देशभर १० हजार ६९६ अक्सिजन सिलिण्डर मौज्दात, कालोबजारी गर्ने सातजनामाथि कारवाही

काठमाडौं। गृह मन्त्रालयले देशभर १०,६९६ वटा अक्सिजन सिलिण्डर मौज्दात रहेको जनाएको छ। मन्त्रालयले अक्सिजन उत्पादन, आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन जेठ १९ गते देशका १८९ स्थानमा अनुगमन गर्दा सो सङ्ख्यामा सिलिण्डर मौज्दात पाइएको हो। अनुगमनका क्रममा अक्सिजनको वितरण र बिक्रीमा कालोबजारी गर्ने सातजनामाथि कारवाही गरिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

१५ हजारको अक्सिजन सिलिण्डर ४१ हजारमा बेच्ने ३ जना पक्राउ

अक्सिजन सिलिण्डरको कालोबजारी गर्ने ३ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। ललितपुरमा अक्सिजन सिलिण्डरको कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो।

अक्सिजन आपूर्ति, उत्पादन र वितरण सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले कोरोना महामारीको अहिलेको जटिल अवस्थामा सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । हिजो बेलुकी जनस्वास्थ्यविद्, अस्पताल सञ्चालक, अक्सिजन सिलिण्डर सप्लायर्स तथा सरोकारवालासँगको सामूहिक छलफलमा उहाँले यस्तो निर्देशन दिनुभएको हो । यस्तो महामारीका बेला पनि अक्सिजन सिलिण्डर तथा औषधिमा कालोबजारी गरेको खबर आउनु दुःखद् भएको बताउँदै उहाँले त्यस्तो गरेको फेला ...

नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको जटिल अवस्थामा अहिले सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज जनस्वास्थ्यविद, अस्पताल सञ्चालक, अक्सिजन सिलिण्डर सप्लायर्स तथा सरोकारवालासँग सामुहिक छलफल गर्नुहुँदै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । बैठकमा सहभागी रहनुभएका नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङकाअनुसार यस्तो महामारीकाबेला पनि अक्सीजन सिलिण्डर तथा औषधिमा कालोबजारी गरेको समाचार आउनु दुःखद् भएको बताउनुहुँदै त्यस्तो गरेको फेला परेमा कानुनअनुसार कडा कारवाही गरिने चेतावनी प्रधानमन्त्री ओलीले दिनुभयो । जनताको जिउधनको रक्षा गर्नु अहिले सरकारको पहिलो प्राथमिकता भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले सरकार तथा निजी क्षेत्र सबैको ध्यान कोभिड नियन्त्रण र जनताको स्वास्थ्यमा हुनुपर्ने बताउनुभयो ।

अक्सिजन सिलिण्डर लुकाएको पाइएमा कारबाही गरिने

अक्सिजन सिलिण्डर आवश्यकताभन्दा बढी जथाभावि रुपमा लुकाएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुगमन गरी कडा कारबाही गर्ने बताएका छन् । बिहीबार विज्ञप्ति जारी गरी मन्त्रालयले कोभिड १९ सङ्क्रमितको उपचारका लागि प्रयोग हुने अक्सिजन सिलिण्डरमा कालोबजारी भएको निष्कर्ष निकालेको हो ।