काठमाडौं : सरकारले दिवा खाजा कार्यक्रम अब आगामी साउनदेखि कक्षा ६ सम्म विस्तार गर्ने भएको छ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष ०७९/८० को बजेट संसदमा प्रस्तुत गर्दै कक्षा ५ सम्म विस्तार भएको दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्यका साथ आगामी वर्ष ६ सम्ममा विस्तार गर्ने बताएका हुन्।त्यस्तै, उनले पढ्दै कमाउँदै कार्यक्रम अहिले १ सय ४० विद्यालयमा सञ्चालन भइरहेकोमा आगामी साउनदेखि थप १ सय विद्यालयमा यो कार्यक्रम विस्तार गर्ने बताए।