राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज (आइतबार) देखि पाटेबाघ (रोयल बंगाल टाइगर) गणना थालेको छ । यो पटक गणना गर्दा नेपालमा बाघको सङ्ख्या २५० पुग्ने अपेक्षा सरकारले राखेको छ, जुन सन् २००९ मा फेला पारिएकाभन्दा दोब्बर हुन आउँछ । सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पार्न सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धता नै गरेको छ । सरकारले नेपालमा पाटेबाघको सङ्ख्या किन दोब्बर बनाउँदैछ त ? यसको प्रमुख कारण हो – बिरालो प्रजातिको सबैभन्दा ठूलो यो सुन्दर प्राणीलाई लोप हुनबाट बचाउनु । अन्तर्राष्ट्र