विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृतसँगै कारोबार फुकुवा

माघ ४, काठमाडौं । नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको थप हुन आएको शेयर सूचीकरण भएको छ ।  साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि थप हुन आएको ७ लाख २४ हजार ४६३ कित्ता साधारण शेयर सूचीकृत भएको हो ।  साथै, मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर दोस्रो बजारमा फुकुवा भएको छ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र वीन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि विन लघुवित्तको नामबाट एकीकृत कारोबार कात्तिक १५ गतेदेखि शुरु भएको हो ।  अब विन लघुवित्त वित्तीय संस्थाको नामबाट कम्पनीको शेयर कारोबार हुनेछ । कम्पनीको सिम्बोल डब्लुएनएलबि रहेको छ ।

सम्बन्धित सामग्री

नेप्से : लघुवित्तले लिड गरेको बजारमा २.४८ अंकको गिरावट

काठमाडौं । बुधबार शेयर बजारमा गिरावट आएको छ । बजार २.४८ अंकले घटेर २१०८.७२ बिन्दुमा आइपुगेको छ । सुरुमा बजार बढेको थियो । बजारमा उतारचढाव हुँदै २१२३ अंकसम्म पुगेको बजार बन्द हुँदा २१०८.७२ बिन्दुमा आइपुग्यो । आजको बजारलाई लघुवित्त समूहले लिड गरेको थियो । विन नेपाल लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर […]

विन नेपाल लघुवित्तले आह्वान गर्‍यो साधारण सभा, यस वर्ष छैन लाभांश प्रस्ताव

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । जेठ २१ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले फिस स्टेशन एण्ड रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा सभा गर्ने निणर्य गरेको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै डिजिटल बैंकिङसम्बन्धी कार्यहरू गर्न प्रबन्धपत्र संशोधनको प्रस्तावसमेत पारित गर्नेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निणर्य पनि सभाले गर्नेछ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । गत वर्ष ९ दशमलव ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लगानीकर्ताको हात खाली बनाएको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ५ देखि १० गतेसम्म बुक क्लोज गर्दै छ । यसको आधारमा असार ४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।

१००.६७ अंकले घटेको बजारमा यी पाँच ओटा कम्पनीका शेयरधनीले सर्वाधिक गुमाए !

फागुन १, काठमाडौं । आइतवार शेयर बजार १०० दशमलव ६७ अंकले घटेको छ । नेप्से परिसूचक २ हजार ७०० दशमलव ८९ विन्दुमा झरेको हो ।  यस अवधिमा कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्यमा उच्च गिरावट आएको छ । अपर तामाकोशी हाइड्रोपावर, नारायणी डेभलपमेण्ट बैंक, शिवश्री हाइड्रोपावर, विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका हुन् । यी पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य ८ दशमलव ३७ प्रतिशत घटेको छ ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६४६ कायम भएको छ । त्यसैगरी दोस्रोमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य ८ दशमलव २६ प्रतिशत, शिवश्री हाइड्रोपावरको ७ दशमलव ७५ प्रतिशत, विन नेपाल लघुवित्त वित्तीय संस्थाको ७ दशमलव ५९ प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरको ७ दशमलव ५२ पतिशत  घटेको छ । बैंक तथा वित्तीय संस्थाले फागुन महीनाका लागि ब्याजदर बढाएसँगै यसको नकारात्मक प्रभाव शेयर बजारमा बढेको हो ।  सोही कारण यी कम्पनीका शेयरका क्रेताभन्दा विक्रेता हावी भएकाले शेयरमूल्य घटेको हो । नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य रू. ५००, शिवश्री हाइड्रोपावरको शेयरमूल्य रू. ३४५, विन नेपाल लघुवित्तको रू. १ हजार ५७० र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य रू. ६१५ कायम भएको छ ।

विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

माघ १६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको पौने दुई घण्टाको अवधिमा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये दुई आटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावरको ९ दशलमव ९९ प्रतिशतका दरले शेयरमूल्य वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।   बजार बढेसँगै ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य रू.१ हजार ४७२ र बुद्धभुमि नेपालको रू. ५६० दशमलव ४० पुगेको छ ।  यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ७२ दशमलव ६४ अंक बढेर २ हजार ८५२ दशमलव ६२ विन्दुमा पुगेको छ भने कुल रू. २ अर्ब ७० करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

साताको पहिलो दिन नै हरियाली, कतिले बढ्यो शेयर बजार ?

