातर्फ बैंक खाता वृद्धि चुनौती छ भने अर्कोतर्फ निष्क्रिय खाताको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । एकै व्यक्ति वा संख्याको एकै बैंक वा विभिन्न बैंकमा धेरै खाता खोलिएका कारण पनि संख्यामा विस्तार भएको देखिन्छ । दोहोरो खातालाई हटाउँदा करीब २ करोड नेपालीले बैंकमा खाता खोलेको देखिन्छ । न्यूनतम एक बैंकखाता हुने व्यक्ति करीब ६७ प्रतिशत ५ प्रतिशत देखिन्छ । अति आवश्यक कार्य नपरी बैंक खाता खोल्न नखोज्ने प्रवृत्तिमा सुधार ल्याउनको लागि बैंकिङ साक्षरतामा एकातर्फ जोड दिनुपर्छ । नेपालजस्तो करीब १७ प्रतिशत निरक्षर भएको र करीब ५५ प्रतिशतमा बैंकिङ साक्षरताको कमी भएको देशमा घरदैलो बैंकिङको अवधारणा विकास गर्दै घरदैलोमा पुगी बैंक खाता खोलाउनुको विकल्प छैन । यसबाट मात्र बैंक खाता खोल्ने व्यक्तिको संख्या बढाउन सकिन्छ । हालको समयमा थुप्रै मुलुकहरू नगदरहित भइसकेको र बवैंक नोटको प्रचलनमा कमी आइरहेको अवस्थामा नेपालमा भने अझै बैंक नोटप्रयोगको बाहुल्य रहेको छ । नोटको जतन बारेमा जतिनै सूचना जारी गरे पनि नोटको जतन सर्वसाधारण मात्र होइन, बैंक समेतबाट भएको देखिँदैन । संसारभर डिजिटलाइजेशनमा व्यापकताको फलस्वरूप आर्थिक विकाससमेत उत्कर्षमा पुगेको छ । नेपालमा अझै करीब ३० प्रतिशत जनता बैंकिङ पहुँचभन्दा बाहिरै रहनुले वित्तीय स्रोत संकलन वा निक्षेप संकलनमा चुनौती थपेको छ । नेपालको वित्तीय प्रणालीमा बैंकिङ, बीमा, पूँजीबजार, गैरबंैकिङ वित्तीय क्षेत्र र सहकारी रहेका छन् जसबाट वित्तीय स्रोतको रूपमा निक्षेप संकलन र परिचालन भइरहेको छ । बैंकहरूमा प्राप्त हुने पूँजी वा कोषको ८० प्रतिशत भन्दा बढीको मुख्य स्रोत विभिन्न खातामा जम्मा हुने निक्षेप हो । बैक तथा वित्तीय संस्थाहरूको स्थापना र विस्तार तथा तिनको संख्यात्मक र गुणात्मक उल्लेख्य वृद्धि भए पनि सर्वसाधारणको आयको न्यूनस्तरका कारण आन्तरिक बचतको स्तरसमेत न्यून रहेको र वित्तीय साक्षरता समेतको अभाव भएकाले प्रमुख वित्तिय स्रोतका रूपमा निक्षेप संकलन चूनौतीपूर्ण बन्नु स्वाभाविक मानिन्छ । निक्षेपलाई बैंक तथा वित्तीय संस्थाको प्रमुख वित्तीय स्रोत मानिन्छ । निक्षेप भन्नाले वाफियाको दफा २ मा ब्याज दिने वा नदिने गरी बैंकको चल्ती, बचत वा मुद्दती खातामा जम्मा भएको रकम सम्झनुपर्छ । उक्त शब्दले राष्ट्र बैंकले समयसमयमा निर्धारण गरेबमोजिम बैंकले विभिन्न बैंकिङ तथा वित्तीय उपकरणको माध्यमबाट स्वीकार गरेको रकमसमेतलाई जनाउँछ । हाल बैंक निक्षेप ४८ खर्बभन्दा माथि र कर्जा ४२ खर्बभन्दा माथि छ । निक्षेप