विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सर्किट

माघ १२, काठमाडमौं । साताको चौथो कारोबार दिन बुधवार बजार ३८ दशमलव ४५ अंक घटेपनि दुई ओटा धितोपत्रको मूल्यमा सर्किट लागेको छ ।  कारोबारमा आएका २३३ ओटा धितोपत्रमध्ये दुई  ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २१६ दशमलव ६० र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ४६३ दशमलव २० पुगेको छ ।  यी दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यी बाहेक सिइडिबी हाइड्रोपावरको शेयरमूल्य ४ दशमलव ९७ प्रतिशत वृद्धि भएर रू. ९२९ पुगेको छ ।  त्यसैगरी सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव शून्य ३ प्रतिशत वृद्धि भएर रू. ६७६ दशमलव  २० पुगेको हो ।  

सम्बन्धित सामग्री

विन नेपाल लघुवित्तको बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र विन नेपाल लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्तबहादुर शाक्यले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाल एसबिआई मर्चेण्ट […]

विन नेपाल लघुवित्तको एफपिओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ रहेको साधारण सेयर प्रिमियम थप गरी गर्न लागेको सार्वजनिक सेयर निष्कासन (एफपिओ)का लागि एपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई...

विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

माघ १६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको पौने दुई घण्टाको अवधिमा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये दुई आटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावरको ९ दशलमव ९९ प्रतिशतका दरले शेयरमूल्य वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।   बजार बढेसँगै ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य रू.१ हजार ४७२ र बुद्धभुमि नेपालको रू. ५६० दशमलव ४० पुगेको छ ।  यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ७२ दशमलव ६४ अंक बढेर २ हजार ८५२ दशमलव ६२ विन्दुमा पुगेको छ भने कुल रू. २ अर्ब ७० करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

शेयर बजार ३८ अंकले घट्यो, कारोबार रकम ४ अर्ब मात्रै

साताको चौथो दिन बुधवार नेप्से परिसूचक ३८.४५ अंकले घटेर २७७६.६१ अंकमा आइपुगेको छ ।  बुधवार २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयरको ६१ हजार पटक कारोबार भएको छ । यसबाट जम्मा चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रूपैयाँको कारोबार भएको छ । बजार घटेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।  सीईडीबी हाइड्रोपावर, सानिमा जनरल इन्स्योरेन्स, मैलुङखोला जलविद्युत कम्पनी सहितका कम्...

विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

माघ १०, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको दुई घण्टाको अवधिमा दुई ओटा धितोपत्रको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २२३ओटा धितोपत्रमध्ये दुइ आटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएकाले सकारात्मक सर्किट लागेको हो । विन नेपालको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ५ दशमलव ५० र बुद्धभुमि नेपालको रू. ३८२ दशमलव ९० रहेको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ६० दशमलव ८७ अंक घटेर २ हजार ८५९ दशमलव ६४ विन्दुमा झरेको छ  । उक्त अवधिसम्ममा कुल रू. ४ अर्ब ३२ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृतसँगै कारोबार फुकुवा

माघ ४, काठमाडौं । नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको थप हुन आएको शेयर सूचीकरण भएको छ ।  साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि थप हुन आएको ७ लाख २४ हजार ४६३ कित्ता साधारण शेयर सूचीकृत भएको हो ।  साथै, मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर दोस्रो बजारमा फुकुवा भएको छ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र वीन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि विन लघुवित्तको नामबाट एकीकृत कारोबार कात्तिक १५ गतेदेखि शुरु भएको हो ।  अब विन लघुवित्त वित्तीय संस्थाको नामबाट कम्पनीको शेयर कारोबार हुनेछ । कम्पनीको सिम्बोल डब्लुएनएलबि रहेको छ ।