बजेटमाथि उठेका प्रश्नको आज संसदमा प्रधानमन्त्रीले र अर्थमन्त्रीले जवाफ दिने

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने भएका छन्। रक्षा,अर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग,राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने कार्यसूची रहेको छ।

सम्बन्धित सामग्री

आज संसदमा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्दै, के के हुन्छन् समावेश ?

प्रतिनिधिसभामा आज शनिबार आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षण पेश हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ । आजको प्रतिनिधि सभा बैठक बिहान ११ बजेको लागि बोलाईएको छ । आजको बैठकमा सुरुमा नीति तथा कार्यक्रममाथिको छलफल हुने छ । सांसदहरुले बोल्ने क्रम जारी नै रहेकोले संसदमा नीति कार्यक्रमको छलफल सकिएको छैन । नीति तथा कार्यक्रम माथिको छलफल सकिएपछि प्रधानमन्त्रीले सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ । त्यसपछि नीति तथा कार्यक्रम माथि परेका संशोधनहरुलाई निर्णायार्थ पेश गरिने छ । नीति तथा कार्यक्रम पारित भएपछि अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने छन् ।यही जेठ १५ गते सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पनि पेश गर्ने छन्। गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।के हो आर्थिक सर्वेक्षण ?बजेट सार्वजनिक गर्नु भन्दा एक वा २ दिन अगाडी आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिएको छ । आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि , समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक तथा परिसूचकहरुको अवस्था र विश्लेषण समावेश हुन्छ । आर्थिक सर्वेक्षणमा विशेषत: समग्रत आर्थिक स्थिति, प्रादेशिक आर्थिक तथा सामाजिक स्थिति, सार्वजनिक वित्त, मूल्य विश्लेषण, वित्तीय क्षेत्र, बाह्य क्षेत्र, गरिवी निवारण र रोजगारी, कृषि वन तथा भूमिसुधार लगायतका शिर्षक रहन्छन् । त्यस्तै उद्योग वाणिज्य आपूर्ति पर्यटन, आवास तथा सहरी विकास, वातावरण र उर्जा, भौतिक पूर्वाधार यातयात र संचार, सामाजिक क्षेत्र, पुननिर्माण, सुशासन, प्रशासन, लगायतका शीर्षक पनि रहन्छन् । त्यस्तै कोरोना महामारी आएपछि अघिल्लो आर्थिक वर्ष कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहतको शीर्षक पनि समावेश थियो । यस पटक पनि सो शीर्षक समावेश हुने छ । त्यस्तै आर्थिक सर्वेक्षणमा यी शीर्षकसँग समबन्धित परिसूचक र अनुसूची पनि समावेश हुन्छन् । यससँग समबन्धी दर्जनौ चार्ट तथा ग्राफ सर्वेक्षणमा समावेश हुन्छ । सामान्यतया अर्थमन्त्रीले आर्थिक सर्वेक्षणको कार्यकारी सारांश मात्र वाचन गरेर सुनाउने र मुख्य पुस्तक भने मन्त्रालयको वेबसाइटमा अपलोड गरी सार्वजनिक गर्ने गरिएको छ ।