संकलनभन्दा लगानी रकम बढ्दै गएको कारण सीडी रेसियोले ९० प्रतिशतको बोर्डर क्रश गरेको अवस्था छ । जबसम्म देशको सबै क्षेत्रमा बैंकिङ पहुँच पुर्‍याउन सकिँदैन, तबसम्म नगदरहित बैंकिङ अपेक्षित रूपमा अघि बढ्न सक्दैन । विगत केही समयदेखि यसले उल्लेखनीय प्रगति भने गरेको छ । बैंक खाता हुनेले सोझै एउटा क्लिकको भरमा सपिङ, रिचार्ज, बिल भुक्तानी, रकम ट्रान्सफर, टिकट बुकिङलगायत कार्य सहजै गर्न सक्ने अवस्था छ । बैंक खाता खोलेर बचत गर्दा बचत गरेको रकमको ब्याज पाइने, रकम हराउने र चोरिने डरबाट मुक्त, खाँचो पर्दा कसैको मुख ताक्न नपर्ने, कर्जा निकाल्नु पर्दा सजिलो, विदेशबाट रकम प्राप्त गर्न सजिलो अदि फाइदा छन् । त्यसैले सबै नागरिकले बैंक खाता खोल्नु अनिवार्य हुन जान्छ । बैंक खाता खोलिसकेपछिको फाइदा धेरै हुने हुँदा यसतर्फ सम्बद्ध निकायले समयमा नै प्रचारप्रसार समेतलाई तीव्रता दिनुपर्छ । घुम्ती बैंकिङसमेतलाई अगाडि वढाउनुपर्छ । तरलताको अभावबाट प्रभावित बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले सतर्कतापूर्वक अनुगमन तथा निगरानी गर्ने, तरलताको न्यूनता भोगेको बैंक तथा वित्तीय संस्थाहरूको सुविधाका लागि रिपो खुला गर्ने, सरकारले आफ्नो विकास प्रशासनको क्षमता वृद्धि गरी पूँजीगत खर्च बढाउँदै लैजाने, वित्तीय साक्षतालाई बढाउने, बैंकिङ क्षेत्रको विस्तार र विकास एवं संस्थागत सुशासनलाई कार्यान्वयन गराउने, देशमा आयात प्रतिस्थापनसँग सम्बद्ध उद्योगको विकास तथा विस्तार गर्नेजस्ता उपायहरूबाट मात्र वित्तीय स्रोतका रूपमा रहेको निक्षेप संकलनमा प्रभावकारिता आउँछ । यस्ता क्रियाकलापबाट थप खाता खोल्ने वातावरणको समेत सृजना हुन्छ र अस्वस्थ बैंकिङ होडवाजीसमेत कम हुने कुरामा कसैको दुईमत नहोला । एक अध्ययनका अनुसार निक्षेप संकलनमा आपसी होडबाजी गर्नुभन्दा निक्षेपका स्रोतहरू सर्वसाधारण जनता, स्थानीय निकाय, प्रादेशिक कार्यालय, अन्तरवैक कारोवार, सरकारी तथा गैरसरकारी संघसंस्थाहरू, नेपाल सरकार, विदेशी दातृ निकाय, उद्योगधन्दा, कलकारखाना आदिबाट प्राप्त निक्षेपमा प्रतिस्पर्धी दर कायम गर्ने हो र उनीहरूलाई दिने सेवा तथा सुविधामा सरलता र सहजताको अनुभूति दिलाउने हो भने निक्षेप संकलन सहज हुन्छ । बैंकिङ क्षेत्रका कर्मचारीहरूद्वारा आतिथ्य तथा मुस्कानसहितको सेवा दिने र वित्तीय समावेशीकरणलाई विस्तार र विकास गर्न सकेको खण्डमा वित्तीय स्रोत संकलनमा सहजता आउनुको साथै बैंकखाता खोल्ने संख्यामा समेत वृद्धि हुने देखिन्छ । लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।

