५७ औँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेकद्वारा काठमाडौँमा आयोजित जातीय विभेदविरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन चैत ८ गते १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।सातै प्रदेशका १ सय २० जना भन्दा बढीको सहभागिता रहेको सम्मेलनले जातीय विभेद उन्मुलनका लागि दलित समुदाय माथि भएको विभेद अन्त्यका लागि विभिन्न १६ ओटा बुँदा समेटेर काठमाडौँ घोषणापत्र २०७८’ जारी गरेको हो ।घोषणापत्रमा नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत छुवाछुत तथा भेदभाव विरुद्धको हक (धारा २४)