देउखुरी– घोराही उपमहानगरपालिका–१८ स्थित श्री मावि रझेनामा कक्षा ५ मा अध्ययनरत सुदीप मगर दिवा खाजा खान पाउँदा खुसी हुन्छन् । आइतबार हलुवा, सोमबार चना, मंगलबार खीर, बुधबार चिउरा-पुलाउ, बिहीबार खिचडी-चिउरा शुक्रबार अण्डा खाने गरी विद्यालयले तालिका बनाएको छ । सोहीअनुसार दिवा खाजा खान पाउँदा उनी दङ्ग हुन्छन् । सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत सम्झना […]