सम्बन्धित सामग्री

मेरो बैंक खाता

वर्षौं, महीनौं मात्र हैन, अहिले पनि खल्ती पूरै खाली भएको साता छ । तर, मसँग पनि एउटा बैंक खाता छ । खातामा पैसा नभए पनि बैंकले हरेक वर्ष खाता नवीकरण गर भन्छ । म नवीकरण गर्छुु । बैंकले हजुरबाउ, बाउको नाम लेख भन्छ । म लेखेर पठाउँछु । फेरि अर्को वर्ष पनि बैंकले बाउ र हजुरबाउको नामसहित केवाईसी भर्न लगाउँछ ।  म भन्छु– म मान्छे उही, मेरा बाउ र हजुरबाउ त हरेक वर्ष फेरिन्नन् । फेरि यो झन्झट किन ? बैंक भन्छ– ‘यो डिजिटल बैंकिङको युग हो, त्यो फर्म त भर्नैपर्छ ।’ म लाचार हरेक वर्ष खाता नवीकरण गराउँछु, बाउबाजेको नाम फेरि भराउँछु । तपाईं नसोध्नुहाला कि त्यो कुन बैंक हो भनेर । बैंकको नाम भनेर म आफ्नो र बैंकको नाक कटाउन चाहन्न । मेरो, यसकारण कि मेरो खातामा दाम छैन । बैंकको त्यसकारण कि म जस्तो खाली खल्तीवालाको खाता खोलिदिएकै किन होला जसको कुनै काम छैन ।  खैर, मैले त श्रीमतीजीको आग्रह अस्वीकार गर्न नसकेर बैंक खाता खोल्न स्वीकार गरेको थिएँ । उनको भनाइ थियो, ‘कतै बाटामा हिँडेकालाई पनि तानेर मन्त्री, मुख्यमन्त्री बनाउने आजको जमानामा भाग्यमा सत्ता पल्ट्यो भने देश सेवाबापत बैंक खातामा ह्वात्तै पैसा आउन के बेर ?’ यतिखेर मसँग बैंक खाता त छ, तर त्यसको पेट खाली छ । कुनै मन्त्री, सरकारी हाकिम, ठेक्कापट्टावालाले विदेशी बैंकमा राख्नुको साटो मेरा खातामा पनि केही लाख रुपियाँ राखिदिए भने त उनीहरूको विदेश आउने–जाने खर्च जोगिन्थ्यो । अझ हाम्रो सरकारको कोपभाजनमा परेर त्यो देशले पैसा जफत गर्ने जोखिमबाट उनीहरू बच्न सक्थे भने मेरो बैंक खाताको पनि इज्जत बच्थ्यो । बैंक खाता हुनु भनेको धनी हुनु पनि हो । त्यसैले एकताका सबै नेपालीलाई धनी बनाउन हरेक नेपालीको एक बैंक खाता अभियान नै चलाइएको थियो । अझ कतिपय उदार बैंकहरूले त आफै पैसा हालिदिएर पनि बैंक खाता खोलिदिएका थिए । त्यो खातामा पछि पैसा थपिए कि थपिएनन् थाहा भएन । के चैं थाहा छ भने धेरै नेपालीका एकभन्दा धेरै बैंकका खाता छन् । त्यै तथ्यांक देखाएर कत्तिले आफ्ना दुना पनि सोझ्याएका होलान् । त्यसो त अहिले मसँग धेरैओटा बैंक खाता खुलेका छन् । तपाईं सोध्नुहोला, ‘कहाँबाट ल्याउनुभयो पैसा त्यति धेरै बैंकमा खाता खोल्न ? चिठ्ठा–सिठ्ठा पर्‍यो कि अपुताली सर्‍यो ? ससुरालीतिरबाट पैसा झर्‍यो कि ठेक्कापट्टा हात पर्‍यो ?’  खासमा त्यस्तो केही भएको छैन । हरेक दिन बैंकहरूबाट मीठो स्वरका धनी बैनीहरूले म गरीबलाई पनि फोन गर्छन् । भन्छन्, ‘सर, जिरो ब्यालेन्समा पनि हुन्छ, हाम्रो बैंकमा खाता खोल्नुस्, राम्रो इन्टे्रस्ट पाइन्छ ।’ म पनि भन्छु, ‘यसरी नै मीठो बोल्दै जानुस्, मलाई यसै इन्ट्रेस्ट आइराछ ।’ यै मिठो स्वरको चक्करमा एक दर्जन बैंकमा मेरो खाता खुलेछ । अहिले फेरि बैंकहरूबाट फोन आउन थालेको छ, ‘तपाईंको बैंकमा ब्यालेन्स जिरो भएकाले पैसा राख्नुहुन्छ कि खाता बन्द गर्दिम्’ । म भने तनावमा छु, न पैसा हुने भयो, न खाता नम्बर नै । कमसे कम पैसा नभए पनि मेरो पनि बैंक खाता छ भन्ने सुख त थियो ।  कतै बाटामा हिँडेकालाई पनि तानेर मन्त्री, मुख्यमन्त्री बनाउने आजको जमानामा भाग्यमा सत्ता पल्ट्यो भने देश सेवाबापत बैंक खातामा ह्वात्तै पैसा आउन के बेर ? बैंक खाता हुनु भनेको धनी हुनु पनि हो । त्यसैले एकताका सबै नेपालीलाई धनी बनाउन हरेक नेपालीको एक बैंक खाता अभियान नै चलाइएको थियो । हुन त भाग्यले साथ दियो भने खातामा पैसा आउन पनि के बेर ! देख्नुभएकै छ नि हाम्रो देशमा कत्ति बेरोजगार, रोडपतिहरू राजनीतिमा हाछ्युँ गरेकै भरमा कसरी रातारात करोडपति भए । कति भाषण गरेकै भरमा, टिभीमा स्वर सुक्नेगरी फुकेकै भरमा देशमा के के भए भए । के था म पनि बालुवाटारतिरबाट सिंहदरबारतिर तानिन सक्छु, ताननीय बन्न सक्छु, माननीय बनाइन सक्छु । जसको बाउले जीवनमा धान वा मकैका लाखवटा दानासम्म देखेन, उसले करोडौंका दामका गड्डी गन्न पाउन सक्छ भने मेरो पनि कुनै दिन, दिन खुल्यो भने रिनमुक्त भएर धनयुक्त बन्न सक्छु । अर्को यो पनि सम्भावना छ कि कुनै दिन कुनै छिमेकी आएर ‘मदनजी, केही करोड रुपियाँ तपाईंको बैंक खातामा राखिदिनुपर्‍यो । किनकि मेरो घरमा सिआईबीले छापा मार्ला जस्तो छ । पछि १० प्रतिशत तपाईंको भागमा’ भन्न सक्छन् । किनकि मेरा छिमेकीहरू सत्ताधारी राजनीतिक पहुँचका मान्छे पो हुन् त ! एयरपोर्टमा चिन्दै नचिनेको मान्छेको खल्तीमा पचास पचास ग्राम सुन सित्तैमा हालिदिने सामान्य कुरा भएको देशमा कसैले खातामा पैसा हालिदिने कुरा असम्भव पनि त छैन ।  तर यो सम्झेरै यो चैतको गर्मीमा पनि मलाई काँप छुट्छ । अनि मनमा के के फुर्छ फुर्छ । सोच्छु, बेइमानीको कुनै रुपियाँभन्दा त इमानदारीको खाली हात नै प्यारो छ । जीवनरूपी यो सफा कागजलाई केका लागि कलंकित बनाउनु र ? जीवनको उत्तरार्धमा नर्क किन पो धाउनु र ?  त्यसैले यो बैंक खाता बन्दै गरिदिम् न त भनेर बैंक गाको त धन्नै बेहोस भाको । यो ल्याउनुस् र त्यो ल्याउनुस् भन्छन् । खोल्न सजिलो, चलाउन गाह्रो, बन्द गर्न त महा गाह्रो पो रहेछ । नेपालमा उद्योगधन्दा खोल्न सजिलो, बन्द गर्न महाभारत भन्ने सुनेको थिएँ । त्योभन्दा गाह्रो त बैंक खाता बन्द गर्न पो रहेछ । अझ बैंकको कुनै सेवा चाहिएन भनेर बन्द गर्न जानुस् त अनि देख्नुहुन्छ बाउको बिहे । अहिलेको जमानामा बैंक खाता नभै पनि नहुने, खाता भएर पनि खातामा राम्रै पैसा नभै नहुने । पैसा भने कमाउनै नसकिने । हैन, यो पैसा भन्ने चिज यस्तै हो कि मलाई मात्र यस्तो हँ ? यो पैसाले गर्नु गर्‍यो नि !

