१४ असोज, गोरखा । मंगलबार दिउँसो साढे १ बजे गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीहरु खाजा खान व्यस्त देखिन्थे । ईसीडीका बालबालिकाहरु जाउलो चना खाँदै थिए भने त्यसभन्दा माथि ५ कक्षासम्मका बालबालिका चना भुजा । सरकारले ईसीडीदेखि ५ कक्षासम्मका बालबालिकालाई लक्षित गरी दिवा खाजा कार्यक्रम लागू गरेसँगै विद्यार्थीले विद्यालयमै खाजा खान पाउन थालेका हुन् […]