हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न एनआईबिएल एस क्यापिटलको आग्रह

एनआईबिएल एस क्यापिटलले समृद्धि फण्ड–१ का इकाइधनीहरूलाई हितग्राही खातामा बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको छ । क्यापिटलले शुक्रवार सूचना प्रकाशन गरी हितग्राही खातामा बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको हो । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आएको समृद्धि फण्ड–१ योजना २२ पुसमा परिपक्क भएकोमा क्यापिटलले पहिले पनि इकाइधनीलाई बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको थियो । बैंक खाता अध्यावधिक गरेका इकाइधनीहरूलाई फिर्ता भुक्तानी रकम गत १३ चैतदेखि उपलब्ध बैंक खातामा क्यापिटलले जम

सम्बन्धित सामग्री

एनआईबिएल समृद्धि फण्ड - १ परिपक्व, इकाईधनीहरुलाई रकम फिर्ता

चैत १४, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आएको एनआईबिएल समृद्धि फण्ड १ गत पुस २२ गते परिपक्व भएको छ । फण्डले आफ्ना इकाईधनीहरुले गरेको लगानी सोमवारदेखि फिर्ता गर्न शुरु  गरेको जानकारी दिएको छ । फण्डले फिर्ता भुक्तानी रकम कानून बमोजिम कर कट्टा गरी इकाईधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरिदिएको हो । उक्त फण्डले रू. १० को अंकित दरका १० करोड इकाईको सार्वजनिक निष्कासन गरेको थियो । फण्डको अन्तिम प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १२ दशमलव ७४ कायम भएको छ । सोही अनुसार रकम फिर्ता भुक्तानी गरेको फण्डले जानकारी दिएको छ। हालसम्ममा पनि आफ्नो डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीले आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्य कहाँ सम्पर्क राखि डिम्याट खातामा बैंक खाता अद्यावधिक गराउन भनिएको छ। सञ्चालन अवधि सात वर्ष रहेको उक्त फण्डले इकाईधनीलाई वार्षिक १७ दशलमव ९९ प्रतिशत प्रतिफल दिएको छ । आव २०७७/ ७८ मा उक्त फण्डका इकाईधनीहरुले सर्वाधिक ३५ प्रतिशत नगद लाभांश पाएका छन् । आव २०७२/ ७३, २०७३/ ७४, २०७४/ ७५, २०७५/ ७६ र २०७६/ ७७ मा भने क्रमशः १५ प्रतिशत, १८ प्रतिशत, १२ प्रतिशत, ६ दशमलव ५ प्रतिशत र १२ प्रतिशत नगद लाभांश लगानीकर्ताहरुले पाएका छन् । योजना व्यवस्थापकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

गुडवील फाइनान्सका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

माघ १३, काठमाडौं । गुडवील फाइनान्सले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।  कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ९ प्रतिशत नगद लाभांश पुस १५ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको हो ।  पुस १५ गतेपछि बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा पनि क्रमशः बैंक खातामा नै नगद लाभांश जम्मा हुने जानकारी गराएको छ । साथै हालसम्म पनि शेयर आभौतिकीकरण नगराएका शेयरधनीकाले यथाशिघ्र डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यकोमा सम्र्पक गरी शेयर प्रमाणपत्र अभौतिकरण गर्न अनुरोध गरेको छ ।  त्यसपछि नेपाल क्लियरिङ हाउस अन्तर्गत आईपीएस सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गराएपछि नगद लाभांश शेयरधनीको बैंक खातामा नै जम्मा हुनेछ ।  कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा नगद लाभांश वितरण, बैंक खाता अद्यावधिक गराउन आग्रह

पुस ४, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले यस वर्षको लागि पारित गरेको ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको छ ।  कम्पनीले मंसिर १७ गते सम्पन्न ३५औं वार्षिक साधारण सभा मार्फत लाभांश पारित गरेको थियो । यस वर्ष कम्पनीले कुल १६ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को आधारमा १२ दशमलव ६१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।  बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरण पश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामै जम्मा हुनेछ भने कर कटाएर बाँकी नगद लाभांश भने कम्पनीले सम्बन्धित शेयरधनीहरुको बैंक खातामै जम्मा गर्न शुुरु गरेको हो ।  कम्पनीले मंसिर ६ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराइसकेका शेयरधनीहरुको हकमा सम्बन्धित बैंक खातामै नगद लाभांश जम्मा गरिरहेको र सो अवधिपश्चात बैंक  खाता अद्यावधिक गराउनेहरुको हकमा समेत क्रमश जम्मा गरिदैं जाने बताएको छ ।  हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथाशिघ्र बैंक खाता अद्यावधिक गराउन पनि कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल इन्स्योरेन्सको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा

वैशाख ७, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदएको छ ।  कम्पनीले चैत २७ गते सम्पन्न ७२औं वार्षिक साधारण सभाद्वारा पारित २ प्रतिशत नगद लाभांश (कर समेत) चैत १६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको र सो मिति पश्चात अद्यावधिक गर्ने शेयरधनीको हकमा समेत नगद लाभांश बैंक खातामा नै जम्मा गरिने जानकारी दिएको छ ।  तसर्थ, हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुले यथाशिघ्र आफूले डिम्याट खाता खोलेको निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई नेपाल क्लियरिङ हाउस अन्तर्गत आईपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता सहितको विवरण अद्यावधिक गराउन समेत कम्पनीले अनुरोध गरेको छ ।  कम्पनीको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।