नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती मगरले एमसीसीमा १२ बुँदे व्याख्यात्मक घोषणाले यसअघि रहेका ‘कन्फ्युजन’ हटेको दावी गरेकी छन् । ‘एमसीसी जस्ताको तस्तै होइन, १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भयो । सार्वभौम संसदले यो जसरी पास गरेको छ, सार्वभौम संसदले पारित गरेको कुरा मलाई सानो लाग्दैन, त्यसकारण १२ बुँदामा स्पस्ट अडान राखिसकेका छौ, अव यसमा कन्फ्युजन रहेन’, घर्तीको भनाइ छ । माओवादीको जारी केन्द्रीय कमिटी बैठकमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै पूर्वसभाम