नेप्से परिसूचक २५०० विन्दुबाट पनि तल झर्‍यो

मंसिर २०, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको एक घण्टाको अवधिमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६५ दशमलव २४ अंकले घटेको छ ।  नेप्से परिसूचक २ हजार ४४८ दशमलव ६३ विन्दुमा झरेको हो । यो दिन करोबार शुरु भएदेखि नै बजार घटिरहेको छ । यसअघि नेप्से परिसुचक ३ हजार १९८ विन्दुमा घटेर २ हजार ५१० सम्म झरेको थियो  भने पुन २ हजार ८०० विन्दुमाथि पुगेको थियो ।  मौद्रिक नीतिको समिक्षा पछि नेप्से परिसूचक लगातार घट्न थालेको हो । यो समाचार तयार पार्दासम्म २०७ ओटा धितोपत्रको २० लाख ९६० कित्ता शेयरको १ अर्ब ९९ लाख रुपैयाँ बराबरको खरीदविक्री भएको छ ।   

सम्बन्धित सामग्री

१८२१ अंकमा झर्‍यो नेप्से परिसूचक

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ।

नेप्सेमा उतारचढाव : १९९५ अङ्कसम्म झरेर बढ्यो नेप्से

काठमाडौँ । आज (बुधबार) सेयर बजार खुल्दा नेप्से परिसूचक २०३० अङ्कमा थियो । क्रमिक रुपमा बजार ओरालो लाग्दै साढे १२ बजे १९९५ अङ्कसम्म झर्‍यो । पौने १ बजेपछि भने नेप्से उकालो लाग्यो । अन्तत: बजार बन्द हुँदा अघिल्लो दिनको तुलनामा १३.३३ अङ्कले बढेर नेप्से २०४३ अङ्कमा कायम भयो । २ अर्ब १७ करोड रुपैयाँको सेयर […]

सेयर बजार डेढ वर्ष अघिकै बिन्दुमा, लगानीकर्ताको साढे ११ खर्ब बढी गुम्यो

९ महिना अघिबाट ओरालो लाग्न सुरु भएको सेयर बजार नेप्से परिसूचक डेढवर्ष अघिको बिन्दुमा झरेपछि बजारप्रति लगानीकर्ताको मनोबल खस्किंदै गएको छ ।

२२ सयमा झर्‍यो नेप्से ,कारोबार रकम पनि खुम्चियो

काठमाडौँ । सेयर बजार नेप्से परिसूचक २२ सयको बिन्दुमा झरेको छ । साताको पहिलो कारोबार दिन सोमबार ३४.२१ अङ्कले झरेको बजार २२००.८८ बिन्दुमा झरेर रोकिएको हो । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ । यस दिन सबै उपसमूहको मूल्य घटेर राताम्य रह्यो । सबैभन्दा धेरै वित्त, जलविद्युत्, होटेल र पर्यटन तथा जीवन बीमा कम्पनीका […]

शेयर बजारमा पहिरो : कतिमा झर्‍यो नेप्से ?

साताको पहिलो दिन आइतवार शेयर बजारमा पहिरो गएको छ ।  यस दिन शेयर बजार मापक नेप्से परिसूचक ८८.७० अंकले घट्दै २३६१.२७ विन्दुमा झरेको छ । नेप्सेसँगै आइतवार सेन्सेटिभ परिसूचक पनि घटेको छ ।  यस दिन सेन्सेटिभ परिसूचक १५.१५ अंकले घट्दै ४५०.०८ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जमा आइतवार २ सय २८ कम्पनीले कारोबार गरेका छन् ।  कारोबारमा आएका यी कम्पनीहरूमध्ये आइतवार ५ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । यस्तै १ सय ८४ कम्पनीको शेयर मूल्य घटेको छ ।  आइतवार २ सय २८ कम्पनीको ७५ लाख ६० ह...

नेप्से परिसूचक २६ सयमुनि झर्‍यो, सबै उपसमूह राताम्मे

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) ४९ अङ्क घटेसँगै परिसूचक २५८४ मा कायम भएको हो । यस दिन कारोबार रकम भने केही बढेको छ । हिजो २ अर्ब ७४ करोडको धितोपत्र कारोबार भएकोमा आज ३ अर्ब ४१ करोड कायम भएको छ । कुल १७७ […]

शेयर बजारमा उच्च अंकको गिरावट, २ कम्पनीको मूल्यमा नकरात्मक सर्किट

काठमाडौँ– शेयर बजारमा लगातार ओरालो लागिरहेका बेला मंगलबार पनि उच्च गिरावट आएको छ । यसदिन बजार मापक परिसूचक नेप्सेमा ७०.०१ अंकको गिरावट आएको छ । मंगलबार कारोबारका लागि बजार खुलेदेखि लगातार ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदा नेप्से परिसूचक २६१५.४० को बिन्दुमा झर्‍यो । यस्तै राम्रा कम्पनीहरुको बजार मापक परिसूचक सेन्सेटिभ पनि ११.४२ […]

नेप्से परिसूचक ३ हजार तल झर्‍यो

२ असार, काठमाडौं । सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने ३ हजार भन्दा तल झरेको छ । बुधबार प्रिओपन सेसनमा नै ३२ अंकले घटेको …

नेप्से परिसूचक २६ सय तल झर्‍यो, कारोबार रकम भने ७ अर्ब माथि

१२ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा करिब ७६ अंकको पहिरो गएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २२ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ५६ अंकले घटेको छ । परिसूचकमा […]