हामीले जवाफ दिने होइन, बरु ओलीसँग स्पष्टिकरण सोध्छौं : रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले नेपाली जनताले केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्नुपर्ने बेला आएको बताउनुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्ष ओलीले आफूहरुलाई स्पष्टिकरण सोध्नु लाजमर्दो भएको बताउनुभएको छ । उहाँले स्पष्टिकरण आफूहरुले नभई पार्टी अध्यक्ष ओलीले दिनुपर्ने बताउनुभयो । प्रतिनिधि सभा विघटन गर्ने, एमसीसी जस्ता वितण्डाहरु अगाडि ल्याउने, नागरिकता विधेयकलाई प्रतिनिधि सभामा पारित हुन नदिने जस्ता काम गर्ने अध्यक्ष ओलीलाई नेपाली जनताले स्पष्टिकरण सोध्नुपर्ने बताउनु भएको हो । त्यसको जवाफ ओलीले दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘नेपाली जनताले केपी शर्मा ओलीलाई तपाईले प्रतिनिधि सभा विघटन किन गर्नुभयो?, आफ्नो विधान मिचेर मनपरी किन गर्नुभयो?, तपाईले पहिल्यै असमान सन्धि समझौताहरु र एमसीसी जस्ता अनेकौं वितण्डाहरु अगाडि किन सार्नुभयो ? तपाईले नागरिकता विधेयकलाई प्रतिनिधि सभाबाट किन पारित गर्न दिनुभएन ? तपाईले नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरितका काम किन गर्नुभयो ? जनताको जनादेशलाई तपाईले किन विखण्डित गर्नुभयो भनेर तपाई हामी नेपाली जनताले केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्नुपर्छ, सोध्ने छन । केपी शर्मा ओलीले जवाफ दिनुपर्छ ।’ उपाध्यक्ष रावलले नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानलाई कुल्चिएर संशोधन गर्ने अधिकार अध्यक्ष ओलीलाई कहाँबाट आयो भन्दै प्रश्न समेत गर्नुभयो । अहिले सम्म पार्टीमा कुनै योगदान नभएका, पार्टी सदस्य नै नभएका व्यक्तिहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरित भएको बताउनुभयो । उहाँले भन्नुुभयो, ‘पार्टी विधान विपरित नवौं राष्ट्रिय महाधिवेसनको फैसला विपरित निर्णय गर्ने व्यक्तिले हामीलाई तपाईहरुले अनुशासन मान्नुभएन तपाईहरु केन्द्रीय कमिटीमा आउनुभएन अनि तपाईलाई स्पष्टिकरण सोध्नु भन्दाखेरी अलिकति लाज मान्नुपर्ने हो । हामी केपी शर्मा ओलीको फागुन २८ गते बसेको अवैध केन्द्रीय कमिटीको कुनैपनि निर्णय हामी मान्दैनौं ।’

सम्बन्धित सामग्री

संविधान अनुकुल कानुनहरु बन्न नसकेकोमा प्रधानमन्त्रीले जवाफ दिने

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान अनुकुल कानुनहरु बन्न नसकेको विषयमा जवाफ दिने भएका छन् । सोमबार दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्रीले जवाफ दिने तय भएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राइले संविधान अनुकुल कानुनहरु बन्न नसकेको सम्बन्धी अध्ययन प्रतिवेदन सभामा प्रस्तुत गर्नेछिन् । […]

अर्थमन्त्रीले भोलि बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय भएको छ। उक्त बैठकमा आगामी आर्थिक वर्षकव बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यसूची तय भएको हो। शुक्रबार राष्ट्रियसभाको बैठक बिहान ११ बजेर ३१ मिनेटमा बस्दै छ।

कांग्रेस बैठकमा भोलि मन्त्रीहरुले जवाफ दिने

२९ असार, काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । केन्द्रीय सदस्यहरुले सरकारको कामकारबाहीको विषयमा पनि प्रश्न उठाएपछि बिहीबारको बैठकमा मन्त्रीहरुले पनि जवाफ दिने कार्यक्रम राखिएको नेताहरुले बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले केन्द्रीय समिति बैठकमा मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको बताए । बिहीबार नै […]

प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाकाे बैठकमा जवाफ दिने कार्यसूचि रहेकाे छ।...

संसद बैठक बस्दै, प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं, २ असार । बिहीबार पनि प्रतिनिधि सभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने कार्यसुची रहेको छ । बुधबार मन्त्रालय र निकायले बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने भनिएपनि आजको बैठकमा जवाफ दिने तयारी गरिएको हो । विभिन्न विषयमा उठेका […]

प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

काठमाडौँ । आज पनि प्रतिनिधि सभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा बजेटका विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने छन् । बुधवारकै […]

बजेटमाथि उठेका प्रश्नको आज संसदमा प्रधानमन्त्रीले र अर्थमन्त्रीले जवाफ दिने

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने भएका छन्। रक्षा,अर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग,राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने कार्यसूची रहेको छ।

आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

१ असार, काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा बजेटका  विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने छन् […]

संसदमा आज आठ मन्त्रीले जवाफ दिने

काठमाडौ: प्रतिनिधिसभाको सोमबारकोबैठकमा विभिन्न मन्त्रीले विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।। संसद सचिवालयका अनुसार सोमबारको बैठकमा आठ मन्त्रीले जवाफ दिने भएका हुन्।संसद् सचवालयका महासचिव भरतराज गौतमका अनुसार बैठकमा कानून, युवा, श्रम, वन, शहरी विकास, भूमिव्यवस्था, महिला र कृषि तथा पशुपन्छी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आठ मन्त्रीले बजेटबारे जवाफ दिने

प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा आठ जना मन्त्रीले विनियोजन विधेयक (बजेट) २०७९ को विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने भएका छन् । संसद सचिवालयका अनुसार सोमबारको बैठकमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।सोमबारको बैठकमा कानुन, युवा, श्रम, वन, सहरी विकास, भूमिव्यवस्था, महिला र कृषि तथा पशुपंक्षी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसुची सचिवालयले सार्वजनिक गरेको छ ।