को हुन् भारतीय राष्ट्रपतिकी उम्मेदवार द्रौपदी ?

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले आगामी चुनावको लागि द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ ।भाजपा अध्यक्ष जेपी नड्डाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा  मुर्मुलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा सिफारिश गरेको बताए । आदिवासी नेतृ द्रौपदी मुर्मु झारखण्डको पूर्व राज्यपाल हुन् । निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र देशको दोस्रो महिला राष्ट्रपति बन्ने छिन् ।  ‘पहिलो पटक महिला आदिवासी उम्मेदवारलाई प्राथमिक

सम्बन्धित सामग्री

भारतीय राष्ट्रपति मुर्मू लडाकु विमानमा

काठमाडौँ- भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शनिबार लडाकु विमानमा उडान भरेकी छिन् । उनले असम राज्यको तेजपुर हवाई अड्डाबाट सुखोई सु २० एमकेआई लडाकु विमानमा उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो विमानमा उडान भर्नुअघि राष्ट्रपतिलाई ‘गार्ड अफ अनर’ दिइएको थियो । राष्ट्रपति मुर्मू अप्रिल ५ देखि ८ सम्म असमको तीन दिने राजकीय भ्रमणमा छिन् […]

भारतीय राष्ट्रपति मुर्मुको आँखामा मोतियाबिन्दु

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको आइतबार नयाँ दिल्लीस्थित आर्मी अस्पताल (रेफरल एण्ड रिसर्च) मा मोतीबिन्दुको शल्यक्रिया गरिएको छ। उनको शल्यक्रिया सफल भएको र अस्पतालबाट डिस्चार्जसमेत गरिएको राष्ट्रपति कार्यालयले जनाएको हो। राष्ट्रपति मुर्मु...

भारतीय राष्ट्रपति मुर्मुको पहिलो भम्रण कर्नाटकबाट

काठमाडौँ – भारतीय राष्ट्रपति द्रौपदी मुर्मु सेप्टेम्बर २६ देखि २८ सम्म कर्नाटक भ्रमणमा जाने कार्यक्रम तय भएको छ । भारतको राष्ट्रपतिको रूपमा उनको यो पहिलो आन्तरिक भ्रमण हुनेछ । सेप्टेम्बर २६ मा राष्ट्रपतिले मैसुरुको चामुण्डी हिल्समा दशरा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । सोही दिन हुबलीमा हुबली–धारवाड नगरपालिकाले आयोजना गरिने अभिनन्दन कार्यक्रम ‘पौरा सम्मान’मा सहभागी […]

भारतीय राष्ट्रपति चुनाव : कसको मत कति ?

भारतीय राष्ट्रपतिको चुनावमा एनडीए गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मू भारी मतका साथ विजयी भएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट आएको छ ।यस्तै पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा मात्र २ लाख ६१ हजार ६२ मत प्राप्त भएको छ । भारतीय राष्ट्रपति चुनिनका लागि जम्मा ५ लाख ४३ हजार २१६ इलेक्टोरोल भोट चाहिन्छ । दौपदीले जुलाई २५ मा राष्ट्रपतिको शपथ लिने कार्यक्रम रहेको छ। भारतको १५ औं राष्ट्रपति बन्ने मुर्मू पहिलो आदिवासी  महिला हुन् ।

प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिद्वारा मानार्थ महारथीको सम्मान

काठमाण्डाै – प्रधानसेनापति प्रभुराम शर्माले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ भारतीय महारथीको सम्मान पाउनुभएको छ । हिजो मङ्गलवार भारतको नयाँ दिल्ली जानुभएका प्रधानसेनापति शर्मालाई आज बुधवार राष्ट्रपति भवनमा भएको भव्य समारोहमा भारतीय राष्ट्रपति कोविन्दले मानार्थ महारथीको सम्मान दिनुभएको हो । समारोहमा भारतीय रक्षा मन्त्री राजनाथ सिंह, भारतीय सेना अध्यक्ष एमएम नरवणे लगायत उच्च पदस्थ व्यक्तिको सहभागिता थियो । भारतीय सेनापति नरवणेले गएको वर्ष नै नेपाल आएर यहाँको मानार्थ महारथीको सम्मान लिइसक्नुभएको छ ...

प्रधानसेनापति शर्मा भारतीय सेनाका मानार्थ महारथी, राष्ट्रपतिद्धारा सुशोभित

प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सुशोभित गरेका छन्। दिल्लीस्थित राष्ट्रपति भवनमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले मानार्थ महारथीको दर्ज्यानी प्रदान...

भारतीय राष्ट्रपति कोविन्दको मोतियाबिन्दुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

भारतीय राष्ट्रपति रामनाथ कोविन्द |फाइल तस्वीर| नयाँ दिल्ली । राष्ट्रपति रामनाथ कोविन्दको दोस्रो आँखाको मोतिबिन्दुको शल्यक्रिया राष्ट्रिय राजधानीस्थित आर्मी हस्पिटल (रिफरल एन्ड रिसर्च) मा शुक्रबार भएको छ । “शल्यक्रिया सफल भयो र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । उहाँको पहिलो आँखाको शल्यक्रिया पनि सन् २०७१ असोज १९ गते सैनिक अस्पतालमा नै भएको थियो ।” राष्ट्रपति […]

भारतीय राष्ट्रपति कोविन्दको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

नयाँ दिल्ली । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको मुटुको ‘बाईपास सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको उहाँको उपचार भइरहेको दिल्लीस्थित ‘अल इन्डिया मेडिकल साइन्सेस ९एम्स०’ ले मङ्गलबार जानकारी गराएको छ । “भारतका राष्ट्रपति रामनाथ कोविन्दले एम्समा मुटुको ‘बाइपास’ शल्यक्रिया सफलतापूर्वक गराइसक्नुभएको छ । चिकित्सकहरूको टोलीलाई सफल शल्यक्रियाका लागि बधाई छ,” संघीय रक्षामन्त्री राजनाथ सिंह राष्ट्रपतिको उपचारबारे सामाजिक सञ्जालमार्फत् […]