१० वर्षअघिको आर्थिक अभियानबाट: नेपाली ‘गूगल’विरुद्ध मुद्दा

विश्वकै सबैभन्दा ठूलो इन्टरनेट सर्च इन्जिन ‘गूगल’ले नेपालको क्वालिटी कन्फेक्सनरी प्रालिलाई उजुरी हालेको छ । गूगल इन्कले आफ्नो बहुचर्चित ट्रेडमार्क गूगलको चोरी गरी आफ्नो नाममा दर्ता गर्न लागेको आरोपमा क्वालिटीविरुद्ध उजुरी हालेको हो । क्वालिटीले चकलेटमा प्रयोग गर्न गूगल ट्रेडमार्क दर्ता माग गरेको थियो । दर्ता प्रक्रियाको अन्तिम चरणमा विभागले गत साउनमा दाबी विरोधका लागि ९० दिने सूचना प्रकाशित गरेपछि गूगलको उजुरी परेको हो । उजुरी नपरेको भए क्वालिटीले उक्त ब्रान्ड चकलेटका लागि पाउने थियो । विभागमा टे«डमार्क दर्ता भएपछि त्यसमा कम्पनीको एकाधिकार हुने गर्छ । गूगलले आफ्नो ट्रेडमार्कको बचाउका लागि उद्योग विभागमा गत कात्तिक १८ गते उजुरी दर्ता गराएको विभागले बताएको छ । गूगलले यसअघि नै अन्तरराष्ट्रिय ट्रेडमार्क वर्ग ९, १६, २५, ३५, ३६, ३८ र ४२ मा नेपालमा पनि ट्रेडमार्क दर्ता गरिसकेको छ । विश्वप्रसिद्ध ट्रेडमार्क नेपालमा दर्ता हुँदाहुँदै नेपाली कम्पनीको नाम दर्ता प्रक्रिया अगाडि बढाउनु गैरकानूनी भएको विज्ञले बताएका छन् ।  वर्ष ६, अंक ६१ शनिवार, ४, मंसिर २०६७

सम्बन्धित सामग्री

तनहुँमा सम्बन्धविच्छेदका ३७ प्रतिशत मुद्दा

तनहुँ जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता हुने गरेको छ । आर्थिक वर्ष ०७८÷७८ मा अदालतमा सम्बन्धविच्छेदका नौ सय ३७ मुद्दा दर्ता भएको हो । उक्त आर्थिक वर्षमा कूल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको मात्रै रहेको अदाललते जनाएको छ । अदालतले सो वर्ष छ सय ८६ सम्बन्धविच्छेदका मुद्दा फछ्र्योट गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो । सम्बन्धविच्छेदका दुई सय ५१ मुद्दा फछ्र्योट हुन बाँकी भई चालु आर्थिक वर्ष ०७९÷८० मा जिम्मेवारी सरिआएको छ । क

कैलालीमा ४६ प्रतिशत मुद्दा फछ्र्योट हुन बाँकी

कैलालीमा आर्थिक वर्ष २०७८/२०७९ दर्ता भएकामध्ये ४६ प्रतिशत मुद्दा फछ्र्योट हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०७७/७८ बाट जिम्मेवारी सरि आएका र आर्थिक वर्ष ७८/७९ मा दर्ता भएका कुल मुद्दा मध्ये ४६ प्रतिशत मुद्दा फछ्र्योट हुन बाँकी रहेको हो ।अघिल्लो वर्षका जिम्मेवारी सरि आएका मुद्दा सहित तीन हजार ८८ मुद्दा मध्ये एक हजार चार सय २४ मुद्दा फछ्र्योट हुन बाँकी रहेका छन् । जिल्ला अदालत कैलालीले आर्थिक वर्ष २०७८/७९ मा एक हजार छ सय ६४ मुद्दा फछ्र्योट भएको जनाएको छ ।जिल्ला अदालत कैलालीका मुख्य न्यायाधीश जयानन्

सवइन्जिनियर दुबेविरुद्ध ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता

एक लाख ७० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका मधेस प्रदेशअन्तर्गत पर्सास्थित शहरी विकास तथा भवन निर्माण कार्यालयका सवइन्जिनियर रुपेश दुबेविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता गरेको छ।...

घोराही न्यायिक समितिमा २३९ मुद्दा दर्ता, २१८ फर्स्यौट

दाङ : घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालू आर्थिक वर्षमा २१८ मुद्दा फर्स्यौट गरेको छ। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका १०५ र चालू आर्थिक वर्षका हालसम्म १३४ गरी न्यायिक समितिमा २३९ वटा मुद्दा परेका थिए।यस्तै चालू आर्थिक वर्षमा दर्ता भएका १३४ वटा मुद्दा दर्ता मुद्दामध्ये ११३ वटा मुद्दा फर्स्यौट भएको न्यायिक समितिका संयोजक तथा उपमेयर हुँमा कुमार डिसीले बताइन्। समितिमा परेका मुद्दामध्ये २१ वटा फर्स्यौट हुन बाँकी रहेको उनको भनाइ छ। चालू आर्थिक वर्षमा लेनदेनका १३ वटा मुद्दा दर्ता भएक

बढ्दै सम्बन्धबिच्छेदका मुद्दा

दाङ – जिल्लामा पछिल्लो समयमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएका छन् । दाङ जिल्ला अदालतको तथ्याङ्कअनुसार पछिल्लो समय सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएको देखिएको छ । अदालतमा चालू आर्थिक वर्ष २०७८-०७९ मा पुस मसान्तसम्ममा ८ सय ७० वटा मुद्दा दर्ता भएका थिए । जुन चालू आर्थिक वर्ष र केही अघिल्लो आर्थिक वर्षकासमेत हुन् ।अदालतले आयोजना […]

चीन-लिथुआनिया मुद्दा राजनीतिक होइन, आर्थिक हो: चीन

बेइजिङ, १३ माघ: युरोपेली संघले बेइजिङले ताइवानमा आफ्नो राजनीतिक अडानका कारण लिथुआनियालाई आर्थिक रूपमा दण्डित गरेको आरोप लगाएको छ। उक्त आरोपलाई विहीबार बेइजिङले खण्डन गरेको छ । “लिथुआनिया विरुद्ध तथाकथित चिनियाँ जबरजस्ती आधारहीन र असंगत छ,” विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, “चीन र लिथुआनियाबीचको मुद्दा राजनीतिक होइन आर्थिक हो।”-Photo: Agency

गोरखामा सम्बन्ध विच्छेदका मुद्दा बढे

१३ साउन, गोरखा । गोरखा जिल्ला अदालतमा गत आर्थिक वर्षमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७७७८ मा कुल ७२८ मध्ये ३५१ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेको जिल्ला न्यायाधीश दिनबन्धु बरालले जानकारी दिए । यो कुल मुद्दाको ४८.२१ प्रतिशत रहेको उनले बताए । तीमध्ये २५२ मुद्दा फर्छ्यौट भएको छ । […]

मकवानपुरमा ६ महिनाभित्र ५१९ मुद्दा फैसला

हेटौंडा । मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा पैmसला गरेको छ । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा  थपिएकामध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फछ्र्यौट भएको  अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।    गत  आर्थिक वर्ष  दर्ता भएका ९१४ मध्ये ५१९ मुद्दा फछ्र्यौट गरिएको हो । गत  आवमा फछ्र्यौट हुन बाँकी ३९५ मुद्दाको दायित्व र चालू आवकोे पुस मसान्तसम्म थप ७१४ मुद्दा दर्ता भई यस वर्ष एक हजार १०९