काठमाडौं, १५ पुष । नेकपा (माओवादी केन्द्र) की प्रभावशाली नेतृ तथा पूर्व सभामुख ओनसरी घर्तीले आफूले उपराष्ट्रपति पदमा दाबी नगरेको स्पष्ट पारेकी छिन् । पछिल्लो समय समाचारमा माओवादीले उपराष्ट्रपति पाउने र उक्त पदको लागि ओनसरीले दाबी गरेको कुरा आएको थियो । उक्त समाचारको खण्डन गर्दै घर्तीले आफूले उपराष्ट्रपति पदमा दाबी नगरेको जिकिर गरेकी हुन् । […]