कर्णाली सरकारले १४ हजार बढी छोरीको बैंक खाता खोल्यो

काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशका १४ हजार भन्दा बढी छोरीको बैंक खाता खोलेको छ । बैंक खाता, छोरीको सुरक्षा जीवनभरको कार्यक्रम मार्फत छोरीलाई आत्मनिर्भर बनाउने उद्देश्यले बैंक खाता खोलेको हो ।२०७६ साउनदेखि जन्मिएका छोरीहरूको बैंक खाता खोलिदिएकामा पछिल्लो समय कतिपय पालिकाहरूले आधिकारिक तथ्याङ्क नपठाउँदा समस्या भएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारलाई पालिकाले बैंक […]

राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैंक खाता रोक्का

हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बैंक खाता रोक्का गरी कारबाही गरिएको जनाएको छ ।लिखित तथा मौखिकरुपमा पटक–पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख मोहलाल जिसीले जानकरी दिए। यसरी बैंक खाता रोक्का गरिएकामध्ये आयकर वक्यौतातर्फ सातवटा व्यावसायिक फर्म र मूल्य अभिवृद्धिकर वक्यौता तर्फका छ

हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न एनआईबिएल एस क्यापिटलको आग्रह

एनआईबिएल एस क्यापिटलले समृद्धि फण्ड–१ का इकाइधनीहरूलाई हितग्राही खातामा बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको छ । क्यापिटलले शुक्रवार सूचना प्रकाशन गरी हितग्राही खातामा बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको हो । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आएको समृद्धि फण्ड–१ योजना २२ पुसमा परिपक्क भएकोमा क्यापिटलले पहिले पनि इकाइधनीलाई बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको थियो । बैंक खाता अध्यावधिक गरेका इकाइधनीहरूलाई फिर्ता भुक्तानी रकम गत १३ चैतदेखि उपलब्ध बैंक खातामा क्यापिटलले जम

छोरी सुरक्षा कार्यक्रम : जुम्लाका २२६५ छोरीको नाममा बैंक खाता

कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रममा जुम्लाका दुई हजार २६५ जना समेटिएका छन्। २०७६ साउन १ पछि जन्मिएका जुम्लाका छोरीहरुको बैंक खाता समेटिएको तथ्यांक सार्वजनिक...

जनसंख्या भन्दा धेरै बैंक खाता

काठमाडौं, माघ २० । देशको जनसंख्याभन्दा धेरै बैंक खाता संख्या देखिएको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार देशको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको छ। तर, बैंक तथा वित्तीय संस्थामा खाता खोल्नेको संख्या भने तीन करोड ९४ लाख १२ हजार देखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । […]

बैंक खाता जनसंख्या भन्दा धेरै

हालसम्म खोलिएका ३ करोड ९४ लाख खातामध्ये ३ करोड ७० लाख हाराहारी निक्षेप हुन् भने बाँकी कर्जा खाता हुन्। यो तथ्यांकले सरकारले सबै नागरिकका लागि बैंक खाता खोल्ने लक्ष्य पूरा भएको देखिन्छ।...

प्रभावकारी भएन ‘छोरी बैंक खाता’

कर्णाली प्रदेश सरकारले छोरी सुरक्षाका लागि ल्याएको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रम प्रभावकारी हुन नसकेको पाइएको छ।...

बैंक खाता खोल्न ज्येष्ठ नागरिकलाई सास्ती

– दाने बोहरा सिमकोट, १८ वैशाख : उच्च हिमाली जिल्ला हुम्लाका ज्येष्ठ नागरिकलाई बैंक खाता खोल्न सास्ती भएको छ । भौगोलिक विकटताका कारण ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई गाउँबाट सदरमुकाम सिमकोट पुगेर बैंक खाता खोल्न निकै समस्या हुने गरेको उनीहरूले गुनासो गरेका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैंक खाता खोल्नुपर्ने भएपछि ज्येष्ठ […]