साताको पहिलो दिन आइतवार नेप्से परिसूचक १०५.५५ अंकले बढेको छ ।  गत साता डेढ सय अंक भन्दा बढीले घटेको शेयर बजार आइतवार भने पुनः बढ्न शुरू गरेको हो ।  आइतवार शेयर देखिएको सबै समूहहरूको सूचक हरियालीले लगानीकर्तालाई उत्साहित बनाएको छ । नेप्से परिसूचक आइतवार ३.८० प्रतिशतले बढ्दा २८८५.५३ अंकमा पुगेको छ ।  गत साता २९ सय अंकमाथि पुगेको शेयर बजार पुनः उकालो यात्रामा लाग्ने संकेत यो साताको पहिलो दिनको कारोबारले देखाएको छ । बजार बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जी कम्पनी, ...

शेयर बजार ३८ अंकले घट्यो, कारोबार रकम ४ अर्ब मात्रै

साताको चौथो दिन बुधवार नेप्से परिसूचक ३८.४५ अंकले घटेर २७७६.६१ अंकमा आइपुगेको छ ।  बुधवार २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयरको ६१ हजार पटक कारोबार भएको छ । यसबाट जम्मा चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रूपैयाँको कारोबार भएको छ । बजार घटेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।  सीईडीबी हाइड्रोपावर, सानिमा जनरल इन्स्योरेन्स, मैलुङखोला जलविद्युत कम्पनी सहितका कम्...

विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

माघ १०, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको दुई घण्टाको अवधिमा दुई ओटा धितोपत्रको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २२३ओटा धितोपत्रमध्ये दुइ आटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएकाले सकारात्मक सर्किट लागेको हो । विन नेपालको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ५ दशमलव ५० र बुद्धभुमि नेपालको रू. ३८२ दशमलव ९० रहेको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ६० दशमलव ८७ अंक घटेर २ हजार ८५९ दशमलव ६४ विन्दुमा झरेको छ  । उक्त अवधिसम्ममा कुल रू. ४ अर्ब ३२ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

नेपाल सेवाको शेयर विन लघुवित्तको नाममा डिम्याट खातामा, सुचिकृत पछि कारोबार हुने

नेपाल सेवा लघुवित्तको शेयर विन नेपाल लघुवित्तको नाममा डिम्याट खातामा आएको छ । नेपाल सेवा लघुवित्तले विन लघुवित्तलाई गाभेपछि अब विन नेपाल लघुवित्तको नामबाट कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको WNLB सिम्बलबाट कारोबार हुने छ । कम्पनीको शेयर विन नेपाल लघुवित्तको नाममा डिम्याट खातामा आईसकेको छ। अब कम्पनीको थप शेयर नेप्सेमा सुचिकृत भएपछि कम्पनीको कारोबार सुरु हुने छ । नेपाल सेवा लघुवित्तले अर्को कम्पनीलाई गाभ्ने भएपछि नेपाल सेवाको कारोबार २०७७ पुस १ गते बन्द छ । कारोबार बन्द हुँदा कम्पनीको अन्तिम शेयर मूल्य प्रति कित्ता ८३० रुपैयाँ थियो । अब विन लघुवित्तको नाममा कम्पनीको कारोबार हुने छ । २ कम्पनीले कार्तिक १७ गतेबाट एकिकृत कारोबार सुरु गरेका हुन्। विन नेपाल लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु भएको हो । साविकको इजाजतपत्रप्राप्त नेपाल सेवा लघुवित्तले विन लघुवित्तलाई सो संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सर्ने गरी गाभेपश्चात् कार्तिक १५ गते सोमबारका दिनदेखि साविकका दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा “विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड' को नामबाट एकीकृत कारोबार सञ्चालन गरेको हो।दुवै संस्थाको जेठ २४ बसेको साधारणसभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो । मर्जपछि कम्पनीको केन्द्रिय कार्यालय हाल नेपाल सेवा लघुवित्तको मुख्य कार्यालय रहेको स्थान सिन्धुपाल्चोकको मेलम्चीमा रहने छ । विनले आईपिओ निष्काशन नगरेको हुँदा संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात ७०:३० बनाउन कम्पनीले एफपिओ निष्काशन गर्ने छ ।