काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गर्नुभएको छ । काठमाण्डाै क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उहाँमा प्रधानमन्त्री बन्ने दृढता रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
आज बिहीवार काठमाण्डाैमा आयोजित चुनावी सभामा बोल्दै उहाँले मङ्सिर ४ गतेको चुनावलाई नेपाली नागरिकले प्रतिगमनलाई परास्त गर्ने अवसरको रूपमा लिनुपर्ने समेत जिकिर गर्नुभयाे । अध्यक्ष प्रचण्डले केपी ओलीले संविधानमा हस्ताक्षर गर...