कोषलाई पूर्वाधार परियोजनामा लगानी गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौं (अस) । अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गरिनुपर्ने बताएका छन् । कोषको ३२ औं वार्षिकोत्सव उद्घाटन गर्दै अर्थमन्त्री शर्माले बैंक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन्त्य गर्नुपर्नेमा जोड दिए । कोषजस्तै संस्थाहरुले सिर्जना गरेको रकमलाई प्रभावकारी बनाउनुपर्ने भन्दै मन्त्री शर्माले अहिले मुलुकलाई १७/२० खर्बको लगानी जुटाउन आवश्यक रहेको बताए । नेपाल वायु सेवा निगमलाई कोषले प्रवाह गरेको ऋण सम्बन्धमा मन्त्री शर्माले जमानत बसेर लिएको ऋणको जिम्मेवारी सरकारले नै पूरा गर्ने भए पनि सम्बन्धित संस्थालाई जिम्मेवार बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे । बजारबाट पैसा हराइरहेको विषयमा सरकारले चासो राखिरहेको उनको भनाइ छ । आयातमा भएको वृद्धिले शोधनान्तर स्थितिमा समस्या आएको बताउँदै शर्माले भने, ‘उत्पादनमा लगानी गर्दै निर्यातलाई सन्तुलित बनाउनुपर्छ ।’ कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक भएको बताए  । शेयर बजारमा लगानी कोषको भूमिका महत्वपूर्ण  हुने हुँदा कोषसँग सहकार्य गर्न बोर्ड तयार रहेको उनले जानकारी दिए । उक्त अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले अहिले विभिन्न १२ वटा कार्यक्रममा करीब ८ लाखभन्दा बढी सहभागीलाई आबद्ध गराई आफ्नो सेवा देशभर पुर्‍याइरहेको बताए । कोषको चुक्ता पुँजी ३ अर्ब २७ करोड पुगेको छ भने चालू आर्थिक वर्षको पुस मसान्तसम्म खुद मौज्दात रकम १ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ रहेको छ । यो अवधिमा कोषले १ खर्ब ८३ अर्ब ९१ करोड रुपैयाँ लगानी गरेको छ । कोषले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भई सञ्चालनमा आइसकेको छ । कम्पनीमा कोषको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुटयाइएको छ । कोषका विभिन्न कार्यलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यान्वयनमा ल्याइसकेको उनले जानकारी दिए । सञ्चालक ईश्वरीप्रसाद अर्यालले कोषमा सीमित जनशक्ति रहे पनि सञ्चालनदेखि कोष नाफामा गएको बताए ।

सम्बन्धित सामग्री

जलविद्युत र मल कारखानामा लगानी गर्न रुसलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री वर्षमान पुन अनन्तले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन।...

लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौं :  अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।  मंगलवार साँझ सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा उनले लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिए। लगानी सम्मेलन निर्देशक समितिका संयोजक समेत रहेका अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसरहरू सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवं स्वास्थ्य तथा शिक्षा लग

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा प्रकाशशरण महतले उद्योग व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासीले सदरमुकाम परासीमा आयोजना गरेको औद्योगिक व्यापार मेला–२०८० को उद्घाटन गर्दै मन्त्री डा महतले राजस्व सङ्कलन, बाह्य पर्यटकको सङ्ख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताउनुभयो । “मैले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा मुलुकको …

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान

अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ । भर्खरै मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति […]

कृषि उत्पादनका लागि लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अर्थमन्त्रीको आग्रह

कृषि उत्पादनका लागि लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अर्थमन्त्रीको आग्रह

लगानी भित्र्याउन प्रतिफलयोग्य परियोजना बनाउन अर्थमन्त्रीको निर्देशन

लगानी बोर्डको कार्यालय र उद्योग वाणिज्य महासंघबीच स्वदेशी पुँजी जुटाउने र विदेशी लगानी भित्र्याउने विषयमा सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आइतबार हस्ताक्षर गरेका हुन् ।अर्थमन्त्री शर्माले ठूला परियोजनामा लगानी जुटाउनु आवश्यक रहेको बताउँदै प्रतिफल […]

कृषि क्षेत्रमा लगानी दोब्बर बनाउन अर्थमन्त्रीको निर्देशन

कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन आग्रह गरेका हुन् ।‘यो ५७औं वार्षिकोत्सव समारोह सँगसँगै बन्ने नयाँ कार्यक्रममा यहाँहरूले आफ्नो ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत […]

कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रमा...

दीर्घकालमा लाभ हुने कम्पनी छानेर लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिएका छन्। ‘शेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ’, उनले भने ‘ अर्थमन्त्रीले शेयर बजार बढाउने घटाउने गर्दैन, लगानीकर्ता आफै जिम्मेवार भएर लगानी गर्नुस् ।’ बीमा समितिको नयाँ भवनको […]

सहकारीहरूलाई अर्थमन्त्रीको प्रश्‍न - तपाईंहरूको लगानी केमा केन्द्रित छ ?

बचत तथा ऋण सहकारीहरूले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले साधे, 'तपाईंहरूको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।'